गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

आजका हामी युवाहरु

एक झुण्ड युवाहरु  यता सडकमा अवागमन अवरुद्द गराएर             
उधुम मचाईरहेछौं  सवारी साधन जलाएर  ढुँगा मुढा वर्षाउंदै
तोडफोडको  ताण्डव देखाईरहेछौं  बेमतलब हामीहरुलाई
अगाडी कस्लाई चोट लाग्दैछ  को मर्दैछ  पर्वाह छैन ।
अर्को झुण्ड  उता गल्लीको बिचैबिच  निमोठेर मानवताको घाँटी
मान्छेको रगतले   प्यास मेटीरहेछौं   निर्घृणी हामीहरुलाई
थाहा छैन  भुईंमा ढलेको शरिर कस्को हो ?
हाम्रो हातको    टाउको कस्को ?
मान्छे भन्दा माथी  उठ्न नसक्ने प्राणीहरु माझ
आज मान्छे भन्दा तल  कुन प्राणी झरेको छ ?
थरी थरी हामी युवाहरु   फेरी अर्को झुण्ड भएर
मन्दिरको हाताभित्र    प्रविष्ट भई    हातमा आधुनिक 
हतियार बोकी   भगवान लखेटीरहेछौं
खाँचो छैन हामीलाई    भगवान जहाँ जावोस  हेक्का छैन हामीलाई
भोली आफु दुख्दा  त्यही भगवान सम्झनु पर्छ ।
हामीलाई त भत्काउनु छ    चाहे जे होस अगाडी
हामी किन आफ्नो विवेकले   भत्काउनै पर्ने
कुरीती र   कु-सँस्कार भत्काउन
सकिरहेका छैनौं ?  हामीलाई त लखेट्नु छ
चाहे जो होस अगाडी   हामी किन भगवानको भेषमा
स्वयं पूजित   राक्षस लखेट्न सकिरहेका छैनौं ?
चेतनाले खारिएका  हामी युवाहरु
बौदिकताले निखारिएका   हामी युवाहरु
किन निर्माणको बाटोमा हिंड्न   सकिरहेका छैनौ ?
बिनास र बिध्वँसमा तल्लिन   आजका हामी युवाहरु
सोचौं त एकपटक    हाम्रो आजको विचारमा
तालाबन्दी गराएर    हाम्रै काँधमाथी टेक्दै
उता तिनीहरु    शान्तीको ढोँग रच्दैछन
हामीहरुलाई   
 
त्यो बाटो:  हिजो र आज


अग्लो पहाडबाट ओर्लने एउटा बाटो
तिमीतिर आउने गथ्र्यो  स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङ्गरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमा
भावुक अपनत्वले ओसिलो बनेको नागवेली बाटो
तिम्रै मनको परिसरजस्तो विशाल हुने गथ्र्यो
ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि
आँगनको डिलमा -  मनभरि बर्र्सौँको प्रतीक्षाको थकान बोकेर
 ओठभरि मेरो आगमनको मुस्कान बोकेर
उभिएकी हुन्थ्यौ तिमी   हर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थे
र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना ।
र धेरैपछि    त्यही बाटो हिँड्दैछु आज
उजाडउजाड बाटो  उदासउदास बाटो
नाङ्गिएका रुखहरूको कोलाज छ जताततै
अज्ञात भयको लहर मनभित्र
तिमीलाई भेट्ने बर्र्सौँपछिको उत्कण्ठाभन्दा
अझ डरलाग्दोसँग मडारिएको छ
थाहा छैन आइपुग्छु-आइपुग्दिनँ तिमीसम्म
थाहा छैन भेट हुन्छ-हुँदैन तिमीसँग
कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि
भयाक्रान्त आँखाहरू दौडाएर वनभरि
सोचको एउटा सुदूर कुनामा
ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेर
म हिँडिरहेछु/हिँडिरहेछु .... ।
 
 
 
Thans
Madan k.c.
dhurkot Rajasthal-2
Dhura dharapani
Gulmi Nepal
 
 

No response to “आजका हामी युवाहरु”