प्रेम भन्ने शब्द जति पवित्र छ, त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार र रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो। प्रेमका अनेक उदाहरण हरेक क्षेत्रमा हरेक तरिकाले, हरेक प्रकारका भेटिन्छन्।
प्रेमलाई समाजले कुन रूपमा लिनुपर्ने हो - प्रेमको सीमा कतिसम्म छ - एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा के फरक छ - प्रेमको नाममा दोबाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रूपमा लिइरहेका छन् - नेपाली सामाजिक मूल्य र मान्यताले यस्ता प्रेमलाई कसरी हेर्छन् - पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा मञ्जु शर्मा भन्छिन्-
'प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।'
आज-भोलिका युवायुवतीहरूको प्रेमलाई फेसनका रूपमा लिइरहेका छन्। कुनै एउटै राम्री केटी वा केटालाई भुलाउन सक्नु आफू क्षमतावान् भएको सम्झन्छन्। अहिलेका युवायुवतीहरूले प्रेमलाई जवानी अनि पैसासँग दाँजेका छन्। चाँगुनारायण स्कुलका शिक्षक नीलबहादुर श्रेष्ठको अनुभव छ- 'प्रेम आजको परिवेशमा एउटा बाध्यता र अपरिहार्य आवश्यकता भएको छ। प्रेमको अर्थ नै थाहा नहुनेहरू पनि रोमियो टाइटल राख्छन्।' शिक्षिका सीता खनाल प्रेम दुई आत्माको मिलन हो भन्दै प्रेम व्यक्तिले चाहेर गर्ने र नचाहेर नगर्ने होइन, यो हृदयदेखि नै स्वतःस्फूर्त उत्पन्न हुने एउटा भाव हो भन्ने धारणा व्यक्त गर्छिन्। 'प्यार किया नही जाता, हो जाता है' प्रेम भन्ने कुरालाई दुई अर्थबाट बुझ्न सकिन्छ। एउटा आफन्तलाई गर्ने प्रेम र अर्को विपरीत लिङ्गीबीच हुने प्रेम। प्रेमको निश्चित परिभाषा दिन गाह्रो पर्छ। यो संसार नै प्रेममा अडेको छ भन्दै खनाल थप्छिन्- 'सबैभन्दा ठूलो कुरा मन हो, मन हुने मानिसलाई मात्र प्रेम केहो भन्ने कुराको महसुस हुन्छ। प्रेमको परिभाषा दिन गाह्रँे छ।'
माया भन्नाले हामी आफ्नो परिवारलाई गरिने मावनताको भावना हो भन्ने बुझ्छौं तर माया पनि दुई मुटुको मिलन नै हो। जस्तै- कुनै व्यक्तिलाई शारीरिक चोट लागेको देख्दा आत्मादेखि नै सहानुभूति, सद्भाव उत्पन्न हुन्छ, त्यो माया हो, समाजको विचारमा भने माया गर्नु भनेको आफ्नो जीवनमा कुनै केटा वा केटीलाई निम्त्याउनु भनिन्छ। आजभोलिका युवायुवती एकले अर्कालाई गर्ने सामान्य आकर्षालाई प्रेम मान्छन्। पछि केटा र केटीले अर्कैसँग विवाह गर्दा धोका पाएको भन्छन् तर वास्तविक प्रेम अविस्मरणीय क्षणबाट सुरु भएर दीर्घकालसम्म कायम रहन्छ।
प्रेमका बारेमा सबैलाई थाहा नहुन सक्छ प्रेम भनेको के हो - जिज्ञासा उठ्नु स्वाभाविक नै हो। साधारणतया हामीले भन्ने गर्र्छौं प्रेम भनेको कसैले कसैलाई गरेको माया नै प्रेम हो। तर अझै गहिरिएर भन्नुपर्दा प्रेम वा माया भनेको त्यस्तो चिज हो, जुन एउटा अति महत्वपूर्ण तथा अमूल्य उपहारको रूपमा सृष्टिकर्ताले हरेक प्राणीलाई दिएको प्रकृतिप्रदत्त वस्तु हो। प्रेम मानव जीवनको शक्ति हो, प्रेम नै उसको प्रेरणा तथा प्रेम नै उसको भविष्य तथा जीवनको आशाको केन्द्र हो। प्रेम नै मानवताको सर्वोत्तम गुण हो, प्रेम नै स्वर्गीय आनन्द हो र यही नै परमात्माको सबैभन्दा महत्वपूर्ण देन पनि हो। प्रेम सर्वव्यापक पुजित हुन्छ। प्रेम हरेक प्राणीको हृदयको अन्तस्करणमा रहन्छ। मनुष्य जीवनमा यसको महत्व सबैभन्दा अधिक हुन्छ। यसलाई अभिव्यक्त गर्ने तरिका सबैमा फरक-फरक हुनु स्वाभाविक मानिन्छ। स्त्री पुरुष यसको अभावमा एक अर्कामा समर्पित हुन सक्दैनन्। प्रेम स्त्री-पुरुषको वैवाहिक जीवनको अपरिहार्य तत्व हो। तर विद्वान्हरूले माया र प्रेमका बारेमा धेरै परिभाषाहरू लेखेका छन्, तर आजसम्म कसैले प्रेमको पूर्ण परिभाषा गर्न सकेका छैनन्। हरेकले आ-आफ्ना तर्क मात्र अगाडि सारेका छन्। प्रेम एउटा धेरै कठिन अनुभूति हो, जसको अनुभव मात्र गर्न सकिन्छ, यसलाई देख्न सकिँदैन। यसको विश्लेषण होइन, अनुभवद्वारा आत्मसात् गरेर बुझ्न सकिन्छ। तर पढेर मात्र गर्न सकिँदैन। सानो, ठूलो, धनी, गरीब, उच, नीच मालिक, मजदुर, राजा, प्रजा सबैको मनमा प्रकृतिले प्रेम वा मायाको टुसा कुनै न कुनै रूपमा उत्पन्न गरेको हुन्छ। तर यी सबैले प्रेमलाई आफ्नो मनमा सजाएर राखेका मात्र हुन्छन्। कसरी कमाउने खाने बस्ने र परिवारको पालनपोषण कसरी गर्ने भन्ने समस्याहरूको सोचाइमै सबै पुरुषहरूको दिमाग अल्झिरहन्छ। तर स्त्रीहरूको काम दैनिक पुरुषको झैं, सोच विचारमा रहँदैन। उनीहरू दैनिक घरभित्रकै काममा व्यस्त रहन्छन्। तर मन भने प्रेमीको सम्झना सोचाइमा नै हराइरहेको हुन्छ।
जब स्त्री-पुरुष एक अर्काप्रति वैवाहिक जीवनमा पाइला टेक्छन्, तब पतिपत्नी दुवैलाई प्रेमको बन्धनमा बाँधिनु आवश्यक छ। जसरी दूध र पानी मिलेर एउटा नयाँ रस बन्दछ, यसरी एउटा रसको भावना कहिले उत्पन्न हुन्छ - जब दुवै जनाको मनमा एक अर्काप्रति समान प्रेम तथा समर्पणको भावना उत्पन्न होस्, जब एक-अर्काको लागि मर्न तयार हुन्, एक अर्काबिना रहन नसकुन्। पतिपत्नीको मेलमिलापमा जबसम्म प्रेम माधुर्यको समिश्रण हुँदैन, तबसम्म सफल दाम्पत्य जीवनको महत्व रहँदैन।
विवाहको अर्थ हो पूर्ण 'प्रसन्नता' यसै कारण बिनाप्रेमपूर्ण प्रसन्नता कहाँबाट आओस् - त्यसैले पनि प्रेमको लागि विवाहलाई अनिवार्य मान्नुपर्दछ। प्रेमबिनाको जीवन 'नुनबिनाको तरकारी, चिनीबिनाको हलुवा अथवा सुगन्धबिनाको फल' जस्तै हो। यस कारण पनि सुखी दाम्पत्य जीवनका लागि प्रेम अपरिहार्य छ। जन्मेदेखि लिएर मृत्युपर्यन्त मनुष्यको हृदय प्रेमबाट परिपूर्ण हुन्छ। छोरा होस् या छोरी जन्मेदेखि सुरुमा उसलाई आमाको प्रेम चाहिन्छ र मिल्छ। केही ठूलो भएपछि बाबुको, दाजुभाइ, दिदीबहिनीहरूको, काका, काकीहरू तथा अन्य मान्यजनहरूको प्रेम उसले पाउँछ।
टन्टलापुर घाम लागेको होस् वा मुसलधारे पानी नभनीकन काम गरिरहेका किसान तथा मजदुर, हिउँदको चिसो ठिहिर्याउने शीतकालको जाडोमा भारी बोकेर पहाड चढिरहेको भरिया, १०-५ सम्म एउटै कुर्सीमा बस्न बाध्य कर्मचारी होस् वा दैनिक हाकिमको गाली खाइरहन बाध्य भएको पिएन होस्, यस्तो कुन शक्ति छ कि जसका कारण यी परिस्थितिहरू सबै सहेर उनीहरू काम गरिरहन विवश छन्। युद्धमा गएको सैनिक तरबार घुमाउँदै र बन्दुक तेर्स्याउँदै गोली चलिरहेको ठाउँमा निसःन्देह जान्छ, त्यो कुन विचित्रको शक्ति हो, जो ऊ युद्धमा पनि मृत्युको डर हुन दिँदैन। त्यो हो कसैको प्रेम, जसले मृत्युको विभीषिकामा पनि उसलाई बार बनँइदिन्छ। जन्मदेखि लिएर मृत्युसम्म मानिसको हृदय प्रेमबाट परिपूर्ण रहन्छ। छोरा हो या छोरी जन्मिसकेपछि जब बाल्यकाललाई पार गरेर युवावस्थामा पाइला राख्दछन्, त्यसबेला युवायुवतीको मनमा एउटा भावना उत्पन्न हुन जान्छ। त्यो भावनाले उनीहरूलाई सबैसँग मन पराउन, माया गर्न वा प्रेम गर्न लालायित बनाउँछ। त्यो कसैलाई मन पराउन लगाउने तत्व र प्रेम गरूँ गरूँ बनाउने जुन अदृश्य तत्व छ, त्यो भावना नै प्रेम हो। प्रेमको अर्थ खुसीहरू पनि हुन्छ। तर प्रेमले धेरैजसो दुःखको गोरेटो उक्लन बाध्य गराइदिन्छ। किशोरकिशोरीहरू प्रेमको असफलताको आवेगमा आएर आत्महत्या, हत्या गर्न पनि पछि पर्दैनन्, विषपान, झुन्डिने आदि घटनाहरू सुन्नमा आइरहन्छन्। कोही प्रेमको असफलतापछि आफ्ना विभिन्न घटनाहरू तथा सुमधुर यादहरूलाई सम्झँदै त्यसैको सहारामा बाँच्ने प्रयास पनि गर्दछन्। जति मज्जा मिलनमा हुन्छ, त्यो भन्दा बढी मज्जा विछोडमा हुन्छ भन्ने तर्क विद्वान्हरूको रहेको छ। मिलन त केवल क्षणिक हो। विछोड नै चिरस्थायी हुन्छ। विछोडको घाउको दर्द अविस्मरणीय हुन्छ। प्रेमको बन्धन शारीरिक सुखका लागि अनिवार्य हुन्छ। तर प्रेम स्वतन्त्र छ। यो स्वतन्त्र प्रेमका लागि एक अर्काबीचमा समान अभिरुचि र आकर्षा हुनु अत्यन्तै जरुरी छ।
कृष्ण प्रसाद पोखरेल
हाल - दोहा कतार
इमेल.-kpokharel75@yahoo.com
kp_pokharel@live.com
नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
अन्जान एक्लो दुनियामा जिएको छौ रे अचेलनचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल कति दुख कति कस्ट पिडा कति खान्छौ तिमिजीत अरुको पोल्टोमा,हार लिएको छौ रे अचेल कति आँखा रोए तिम्रा आँसु पुछ्ने कोहि भएनआँसु लिई हाँसो अरुलाई दिएको छौ रे अचेल नजिक हुँदा टाढा भयेउ टाढा हुँदा झनै टाढादुर गएउ आफन्तलाई सम्झिएको छौ रे अचेलघात अनि चोट माथि कति घाउ बढिरहेघाउको दुखाइ हेरी हेरी बल्झिएको छौ रे अचेल न जान सक्छौ छोडी न त सक्छौ कुरी राख्न्नदोधार को विवस्तामा अल्झिएको छौ रे अचेल समयेले निर्दयी यो कस्तो खेल खेल्दो रैछयो पापी खेल संगै खेलिएको छौ रे अचेल न त केहि अघि बढ्यो न त पछि हट्न सकयेउबाध्येताको भुमरीमा बाँधिएको छौ रे अचेलअन्जान एक्लो दुनियामा जिएको छौ रे अचेलनचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल Madan k.c. Dhurkot Rajasthal-2 Dhura Madan.kc1@gmail.com
याद गर्छेयाऊ मलाई किन
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
बुधवार, 1 सितंबर 2010
घाऊ लाई उलझ्यउन आउछेयौ किन
चोखो मायालाई फेरी पनी घात गर्नु छ र !
मेरो मायाको चौपारी लाई भत्काइ छोड्यौ तिमी
अझ बाकि बिगार्नु बचेको पो के छ र !!
मरेको सरिर जिओदो बनी आयको छू धर्तिमा फेरी
अझै पनी फेरी मलाई संसार बाट भगाउनु छर !
चाहे यस धर्ती ले मलाई फेरी पनी घिड़ा गरोस
इज्यत तिमी तोड़ी गयौ बचेको अब के पो छ र !!
तिम्रो माया भो भो चाहिदैना मलाई
आखा को कसिंगर बनी बसेपछि !
फेरी पनी याद गर्छेयाऊ मलाई तिमी किन
अधुरो जीबन को जिन्दगीमा मलाई पारे पछि !!
सुखको जिंदगी मा पर्गति को पाई ला चाल्नु तिमी
मेरो साथ छोडेर गयता पनी जीबन को संसार बाट !
मन मायाको पोखरी भरेर राख्नु तिमी खुसीखुसी मा सधै
हेरी बस्नेछु म तिमीलाई सधै छितिज को किनार बाट !!
चोखो मायालाई फेरी पनी घात गर्नु छ र !
मेरो मायाको चौपारी लाई भत्काइ छोड्यौ तिमी
अझ बाकि बिगार्नु बचेको पो के छ र !!
मरेको सरिर जिओदो बनी आयको छू धर्तिमा फेरी
अझै पनी फेरी मलाई संसार बाट भगाउनु छर !
चाहे यस धर्ती ले मलाई फेरी पनी घिड़ा गरोस
इज्यत तिमी तोड़ी गयौ बचेको अब के पो छ र !!
तिम्रो माया भो भो चाहिदैना मलाई
आखा को कसिंगर बनी बसेपछि !
फेरी पनी याद गर्छेयाऊ मलाई तिमी किन
अधुरो जीबन को जिन्दगीमा मलाई पारे पछि !!
सुखको जिंदगी मा पर्गति को पाई ला चाल्नु तिमी
मेरो साथ छोडेर गयता पनी जीबन को संसार बाट !
मन मायाको पोखरी भरेर राख्नु तिमी खुसीखुसी मा सधै
हेरी बस्नेछु म तिमीलाई सधै छितिज को किनार बाट !!
नमस्कार म अनिश कुमार जी सी
डेली करमपुरा न्यू डेली
नेपालको लागी रामू जी सी खन चार मखात
ईमेल anishkumargc@gmail.com
डेली करमपुरा न्यू डेली
नेपालको लागी रामू जी सी खन चार मखात
ईमेल anishkumargc@gmail.com
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
हेर्दा सानी रहिछेऊ नानी माया लाग्दो बानी
सुन्दरताले भरिपूर्ण सौन्दर्यकी खानी
सोच बिचार गरी हिड यो उमेरमा तिमी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
पुतलीको जस्तो रहिछ डुली हिड्ने बानी
बत्ती नजिक नजाऊ नानी चमक रहिछ भनी
पखेटा तिम्रा जल्लान अनी बसौली अपांग बनी
चिरचिर बोल्ने रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
भमराको जस्तो स्वभाब स्वाद चाख्दै हिड्नी
साझ पख बन्द हुने कमल फुलको बानी
नजानु नि कमल फूलमा सूर्यास्त पारी
चन्चले स्वभाबकी बाग्लुंगकी नानी ।
सोच्दिरहिछेउ तिमी चलाख काग जस्तै बनी
चलाख बन्दा कागले सधै खान्छ रछान पनि
बन्दा चलाख खान्छ उसले बिष कहिले काही
अति चलाख सोच्दी रहिछेऊ बाग्लुंगकी नानी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
नेत्र प्रसाद शर्मा ‘नबनेत्र’
बाग्लुंग
हालस: माल्दिभ्स
प्रेमपत्र नौडाडा पारिबाट मायालुलाई
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
मंगलवार, 31 अगस्त 2010
प्रेमपत्र नौडाडा पारिबाट मायालुलाई पत्र नौडाडा पारिकी निस्ठुरी सं नौडाडा पारिबाट मायालुलाई पत्र नौडाडा पारिकी निस्ठुरी संखै कुन शब्दले संबोधन गरु तिमीलाई अब त दिनहरू पनि धेरै बितिसक्यो निस्ठुरी प्रेम रोग हो र त्यस रोगको ओखती पनि हो ति खोला नाला, उकाली
योगेन्द्र
हाल
मलेसिया
योगेन्द्र
हाल
मलेसिया
असीम महत -गजल
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
रविवार, 29 अगस्त 2010
नेताहरुले यो देशलाई, लानी कता होला?
रगतको मुल्य खोज्न,जानी कता होला ?
सहीदका सपनाको,गीत सुनाउदै,
रेटी हिंड्ने सारङ्गिको,तानी कता होला?
बाडफाड र तछाड मछाड, थन्को लगाएर,
एउटै डोरी बाट्नेकुरा-कानी कता होला ?
उर्ली आएनी मेची काली, जलको धनी भनी,
चैत-बैशाख भन्नु पर्ने,पानी कता होला ?
एकताको बुटी खुबाइ,कुरा मिल्थ्यो कि त!
लौन प्रभु बताउ तेस्तो,खानी कता होला ?
हालको शहर :
Dubai, United Arab Emirates
रगतको मुल्य खोज्न,जानी कता होला ?
सहीदका सपनाको,गीत सुनाउदै,
रेटी हिंड्ने सारङ्गिको,तानी कता होला?
बाडफाड र तछाड मछाड, थन्को लगाएर,
एउटै डोरी बाट्नेकुरा-कानी कता होला ?
उर्ली आएनी मेची काली, जलको धनी भनी,
चैत-बैशाख भन्नु पर्ने,पानी कता होला ?
एकताको बुटी खुबाइ,कुरा मिल्थ्यो कि त!
लौन प्रभु बताउ तेस्तो,खानी कता होला ?
हालको शहर :
Dubai, United Arab Emirates