गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

Prerana

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।खोलाको बालुवा खोस्रेर परिवार पाल्नुपर्ने उसलाई यो समाचारले उत्ति उत्साहित बनाएन । सित्तैं पाइने खोलाको बालुवासम्म लुकीलुकी चोरेर बेच्नुपर्ने देशमा कसरी यत्ति ठूलो राशि पाइने व्यवसाय ऊ जस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो ? पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे, बिजुली पनि नजीकै टोलमा आयो रे, सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरूमा उसको चाख हुँदैन किनभने ऊ जस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । बस् बालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट बालुवा चोर्न पाए उसको जीवनको सवैभन्दा ठूलो उपलब्धि भइहाल्ने । यो पचास लाख सम्मको अवसर पनि ऊ जस्तो निमुखाको लागि हुनै सक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर्žयो ।एकै छिनमा एकहूल निमुखाहरू हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कति भयो- ‘मार्छन् कि क्या हो बजियाहरूले !’ ऊ बालुवाको डीलमा छलियो । त्यो हूल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हूलमा एउटाले भन्दैथ्यो- ‘शहरमा बम पड्काए रे आतङ्ककारीले तिनलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।’अर्कोले भन्दैथ्यो- ‘कस्सो दुइचारवटा काटेपछि एउटा न एउटा पचास लाखे नपर्ला ?उसले सोच्यो- ‘हूलमा पसेपछि कस्सो भाग नपाइएला ? यो बालुवा बोक्ने जस्तो पुलिसको आँखी हुने जोखिमको काम गरिराख्नु पर्छ र ? काटमारको कुरो परेकोले पहुँचवालाहरूले यसमा अवश्यै प्रतिस्पर्धा गर्ने छैनन् । निमुखाहरूको लागि यत्रो अवसर आएको रहेछ, मैले मात्र किन छोड्ने ?ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरी । उसले सफाइ दियो- ‘धन्दा नमान् बुढी अव हाम्रो दिन आएछ ।’ऊ हावामा खुकुरी नचाउँदै खुकुरी दलकै भीडमा बिलायो ।भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वास्नीले टाढा बिलाउँदै गरेको भीडलाई हेरी । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरू हावामा चमकचमक चम्किरहका थिए ।‘अब के हुने हो ? त्यो आइमाई आतङ्कति भावले थाप्लोमा हात राख्दै उतै नियालिरही । शहरभने पचासलाखे
Madan k।c।
Dhurkot Rajasthal -२
Dhura Dharapani
Gulmi Nepal

बेलाबखतका मुस्कानहरु

· फुर्सदले पढ
· लेकमा विहान
· प्रेमको पहिलो उच्छ्वासमा
· आत्म-कथा
· धर्तीको वरदान पाएको जीवन अभिशाप भइरहेछ
· रातको बत्तिप्रति
· दृश्य: परिवतॅनको चाहनामा
· माया र घृणा
· साकार मेरो सपना
· पखॉलभित्रको जीवन
· अनौठो नाता
· हाँस्न देऊ त्यसलाई
· मेरी धर्तीलाई
· सपनाका फूलहरु
· जीन्दगी सार्हो छ
· स्नेह रित्तेका आँखाहरु
· स्पष्टीकरण चाहियो
· बाँच्न बिर्सेर पनि सोच्नु पर्छ
· तिम्रो शुभकामना बोकेको पोष्टकार्ड
· उदास अनुहारको सम्झना आउँदा
· प्रतिश्पर्धा: एक चिन्तन
· धर्ती – प्रेम
· ती आँखाहरु खोइ ?
· मेरो जीवन
· उसले मलाई देखेन
· आफैँलाई सम्झिँदा
· सूचना नं. २७।९।०५०
· उनीहरुको मायालाई सम्झेर
· प्रतिज्ञा
· तिमी र म
· ज्वरो आएको दिन
· पल्लो घरको झ्याल
· झ्यालमा बसेकी युवती
· धेरै दिनपछि
· “कृष्णबहादुर क्षेत्री” (सेल्फ पोर्ट्रेट)
· मनका कुराहरु
· कविता यात्रामा (तीन प्रसंग)
· फेरि पनि माया
· बूढो साथी
· जीन्दगीको गाईजात्रा र काठमाडौं शहर
· बाँच्न सिक
· म किन लेख्छु ?
· ................. मात्र तिमीलाई
· त्यो दिन र तिम्रो सम्झनामा
· सहानुभूति
· अचम्मको माया
· त्यो दिन फर्केर फेरि आएन
· मेरा सम्भावनाहरुले आत्महत्या गरे
· केही तिम्रा: केही मेरा
· कस्तो हुन्थ्यो होला !
· विगतको नाममा वर्तमान एउटा सम्झौता- पत्र
· तिमीले बिर्सेको साँच्चै हो त !
· भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु
· साथी २०५० प्रति
· यो दिल कसैको यादमा रोयो
· म फेरि जन्मेर आउँला

फुर्सदले पढ

पढ्ने कुराहरु धेरै छन्
के पढ्ने भनेर
गलफत्ती गर्ने बेला अब छैन
हिच्किचाहटमा होइन
न मनको एक झर आवेशमा
फुर्सदने पढ
पढ्ने कुराहरु बाङ्गाटिङ्गा छन्

राम्रो- नराम्रो दुबै पढनु पर्छ
नराम्रोलाई पढेर राम्रोको मूल्य जान्नु पर्छ
हतारमा होइन
न समय चिप्लेला कि भन्ने डरमा
समयको त कहिल्यै बचत हुंदैन
नबितोस् भन्दा पनि बितिजान्छ
त्यसैले फुर्सदले पढ

पढने कुराहरु गज्याङमज्याङ लाग्लान्
टाउकोको गुदी खान आउलान्
सम्हालिएर होसियार भएर
फुर्सदले पढ
पढ्ने कुराहरु गनिनसक्नु छन्
विस्तारै पढ
धेरै बुझेर पढ
यहां बुझ्नु पर्ने कुराहरु थुप्रै छन्
तर बुझाउनु पर्ने कुराहरु केही पनि छैनन्
त्यसैले, फुर्सदले पढ

लेकमा विहान

शीतमा नुहाएर भर्खरै
घाम ताप्न लागेकी लालीगुराँस
पहाडी खोलामा निहुरेर
आफ्नो सुन्दरता हेर्न हतारिन्छे

प्रेमको पहिलो उच्छ्वासमा

“कविता दिने हैन ?
- कविता दिइसकें मैले, आफ्नो साथीलाई ।”

सताउला भनी धेरै-धरै
केही क्षणको बिछोडने जीवनमा
दिन्छिन् उनी मधुर कल्पना
सम्झना सांच्न र बांच्न कवितामा

स्वच्छन्द कविको एउटा फुक्का सोधाइमा
सधैलाई उनीले कविता समर्पण गरेकी छिन्
हरेक समय उठ्दछ कविता बनी
गाउंदै कविता कवि संगीत भरिरहेछन्



आत्म- कथा

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा प्रश्नको तांती

दूर-यात्राबाट थुप्रै घुम्ती छोडेर
आएको थिएँ यहां सपना रोप्न
गुम्सेका हावामा सास अड्किंदो रहेछ
पाईरहेछु कहां ? आज आफ्नै विपना देख्र्न

हिंड्छु कतै पुग्ने ठाउं छैन
बस्छु रत्तिभर आराम छैन
खलबल खलबल यो विश्व खलबल
आउला के ? कुवाको जीवनमा उथलपुथल

भ्रममा बाँच्दा जीवन फंस्यो
राम्रो छ भन्ने भ्रम फेरि नलिऊं
अनमोल थियो हिजोको समय
जो बित्यो, खुशी आज कहां पाऊँ ?

धर्तीको वरदान पाएको जीवन अभिशाप भईरहेछ

भित्र बस्छु-­­
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता

बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्

मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो
समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।

रातको बत्तीप्रति
रातको बत्ती ! निभ्नु हुँदैन
निरन्तर बलिरहू अँध्यारोमा
आफ्ना ज्योतिमय आँखा खोल
बस तिमी रातको पहरामा

तिमीले हेर्दा रातलाई
हामी धर्तीलाई देख्न सक्छौं
तिमी तेजिलो बनिरहे
हामी माटोलाई चुम्न सक्छौं

दृश्य: परिवर्तनको चाहनामा
देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन

माया र घृणा
मेरो बस्तीमा माया छ
मेरो बस्तीमा घृणा छ
यो संसार मेरो आंखाको
माया र घृणामै अडेको छ

माया मात्र पाएर
गर्नु के ?
बाँच्न घृणा पनि चाहिन्छ
माया र घृणाको सन्तुलनमा नै
जीवन- जगत् राम्ररी बुझ्न पाईन्छ

साकार मेरो सपना

बिहान भएपछि तिमीसंग
भेटेर कुरा गरुंला भन्ने
मेरो रातभरिको सपना थियो
ऐले तिमीलाई भेट्दा
मेरा आंखाले निद्रा त्यागे
म अब मुक्त भऐं
निद्राको बोझिलो बन्धनबाट
अब म तिमीलाई नै भेटिरहेछु
आंखाभरि सौन्दर्य तिमी छौ

लाजले हो कि मायाले
वा हो हृदय जोडिएर
म आंखाले बोलिरहेछु तिमीसँग
ए हावा ! सर्सर नगर्
नछोडेस है निश्वास आँधी अब
ए दिन ! अँध्यारो नछर्
नबोलाएस् है रात अब
हृदयको चाहना मेरो
वासन्ती फूलको मुस्कान जितिरहिछिन्
तपस्यामा लीन ऋषि के भए हुन्
जगको कल्याण सारा म तिमीमै पाईरहेछु
संसारमा तिम्रो र मेरो भेट नै सृजना नौलो
तिमी र ममै विश्व विशालतम् पाईरहेछु

ईश्वर तिम्रो शोकगीत

ईश्वर आफै छक्क परिरहेको थियो
अनावृत रूपको कथामा
कि युगौँदेखि प्रार्थनाहरूको बेहिसाब विलाप सुनेर पनि
ती मूर्ती र चित्रहरुमा पसेर नबोलिदिनु
कति गल्ती भएछ उसको
सम्पति र धर्मलाई शक्तिको इन्द्रजालमा
रुपान्तरण गर्नसक्नेले नै
उसको अवतारको फेटा गुँथेर
चुपचाप उसकै मृत्युको उत्सव माइरहेका थिए
आफ्नो इन्द्रियहरूको शक्तिबाट निरस्त भ्रम पनि
'भाग्य' र 'चमत्कार' को शेयर बजारमा
उचाइको ग्राफ छुन लम्किरहेको थियो
बजारको उतार-चढाउ चिन्ने भक्तहरू
अमर्त्य सेन र लुई आलथूसेहरूबाट आफूलाई
सुहाउँदो जीष्ट झिक्दै
कुनै सफ्टवेयर वा सूचना सञ्जालको रूपमा
नागबेलिँदै गइरहेका थिए
ईश्वर, जो अदृश्य र अनुपस्थित ईथरको मातमा झुलिरहँदा
संसारै उसको नामको गीतले थाकिसकेको देखेर लाचार भइरहँदछ
उसको नाममा लिखित किताबहरुबाटै गूढार्थहरु उठाई अनि
संसार र मानिसको अन्त घोषणा गर्दछ
मानिसले नै ।

Madan k.c.
9416990455
Gulmi Dhurkot Rajasthal,
Dhura Dharapani -2

SURYA BINA SURYA MUKHEE PHOOL KO

SURYA BINA SURYA MUKHEE PHOOL KO
MAYA BINA MAYALU KO
CHAYAAN BINA GHAM KO
TIMI BINA MERO JIBAN KO
KEHI ARTHA HUNAN
,,,,,
,,,,,,,
,,,,,,,,,
,,,,,,,,,,,


jun deshama janmey ma tayhe deshama marna chhahanchu .jun deshma hukey ma tai deshma marna chhahanchhu. yao mero janmeko denko banee ho .nepali aama vhanee dau malai teemee jau besesh aaffnai deshma kam garna seeka yak patak bola aama !!!!!!!

Asha Jati

हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो
साथसाथै रुनेहास्ने खाएनौ र कसमपनी
लत्तायेर गयेउ पर छोडीएर भार भयो
रानीबनको प्रेमपत्र रानीबनमै छोडीएछ
सपनाका टुसा हरु गोडिएर भार भयो
टुटे बरु हल्का हुन्थ्यो पथ्थर रैछौ तिमी
गंतब्येमा ढुंगा मुड़ा जोडिएर भार भयो
कहिँ त पुग्थे म एक्लै एक्लै हिंडेपनी
हिंडे तिम्रो साहाराले लोडिएर भार भयो

Thanks

Arjun k.c.c/o Madan k.c.
10th class
Dhurkot Rajasthal -2
Dhura ,Dharapani
Gulmi Nepal
9847234589

Blogger Pictures

Gazal

मुहार धेरै छन तर अनुहार एउटै
मुटु धेरै छन तर धड्कन एउटै
हिडाइ धेरै छन तर हाम्रो भाषा एउटै

हामी नेपालीहरु छरिएर रहेका नेपालीहरु धेरै छौ
हाम्रो देश नेपाल एउटै
आफ्नो देशलाई सम्झेर आसुँ झरेर आज मलाई
त्यो दिन पनि पक्कै आउछ एक दिन
जून दिन हुन्छु म आफ्नो देश र आफन्तिको माज

Madan k.c.
रूखका पातहरू खसे झैं यो जीवनमा तिमी
शिशिर बनि उदाए झैं लाग्यो
शरदको उदासी झैं यो जीवनमा तिमी
बसन्तमा फूलेको फूल झैं लाग्यो

आशामा फुल्ने किरणहरूमा तिमी
रातको अंधेरीसंगै बिलाए झैं लाग्यो
छायांमा बस्ने तस्वीरहरूमा तिमी
प्रकाशको उज्यालोसंगै हराए झैं लाग्यो

क्षितिजपारी बस्ने स्वर्गकी परी तिमी
मरूभूमीमा उडेको धूलोमा अल्झे झैं लाग्यो
सम्झनाको आंगनमा फूल्ने फूल तिमी
यथार्थको विहानीमा शीत खसे झैं लाग्यो


Madan k.c.
9416990455
Gulmi dhurkot -2 Dhura ,Dharapani

मान्छे अनि फेरि मान्छे

मान्छे अनि फेरि मान्छे

कलेटी परेका काँचुलीहरू
ओछ्याएर फलैंचामा
मेरी हजुरआमा
आँसुसँगै कात्‍नुहुन्छ
जिन्दगीको ए-को-हो-रो
परिभाषा ।

विचलित नबनी कत्ति पनि
जब
नबुझिने अनुहारमा खुम्चिएका रेखा देखाउँदै
पढ्नुहुन्छ एक अनुच्छेद वर्तमान
अनि मलाई लाग्छ-
उस्तै रहेछ बाँच्नुका रुटिनहरू
हिजो, अस्ति र आज ।

तर
भिरालो खुट्टाहरूले समाएर गन्तव्यमा
अहँ, गर्न सकिने रहेनछ सफलताको दस्तखत
त्यसैले होला
उहाँ भन्नुहुन्थ्यो-
सपनाको महल र खरानी मानसिकता
उस्तै-उस्तै हो नानू !

मेरी हजुरआमाको आग्रह र सल्लाहमा
त्यसपछि मैले कहिल्यै देखिनँ सपना,
आजकाल गर्व लाग्छ
सपनाको राजनीति नगरीकनै
म मान्छे बन्न सकेको छु

साँच्चै
कति गाह्रो हुने रहेछ हगि
मान्छेजस्तै मान्छे बन्नलाई ।

आदिम सन्दर्भ

प्रिय संवेदन !

'जीवन' नामको घटनामा आज मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु-

एकादेशमा तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग-अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम स्वप्नहरू थिए र आदिम आँसुहरू थिए । शिरीषका प्रेमिल फूलझैँ निलाम्मे प्रीत फुलेजस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । शुभ सन्देशजस्ता पाहुनाहरू सकुशल आउने-जाने गर्थे । साप्ताहिक हाटबजारमा प्रेम, सद्‍भाव र समर्पणका कवितावाचन गरिन्थे । धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कुटनीति, संविधान, कानुन सारा केवल महत्त्वाकाङ्क्षी बादशाहका दुःस्वप्नझैँ बडो हास्यास्पद लाग्थे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेलीझैँ गन्धर्वहरू मस्त पौडिन्थे । गुफा र ओढारहरूमा आँखाभरि जूनतारा भित्रयाएर प्रकृति र पुरुष सम्भोग गर्थे, सङ्गीतबद्ध हुन्थे र जन्माउँथे अहङ्कारहीन भविष्य !

त्यस देशमा रुसोले गाई चराएका प्रमाणहरू थिए हामीसित । कृष्णले बजाएको बाँसुरीको धुन त्यहाँका पहाड, चरा, पुतली, झरना र नदीहरूलाई कण्ठस्थ थियो । कहिलेकाहीँ बाटो भुलेरै पनि कोलम्बसको आत्माले प्रवेश गरेको तथ्यसमेत हामीसित थियो । फ्रायड मनोविश्‍लेषण गर्नुभन्दा आत्मविश्‍लेषण गर्दै आमा, दिदी, बहिनी र पत्‍नीलाई समेत ससम्मान प्रेम गर्थे र बाबु, दाजु, भाइ सारालाई आलिङ्गन गर्थे । कार्ल माक्स कहिले बारीमा डल्ला फोरिरहेका हुन्थे त कहिले मजदुरको थोत्रो झोला बोकेर जङ्गलतिर पस्थे र झोलाभरिभरि जङ्गली फल र फूलहरू बोकी गोधूलि साँझमा घर फर्कन्थे ।

त्यस देशमा नित्से ईश्‍वरमृत्युको दुखद् समाचार लिएर आउँदैनथे, बरु उनी साहिँलीलाई 'प्रेम गर्छ'को सुखद् समाचार भन्न चौतारीमा पर्खी बस्थे । बुद्ध दङ्गदास भएर काखमा आफ्नो ईश्‍वरजस्ता अबोध नानी खेलाइरहेका हुन्थे । क्राइस्ट, बुद्ध, कृष्ण र मोहम्मदहरू बाइबल, त्रिपिटक, गीता, कुरान एकै ठाउँ राखेर शुभकामना आदान-प्रदान गरिरहेका हुन्थे । आतङ्कवादीहरू बमबारुद नभएर फूल लिई हिँड्थे र प्रिय र प्रियाहरूको निजी स्वप्नमा कोमल आतङ्क फैलाउँथे । सुकरात बाख्रा चराएर फर्कन्थे र साँझपख छिमेकीहरूसित अँगेनाको वरिपरि बसेर तारादेवी, नारायणगोपाल, अरुण र अरूणाहरू मोजार्टले सङ्गीत भरेको लोकगीत सुनाउँथे । बाङ्देलहरू आफ्नै भित्ता र आँगनहरूमा इन्द्रेणीरङ्ग भर्थे । वेदना र आँसुहरू क्षितिज पर-पर घुम्न जान्थे र सपनाहरू बोकी आउँथे । सार्त्र र सिमोन छुट्टी मनाउन कहिलेकाहीँ त्यहाँ झुल्किन्थे । निर्मल वर्मा, अमृता प्रीतम आ-आफ्नो एकान्त झ्यालमा बसेर सधैँ-सधैँ सूर्योदय र सुन्दर सुर्यास्त हेर्थे । हामीसित उपलक्ष्यहीन उत्सवहरू थिए । देश ऐश्‍वर्यशाली थियो र हाम्रो हृदयमा प्रीतिकर ईश्‍वरको जन्मजात ठेगाना थियो । सभ्यता हाम्रै आदिवासी मनजस्तो जीवन्त थियो । पारिजात, देवकोटा र शङ्करहरू हामीलाई यही कथा भनिरहेका हुन्थे ।
***

यतिखेर भर्खर हामी स्वप्नसिँढीबाट धरातलमा ओर्लेका छौँ । हाम्रो आदिवासी मन, प्यास, सम्बन्ध, आँसु र स्वयम् सुखद् स्वप्नहरू शिरीषको फूल बारुदले भुइँभरि असरल्ल झरेझैँ काँचका टुक्रासरी अराजक छरिएका छन् । यात्रा रगताम्य छ ।

प्रिय संवेदन ! यतिखेर घाइते म निकै थाकेको छु । अब सम्हाल्ने जिम्मा तिमीलाई नै लगाएर तिमीबाट सुमधुर बिदा चाहन्छु र प्रकृतिको उही आदिम देशतिर फर्कन चाहन्छु !
***********************************************************************

गीत

पछौरीको कुना समाई तिमी छेउ बस
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिमी हिड्दा सधैं लाग्छ स्वर्गकी परी
तिम्रो माया राख्छु सँधै मेरो मुटुभरि
आकाश जस्तो मन तिम्रो चन्द्रमाको बास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिम्रो स्वागतमा देख्छु फूल फुलेका
तिम्रो माया पाउन संसारभरि डुलेका
तिम्रोलगि जहिले पनि बन्न सक्छु दास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

गुरु र ज्ञान

जीवन त यो छैन कतै शिक्षा बिना पूर्ण,
शिक्षाले ज्ञान दिन्छ सही बाटो रोज्न।
गुरुले ज्ञान दिन्छन् हर शिष्यलाई,
उपदेश मानी लिन्छन् जीवन पुर्ण गर्नलाई।
जीवनमा गाँसिइन्छन् ज्ञान दिने गुरु,
विद्या अर्थी हामी सबै ज्ञानसँग रमूँ।
गुरु सँधै प्रेरित गर्छन् सत्कर्म नै गर्न।।
हाम्रो लागि शिक्षा दिने मात्र हुन्नन् गुरु,
साथीभाई पनि हुन् ज्ञान साट्‌ने गुरु।
गुरुसँग हाम्रो नाता हुनुपर्छ अटुट,
शिक्षा पनि हामीसँग हुन्छ सँधै मजबुत।
पैसा तिरी किनिदैन ज्ञान जस्तो चीज,
छरिन्छ यो जताततै मानिसको माझ।
चिन्न सके यसको गुण पुगिनेछ माथी,
नचिने त रहनेछ जति थियो त्यत्ति।
बाटो हिड्दा जीवनमा अनगिन्ती मोड,
गुरु ज्ञान पाएर नै जित्न सक्छौ होड।।

TULSIRAMKC

जीवन (एकल यात्री)

रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो

कालो रात हैन, उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन, उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन, निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन, पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन, सफा मन चाहन्छु म
पराजित मृत्यु हैन, संघर्षशील जीवन चाहन्छु म

किनकी,
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो, पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन ।


TULSIRAMKC

तीर्थ विष्ट

सुनै हौ तिमी खार्नु नपर्ने
मसँगै छ्यौ चहार्नु नपर्ने

यो रुखो मनमा पनि फैलने
दुबो हौ तिमी सार्नु नपर्ने

स्वर्गमा भए, के गर्थे खै ?
धर्तीमै छ्यौ झार्नु नपर्ने

उत्सब हौ मेरो जिन्दगीलाई
सधैँ भए'नि टार्नु नपर्ने

TULSIRAMKC

मलाई 'म' मन पर्दैन

म मनबाट चलेको छु


मस्तिष्कबाट चलेको छैन


त्यसैले मलाई म मन पर्दैन


पहिला पहिला मेरा मनहरु


नसा नसाबाट बग्दै


मस्तिष्कमा पुगेर छानीने गर्थे


शुद्ध हुन्थे मनहरु अनि


म त्यसलाई व्यवहारमा उतार्थे


तर आज मनहरु


मस्तिष्कमा पुग्न नपाउँदै


व्यवहारबाट पोखिने गर्छन्


म सँधै मनको कुरा मान्छु


मस्तिष्क सदा लाचार भै रहन्छ


धिक्कारी रहन्छु म अनि मनहरुलाई


किनकी मेरा मनहरु


मलाई स्वयं दमन गर्दैछन्


लज्जास्पद बनाइरहेका छन्


तरपनि म प्रतिकार गर्न सक्दिन


मनहरुलाई


म हार्दोयुद्ध लडिरहेको छु


त्यसैले मलाई म मन पर्दैन !

TULSIRAMKC

गजल

छाडेर गईस् भन्दै गाउँ रुन्छ सपनीमा
मलाई जन्मा-हुर्काको ठाउँ रुन्छ सपनीमा

कसरी सक्छु म सुत्न विकास सुते झैँ मस्त
सधैँ-सधैँ जस्को बुढो बाउ रुन्छ सपनीमा

हुर्किएछ चरी अब छाडेर जो गयो गुँड
भनेर बिलौना गर्दै माउ रुन्छ सपनीमा

नदुखे झैँ चस्स-चस्स सधैँ चस्कन्छ यो छाती
भुल्नै नमिल्ने एउटा घाउ रुन्छ सपनीमा

तँलाई पारी तारेको मैले हो नबिर्सी भन्दै
माझी रुन्छ सपनीमा, नाउ रुन्छ सपनीमा
TULSIRAMKC

दिलमा (गजल)

तुलसी मोठ छ दिलमा
र पनि चोट छ दिलमा ।


बाहिर स्वाङ पार्नेको,
भित्र खोट छ दिलमा ।


म खाऊँ मैँ लाऊँ भन्छौ,
सोचाइ चोट छ दिलमा ।


ओ, राम राम किन गर्छौ,
जपना नोट छ दिलमा ।


छाद्छौ तीतो मात्र छाद्छौ,
के नीमको बोट छ दिलमा ?


विश्‍वास छिनमै गरिदिन्छु,
र त बिछोड छ दिलमा ।
TULSIRAMKC

नेपाल प्यारो छ

भन्छौ तिमी हिमाल सेतो छ
तर म देख्छु यो त रातो छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।