गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

त्यो बाटो: हिजो र आज

मदन के.सी.
अग्लो पहाडबाट ओर्लने एउटा बाटो

तिमीतिर आउने गथ्र्यो स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङ्गरोगन गरेकी हुन्थ्यौ कलिला
पातहरूमा भावुक अपनत्वले ओसिलो बनेको
 नागवेली बाटो  तिम्रै मनको परिसरजस्तो
विशाल हुने गथ्र्यो ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि

आँगनको डिलमा मनभरि बर्र्सौँको प्रतीक्षाको थकान बोकेर


ओठभरि मेरो आगमनको मुस्कान बोकेर


उभिएकी हुन्थ्यौ तिमी हर्षाश्रु भरिएका आँखाहरू
एकाकार हुन्थे  र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका
तानावाना । र धेरैपछि त्यही बाटो हिँड्दैछु आज


उजाडउजाड बाटो उदासउदास बाटो


नाङ्गिएका रुखहरूको कोलाज छ जताततै


अज्ञात भयको लहर मनभित्र


तिमीलाई भेट्ने बर्र्सौँपछिको उत्कण्ठाभन्दा


अझ डरलाग्दोसँग मडारिएको छ


थाहा छैन आइपुग्छु-आइपुग्दिनँ तिमीसम्म


थाहा छैन भेट हुन्छ-हुँदैन तिमीसँग


कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि


भयाक्रान्त आँखाहरू दौडाएर वनभरि


सोचको एउटा सुदूर कुनामा


ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी
तिमीलाई कल्पेर


म हिँडिरहेछु/हिँडिरहेछु ....

धन्यवाद

मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी गुल्मी नेपाल

“जिउँदो मान्छे र हराएको मन”

 
              कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि 
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो 
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो 
मेरो अस्तित्व 
सुकिसकेको गुँद सरि 
यतै टाँसिए जस्तो लाग्थ्यो !
 
               आज -
लगाम लाग्न नसकेको त्यहि मन
तिम्रो हृदयको किल्लाबाट फुत्किएर 
कता कता दौडी रहेछ
तिम्रै अँगालोभित्र कैद 
मेरो सिङ्गो शरीर धीतो राखेर !
 
 
Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal

कसरी वाध्यौ कसमको धागो

रामप्रसाद  घिमिरे 
कसरी वाध्यौ कसमको धागो चाडै नै फुस्कीगो
कसरी गास्यौ पिरती त्यस्तो सबै नै खुस्किगो

छातीमै बल्छ बियोगको ज्वाला डडाई मलाई
मुटुनै घोप्छ धोकाको भाला तडपाइ मलाई
विश्वाशको आधार भात्कायौ संसारै भसाई
श्रदाको आकार बद्लेउ किन जिउदै जलाई

किनारा नपाई बगिनै राछु रोक्ने कोही छैन
शहरआ छैन लडिनै राछु उठाउने कोही छैन
झरेका आशा फुलेनन कसै मनलाई थिचीगो
साटेका बाचा हुर्केनन कतै भरोसा कुल्चीगो

रामप्रसाद  घिमिरे 
गुल्मी नेपाल 
हाल  राजिस्थान( भारत)  

धोकामा जलेको मन


सुनिल बि सी
  धोकामा जलेको मन कसै गरी थिर हुन्न 
    जति दले नि साबुनले मनको पिर धुन्न

    माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
    सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न


    हारजितको च्याँखेमा माया थापिएछ  
    सबैलाई मात दियौ नि तिमीले तिर चुन्न

    बेनामी बजारमा लिलाम भएछ इज्जत
    सकिएन कसै गरे नि धागोले शिर तुन्न


    स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
    छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न

सुनिल बि सी 
उदिना पिपलधारा
गुल्मी नेपाल 
हाल  राजिस्थान( भारत)  

तुलसी राम के सी (गजल )

तुलसी राम के सी
मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौ
सँगै हिंडे जस्तो गरी एक्लै पारी दियौ
हृदयमा लहरियौ,भरोसा पलायो
फुल भन्दै छाती भरी काँडा सारी दियौ

सुगन्धको आगमन भनी सुङ्गथ्यौ
फक्रिनै नपाई कोपिलामै झारी दियौ

मायाको पारीधिमा नै अटाउन खोजे
मनको सिमामा किन बार बारी दियौ

आज भन्दा भोली गन्दा जिबन गल्यो
झूठो बोली घोली घोली किन टारी दियौ
                    2
स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
आत्मासम्मान यो उधारोमा टास्न लाज भो

बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो
 लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com 


जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई

अनिश कुमार जी सी
जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी  पनि घुम्ती र मोड्हरुमा हात दिदै  जानू
पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई 
छ र बाचुन्जेल दुख ले होइन सुख र खुसी ले 
बिताऊ सानु
समय ले कती बेला कोल्टे फेर्छा कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
परिस्थिति र सोचैका कल्पनाहरुलाई  पंछायेर  हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका 
 कोसेलीहरुलाई साटउ सानु

बाचा र बचाऊ  भन्ने  भावना संगै सबैसंगा

मिठो , नम्रता इस्नेह  सबद को सैली सिकाऊ
मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया  साटासाट गरौ


नमस्कार 
म अनिश कुमार जी सी
अर्घा खांची  बिहार बजार