गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

म त तस्वीर अधुरा भएछु

म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोट खाइ खाइ छुरा भएछु ।

RISHI RAM PANTHI
rishi.sharma44@yahoo.in
hal dubai

तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी?
पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी?
तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को
नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?
मेरो आँखा भनूँ या भाका सबका सब तिमी नै हौ
तिम्रो पूजा छोडीछोडी देउता अरू पुजूँ म कसोरी?
मेरो तन भनूँ या मन जे भने पनि तिमी नै हौ
कुल आफ्नो भुलीभुली अन्तै कुल खोजूँ म कसोरी?
तिम्रै काखमा छ मायाको खानी र वर्षा अमृतको
स्वर्ग यस्तो छोडीछोडी अर्कै स्वर्ग खोजूँ म कसोरी?


धन्यवाद सहीद तपाईको .......

बाबुराम थापा पिपलधारा ०८

गुल्मी नेपाल

मोब.००९७७.९७४७०२७८९८

एक् मन् चित्त लगाइ चाकरि गर्याँ

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।

रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
नाच्छन् म हेर्छु बसी।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू
क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली !!!

धन्यवाद सहीद तपाईको .......

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८

गजल - " तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त"


तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त
खाली त्यो सिउँदो मा सिन्दुर भरि दिन्छु म त

भोली को के थाहा छ र को कसको हुन्छ भनि
पर्छ भनि मैले तिम्रो सेवा गरि दिन्छु म त

आनाकानी गर्छु किन नबोलेर सधै तिमी
यदि हुन्छ भने तिम्रै भर परि दिन्छु म त

दुई मन मिल्छ भने अरुको के लाग्छ यहाँ
तिम्रै घर छेउछाउ बास सारि दिन्छु म त

सपनी मा तिमी देख्छु सधैं तिम्रै बारे सोच्छु
साँच्चै साथ दिन्नौ भने आजै मरि दिन्छु म त

रामप्रसाद
मलेसिया

आज जगतले देखिरहेको छ


आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र

तुलसीराम केसी
इस्मा राजस्था -३
गुल्मी नेपाल
मोबाइल ९८२८१४८२४५
ईमेल tulsiram_kc@yahoo.co.in

टाढा बसी तिम्रो यादमा पलपल कति मरु ?


टाढा बसी तिम्रो यादमा पलपल कति मरु ?तिम्रो सामु मैले अझै आँशु कति झारु ??तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
मेरो माया सरु तिमिलाई पुकार कति गरु ?यो मायाको सागर कति एक्लै एक्लै तरु ??भगवानले देखेकै छन् पापै लाग्ला सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु!!
सरु तिमिलाई सम्झी सम्झी दंग कति परु ?तिमी आउने बाटो हेर्दै मैले आँखा कति तरु ??मेरो दिलमा धड्कन बनी वाँचिदिनु सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु


तुलसी राम केसी

इस्मा राजस्थल -३

गुल्मी नेपाल

ईमेल tulsiram_kc@yahoo.co.in

एक दिन एकचोटि आउँछ

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको
सहे भनी सझएका इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !

तुलसी राम केसी
इस्मा राजस्थल ३
गुल्मी नेपाल

फल्दैनौ भन्दैछौ जुन

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर


तुलसी राम केसी
इस्मा राजस्थल ३
गुल्मी नेपाल

आमालाई सम्झेर

झिस्मिसेमै आँखाको खिर्कीबाट
न्रि्रालाई मिल्काएर
अनि रातको कम्बल पन्साएर
मेरी आमा पलङबाट यस्तरी ओर्लन्छिन्
जसरी उज्यालो ओर्लन्छ धरतीमा
अनि गुँडबाट निस्केको पहिलो चरीले
बिहानीलाई बोलाउँदै चिर्बिराए झैं
आमाको आवाज सुन्न थालिन्छ घरभरि
त्यसपछि पूर्वी क्षितिजमा उठिरहेको
रातो पहेँलो बिहानी जस्तै
चुल्हामा आगो बल्छ
र चुल्हाछेउमा बसेकी
मेरी आमाको अनुहार त्यसबेला
घामको पहिलो किरणले छोएको
हिमालको टाकुरा झैँ देखिन्छ ।

तुलसी राम केसी

दिन आइसकेको छ


झ्यालहरू खोल शान्ति, ढोका उघारेर पर्दाहरू उठाऊ
उज्यालो जुलुसले उज्याला हातमा बोकेका
उज्याला झण्डाहरूलाई पस्न देऊ
लोकल हिटलरका कनसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
लोकतन्त्रका उज्याला नाराहरूलाई कोठामा पस्न देऊ

लडाइँका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र
विशुद्ध गायकहरूका मसाल-स्वर सडकमा सामेल छन्
कथाकारहरुले कथालाई गम्भीर मोड दिएर
खलनायकको गुरुयोजनालाई तिरिमिरि झ्याइँ देकाएका छन्
आन्दोलनको डढेलोले लपेट्दैछ दरबारका जारहरुलाई

कोठा भित्रभित्रै धेरै प्रेम रचियो
रोदीघरदेखि चौतारािसम्म जताततै पिरती खेलियो
हाल आएर गल्ली गल्लीमा देश-प्रेम छताछुल्ल भएको छ
देश प्रेमीहरू मुलुकमाराहरुका छातिमा
फाइलन खेलको निर्णायक प्रहार गरिरहेछन्
ककफाइटमा समेत दुबै पक्षले जित्ने नियम हुँदैन
यो त महान जनआन्दोलन हो
र आन्दोलित जनता हारेको सिठी कहिल्यै बजेको छैन
राम, बुद्ध र ईशूलाई पुज्ने जनताले
मानिसलाई उखेलेर फाल्न पनि जानिसकेका छन्
उखेलेर फालेपछि देउता पनि ढुंगा मात्र हुन्छ ।

फिक्रि नगर शान्ति,
हद्द भए अजै केही ज्यान जाला
तर लोकतन्त्रका सेनाहरुको लस्कर बहुत लामो छ
चिहान भन्दा पनि कालो शासनको आकाशमा
'आतङ्क'को सेटलाइट छाडेर आँखा छल्ने दिन गए
बन्दुकको वैशाखी टेकेर मुलुक
नयाव सताब्दीको दौडमा सामेल हुन सक्दैन
मुलुक सल्काएर चिलिम तान्ने डिक्टेटरहरू
भटाभट ढल्दैछन् दुनियामा
जो बाँकिछन् तिनको पनि दिन आइसकेको छ ।
तुलसी राम केसी

हामी सबै उस्तै

अस्ती उस्तै,हिजो उस्तै, उस्तै आज भोली पनि
शुन्यतामा हरौँदैछौँ कुहिरोको काग बनी
सँधै उस्तै पुरानै छन ज्ञान गुनका वचन पनि
अस्तित्वमै हराउँछन बगरको ढुँगो बनी

कहाँ केले छेकेको छ सिर्जनाको मूल पनि
कुन चिजले छोपेको छ बुद्दिलाई बिर्को बनी
चुरोटको धुँवा सँगै मदिरा र माँस पनि
हामीलाई डोर्याउँछन उस्तै बनिराख भनी

मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि

नेताहरु भाषाण गर्छन् बिदुरका मित्र बनी
नाम लिन्छन विर पुर्खा भ्रिकुटी र सीता भनी
सुधालाई पाउ पार्छन चरणका दास अनी
आफ्नो काल बिताउँछन फरियाका आश बनी

आद्र्शका कुरा गर्छन् लाटो देशको गाँडा बनी
चर्को आवाज घन्काउँछन रित्तिएका भाँडा पनि
कोही भन्छन ढिलो भयो लौन केही गरौँ भनी
कोही बस्छन जवानीमा बिताएका रात गनी

सँधै त्यसइ कराउँछन सन्ध्याबासी सारौँ बनी
आँफैँ पाउ समाउँछन आफ्नैलाई झारौँ भनी
आफ्नै आफ्ना दाउ हेर्छन आफ्नैलाई मारौँ भनी
मिलिजुली रातारात बाँडिचुँडी खाउँला भनी

किन किन हिजोआज सुस्ताउँछु उदास बनी
विश्वमान चित्रबाटै हराइनेपो हो कि भनी
आफ्नालाई आफ्नो भन्न लजाइने पो हो कि भनी
आफ्नो छोडि अर्काको मन पराइने पो हो कि भनी।।

तुलसी राम केसी

फूलको ओंठमा फुलेकोछुपुतली


फूलको ओंठमा फुलेकोछुपुतली भइ उडि आऊपर्खिरहेछु जुनेली रातमावतास बनी छाम्न आऊ ।मेरो छाति खै कोभत्किरहने पहिरो जस्तोमेरो आशा कुमारीकोझरिरहने बर्को जस्तो ।किन रुन्छन् फूलहरूझर्छन् किन ताराहरूसारा रंग धुलो बनिछोप्छन किन आस्थाहरू ।बस्याछु यतै पर्खाइमाखोज्दैछौ कि मलाई कतैकति अल्झुं आशै आशमाकि बोकी बैंस बगौं कतै ।

तुलसी राम केसी

इस्मा राजस्थल ३

गुल्मी नेपाल

पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनिभयौ तिमी टाढा यो दु:खीको माया मारीदु:खी यो जिवनमा साहारा दिने कोहि भएनचोखो माया दिएकैथिए आफ्नो भन्न पाईन कति तडपिएको छु तिम्रो माया पाउछु भनिविपनामा आउने गर सपनामा सताउछौ किन?पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमीसगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन?भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाईसम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई।
शुभकामना तिमीलाई नै मिलोस्मनोकामना मेरो चकनाचुर भएपनि।सफलताको फूलले तिमीलाई नै चुमोस्म असफलताको डोरीले बाँधिएपनि।लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्मैले सारा खुसी र सपनाहरु गुमाएपनि


kamal: