गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

कबिता

अमृत कुमार के सी
बिस्सोमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो 
तेसईंमाँ पनी हाम्रोगुल्मी झनै राम्रो
बचाऊछम हामी यूवा ले नेपाल देसलाई
दौरा र सुर्वाल गयून्नु र चोली को भेसलाई
कति राम्रो हाम्रोगुल्मी जिल्ला
मुनि पट्टी बगाईचा माथि पट्टी फिल्ला
वारी पारी डाडा पाखा बिचमा सदरमुकाम तम्घास
झरे पछि सबै को मन हुन्छ हरक भए तिमी फूल को रस,
बासना बनी रहनु ? माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!

धन्यबाद

तपाईहरुको साथी

अमृत कुमार के सी

तिमी हावा हौ या झरी

तुलसी राम के सी
तिमी हावा हौ या झरी
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ

आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें

टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें

असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com 

कविता

जिन्दगीमा खाएका ति घातको कुरा नगरौ दु:ख पर्दा साथ छोड्ने जातको कुरा नगरौ। भट्टी भित्रै रात काट्ने चाहना तिम्रो मनको बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौं। साहारा नै नशा भन्छौ कसरी काट्छौ जीवन आफ्नै सँग शत्रु बन्ने मातको कुरा नगरौ। यति राम्रो जिन्दगी छ जिउँने आशा नमार !!! 

सरिता  थापा

तिम्रै लागि फुलेको थे

तिम्रै लागि फुलेको थिएँ कुल्चिएर गयौ
कोपिला मै फक्रेको थिएँ मिल्काएर गयौ ।

पानी कुवा चौरास्ता मा तिम्रै बाटो कुर्दा
भेट्न आउन बोलाएर फर्किएर गयौ ।

बांगी खोला को  भाकल गरी तिम्रै हुन्छु भन्थ्यौ
सिन्दुर को कुरा गर्दा तर्किएर गयौ ।

मन्को कुरा पोख्नु थियो भन्दा  तिम्ले
बोलाउँदा नि न सुनेझै झर्किएर गयौ ।

मायाँ गरी कालु भन्दा रिसाएर गयौ
अमृत  सँग बिशको प्याला मिसाएर गयौ ।
नरेश  जी सी
 पिपलधारा -०५ जुम्लादी, गुल्मी नेपाल
 नई दिल्ली (भारत)

E-mail:- gcnaresh@yahoo.in & info@hamrogulmi.com
Mob.+919958330876
 Web:- www.hamrogulmi.com

तिमी जे भन, यो माटो हाम्रै हो

तिमी जे भन, यो माटो हाम्रै हो



ल हेर ! यो खुनको टाटो हाम्रै हो ।

कति होला पीडा , छल्केका नयनमा


नबोले नी बुझ्छ उ लाटो हाम्रै हो ।


किन कोर्छौ सिमा ? यौटै छातीमा


तिमी हिँडेको त्यो बाटो हाम्रै हो ।

नसोध, के गर्यौ तिम्ले मलाई ?


नउप्काउ भो दुख्छ खाटो हाम्रै हो ।

नभन मीठो छैन, यै हो जीवन हाम्रो


यो चूलोको ढिँडो आटो हाम्रै हो ।
 
Rishi ram panthi

असत् दृष्टि !

म अहिले जहाँ छु  त्यसैलाई राम्रो मानिरहेको छु     
राम्रोमात्र हैन,   अति राम्रो !  तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ   जस्तो कि
एटम बम !  अहिले म जहाँ छु  त्यसैलाई सुरक्षित
मानिरहेको छु   सुरक्षितमात्र हैन,  अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको 
उद्योग चलिहरेको हुन्छ    जस्तो कि  आणविक भट्टी !
 
               मुक्तक

कायरहरू मर्न डराउँछन्
क्रान्तिको इतिहास शहीदको बलिदानबाट शुरु हुन्छ
नामर्दहरू मारिन डराउँछन्
शान्तिको इतिहास तानाशाहको चिहानबाट शुरु  हुन्छ ।
 
 
 
Thanx
Madan k.c.
dhurkot rajasthal-2 Dhura Dharapani
Gul;mi Nepal

आजका हामी युवाहरु

एक झुण्ड युवाहरु  यता सडकमा अवागमन अवरुद्द गराएर             
उधुम मचाईरहेछौं  सवारी साधन जलाएर  ढुँगा मुढा वर्षाउंदै
तोडफोडको  ताण्डव देखाईरहेछौं  बेमतलब हामीहरुलाई
अगाडी कस्लाई चोट लाग्दैछ  को मर्दैछ  पर्वाह छैन ।
अर्को झुण्ड  उता गल्लीको बिचैबिच  निमोठेर मानवताको घाँटी
मान्छेको रगतले   प्यास मेटीरहेछौं   निर्घृणी हामीहरुलाई
थाहा छैन  भुईंमा ढलेको शरिर कस्को हो ?
हाम्रो हातको    टाउको कस्को ?
मान्छे भन्दा माथी  उठ्न नसक्ने प्राणीहरु माझ
आज मान्छे भन्दा तल  कुन प्राणी झरेको छ ?
थरी थरी हामी युवाहरु   फेरी अर्को झुण्ड भएर
मन्दिरको हाताभित्र    प्रविष्ट भई    हातमा आधुनिक 
हतियार बोकी   भगवान लखेटीरहेछौं
खाँचो छैन हामीलाई    भगवान जहाँ जावोस  हेक्का छैन हामीलाई
भोली आफु दुख्दा  त्यही भगवान सम्झनु पर्छ ।
हामीलाई त भत्काउनु छ    चाहे जे होस अगाडी
हामी किन आफ्नो विवेकले   भत्काउनै पर्ने
कुरीती र   कु-सँस्कार भत्काउन
सकिरहेका छैनौं ?  हामीलाई त लखेट्नु छ
चाहे जो होस अगाडी   हामी किन भगवानको भेषमा
स्वयं पूजित   राक्षस लखेट्न सकिरहेका छैनौं ?
चेतनाले खारिएका  हामी युवाहरु
बौदिकताले निखारिएका   हामी युवाहरु
किन निर्माणको बाटोमा हिंड्न   सकिरहेका छैनौ ?
बिनास र बिध्वँसमा तल्लिन   आजका हामी युवाहरु
सोचौं त एकपटक    हाम्रो आजको विचारमा
तालाबन्दी गराएर    हाम्रै काँधमाथी टेक्दै
उता तिनीहरु    शान्तीको ढोँग रच्दैछन
हामीहरुलाई   
 
त्यो बाटो:  हिजो र आज


अग्लो पहाडबाट ओर्लने एउटा बाटो
तिमीतिर आउने गथ्र्यो  स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङ्गरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमा
भावुक अपनत्वले ओसिलो बनेको नागवेली बाटो
तिम्रै मनको परिसरजस्तो विशाल हुने गथ्र्यो
ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि
आँगनको डिलमा -  मनभरि बर्र्सौँको प्रतीक्षाको थकान बोकेर
 ओठभरि मेरो आगमनको मुस्कान बोकेर
उभिएकी हुन्थ्यौ तिमी   हर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थे
र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना ।
र धेरैपछि    त्यही बाटो हिँड्दैछु आज
उजाडउजाड बाटो  उदासउदास बाटो
नाङ्गिएका रुखहरूको कोलाज छ जताततै
अज्ञात भयको लहर मनभित्र
तिमीलाई भेट्ने बर्र्सौँपछिको उत्कण्ठाभन्दा
अझ डरलाग्दोसँग मडारिएको छ
थाहा छैन आइपुग्छु-आइपुग्दिनँ तिमीसम्म
थाहा छैन भेट हुन्छ-हुँदैन तिमीसँग
कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि
भयाक्रान्त आँखाहरू दौडाएर वनभरि
सोचको एउटा सुदूर कुनामा
ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेर
म हिँडिरहेछु/हिँडिरहेछु .... ।
 
 
 
Thans
Madan k.c.
dhurkot Rajasthal-2
Dhura dharapani
Gulmi Nepal
 
 

सोच्छ मनको परिचय नै प्यारो हुन्छ

रगत को नाता त एक साइनो मात्र हो
सोच्छ मनको परिचय नै प्यारो हुन्छ
जन्मने कोख त बेग्ला बेग्लै हो
मित्रता को बंधन नै प्यारो हुन्छ
जहा गीत र संगीतमा रमाउने गर्नु
जहा दुख लुकाउने एक चौपारी हुन्छ
त्यास लाई लुकाउने कोसिस गर्नु
जहा अमूल्य जीवन को गंतब्य हुन्छ
त्येहा सम्म पुग्ने कोसिस गर्नु
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ


 Anish Kumar Gc
 khan four makhata
 araghakhanchi nepal
 for delhi karampura

उत्कृष्ट मुक्तकहरु

        १
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ
         २
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे

बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।

स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।

पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।


Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal
now India haryana
8901121818