ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भये पुग्छ
ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !!
हिड् डुल् गर्न मोटर गाडी हैन मलाई
भगवानले दिएको दुई खुट्टा भये पुग्छ
काडा अनी सानो तिनो छेस्कोबाट बचाऊन
मात्रा एक जोर सस्तो र बलियो जुत्ता भये पुग्छ!!
ठुला धनीहरुले पनि त हिरा मोती अनी
सुनचादी अन्य बस्त्र त खादो रहेन्छ
जती भये पनि मरेर जादा आखिर
मात्र एउटा कात्रो सिबाये अरु केही लिएर जादो रहेन्छ!!
ठुला ठुला बोर्डिङ् स्कुल सकिदैन भाई बहिनी लाइ पढाउन
मात्र असल, अनुशाशित र लगनशिलको पाठ् भये पुग्छ
खुशी र सुखी जिन्दगी भनेको त मलाई
सम्पन्न नै सधैंभरी परिवार सँग अटुट् साथ भये पुग्छ!!
तेरो मेरो भन्नु नै जिन्दगीमा के रहेछ ? र
मात्र हासखेल् गरी रमाइ बाच्नु रहेछ
यो दुई दिनको मरी जाने चोलामा सम्पूर्ण सँग
हजुर,तपाईं, नमस्कार को माया गास्नु रहेछ!!
i anish kumar gc
delhi karampura
(ramu g c )
हामी सबै उस्तै
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
बुधवार, 11 अगस्त 2010
अस्ती उस्तै,हिजो उस्तै, उस्तै आज भोली पनि
शुन्यतामा हरौँदैछौँ कुहिरोको काग बनी
सँधै उस्तै पुरानै छन ज्ञान गुनका वचन पनि
अस्तित्वमै हराउँछन बगरको ढुँगो बनी
कहाँ केले छेकेको छ सिर्जनाको मूल पनि
कुन चिजले छोपेको छ बुद्दिलाई बिर्को बनी
चुरोटको धुँवा सँगै मदिरा र माँस पनि
हामीलाई डोर्याउँछन उस्तै बनिराख भनी
मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि
नेताहरु भाषाण गर्छन् बिदुरका मित्र बनी
नाम लिन्छन विर पुर्खा भ्रिकुटी र सीता भनी
सुधालाई पाउ पार्छन चरणका दास अनी
आफ्नो काल बिताउँछन फरियाका आश बनी
आद्र्शका कुरा गर्छन् लाटो देशको गाँडा बनी
चर्को आवाज घन्काउँछन रित्तिएका भाँडा पनि
कोही भन्छन ढिलो भयो लौन केही गरौँ भनी
कोही बस्छन जवानीमा बिताएका रात गनी
सँधै त्यसइ कराउँछन सन्ध्याबासी सारौँ बनी
आँफैँ पाउ समाउँछन आफ्नैलाई झारौँ भनी
आफ्नै आफ्ना दाउ हेर्छन आफ्नैलाई मारौँ भनी
मिलिजुली रातारात बाँडिचुँडी खाउँला भनी
किन किन हिजोआज सुस्ताउँछु उदास बनी
विश्वमान चित्रबाटै हराइनेपो हो कि भनी
आफ्नालाई आफ्नो भन्न लजाइने पो हो कि भनी
आफ्नो छोडि अर्काको मन पराइने पो हो कि भनी।।
Kavita Pachhee
शुन्यतामा हरौँदैछौँ कुहिरोको काग बनी
सँधै उस्तै पुरानै छन ज्ञान गुनका वचन पनि
अस्तित्वमै हराउँछन बगरको ढुँगो बनी
कहाँ केले छेकेको छ सिर्जनाको मूल पनि
कुन चिजले छोपेको छ बुद्दिलाई बिर्को बनी
चुरोटको धुँवा सँगै मदिरा र माँस पनि
हामीलाई डोर्याउँछन उस्तै बनिराख भनी
मिठा मिठा बातहरु सुन्दरी र सुरा अनी
मगजमा बस बस्छन एकान्तका साथी बनी
छिटोछोटो सबै खोज्छन समयको माग भनी
बुद्दी बिनै गुमाउँछन अगाडिको भाग पनि
नेताहरु भाषाण गर्छन् बिदुरका मित्र बनी
नाम लिन्छन विर पुर्खा भ्रिकुटी र सीता भनी
सुधालाई पाउ पार्छन चरणका दास अनी
आफ्नो काल बिताउँछन फरियाका आश बनी
आद्र्शका कुरा गर्छन् लाटो देशको गाँडा बनी
चर्को आवाज घन्काउँछन रित्तिएका भाँडा पनि
कोही भन्छन ढिलो भयो लौन केही गरौँ भनी
कोही बस्छन जवानीमा बिताएका रात गनी
सँधै त्यसइ कराउँछन सन्ध्याबासी सारौँ बनी
आँफैँ पाउ समाउँछन आफ्नैलाई झारौँ भनी
आफ्नै आफ्ना दाउ हेर्छन आफ्नैलाई मारौँ भनी
मिलिजुली रातारात बाँडिचुँडी खाउँला भनी
किन किन हिजोआज सुस्ताउँछु उदास बनी
विश्वमान चित्रबाटै हराइनेपो हो कि भनी
आफ्नालाई आफ्नो भन्न लजाइने पो हो कि भनी
आफ्नो छोडि अर्काको मन पराइने पो हो कि भनी।।
Kavita Pachhee
तिम्रै बनी जन्म ल्यौनेछू
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
मेरो माया कपिको पाना तिम्रोमाया जीवनको समझाना समझी समझी रुनु पर्ने छ ! रुनु पर्ने छ !! छिट्टै भेट न आउनु है मायालु नत्र बिछोड़ हुनु पर्नेछ कलाकार साथी हरु ले जन्दिगी को यो लामो यात्रा लाई येसरी बिश्राम दिदै आफ्नो मौलिकता मा ढाल्नु भएको छ तेस्तै मेरो जिंदगी को मोड़ अनी घुम्टिमा यस्तै महामहिका इच्छा का कल्पना हरुले पुरानो भूपू मायालाई यसरी झ- झल्काउछ जिंदगी को यो आशाको घडी चलाऊ तिमी ! निश्चल र चोखो मायाले हर खुसी छाई दिउला म !! तिमी बस्नु मोबाईल को सैट बनी ! बेट्री रूप भई साथ दिने गरौला म !! चाहे संसार को कुनै पनी कुनामा किन नहोस ! हर कनेक्सन को टावर बनी आउने गरौला म !! बास तिमीले मायामा भोक लाग्यो भने मात्र हुन्छ मलाई! मोबाईल मा रिचार्ज गरे जस्तै चोखो मायामा चार्ज गरिदिउला म !! केबल दुई सब्दको स्मस गरे हुन्छ मलाई तिमी! यो हाम्रो गुल्मी ऑनलाइनको होम पेजमा... चोको मायाको चौपारी समझी बिस्राम गरिदिउला म !! असिना बनी झरेको पानी जस्तै गरी आऊ तिमी! चोखो पानीको इनार बनी बसिदिउला म !! आशा छ मलाई जिंदगी लामो घडी मा साथ पाउनेछू! यसै गरी सृजना का कोपिलाहरू फेरी पनी रोपी ल्यौनेछू !! सुखमा साथ दिनु दुख मा हाता दिनु ! आशा छ मलाई जिंदगी लामो घडी मा साथ पाउनेछू !! यसै गरी सृजना का कोपिलाहरू फेरी पनी रोपी ल्यौनेछू ! सुखमा साथ दिनु दुख मा हाता दिनु जनम जनम को यो घडीमा तिम्रै बनी जन्म ल्यौनेछू !! तिम्रै बनी जन्म ल्यौनेछू !!! (कसाई रचाई लाई कपी गर्नु नै महा पाप)
नमस्कार
अनीश कुमार जी सी
न्यू डेल्ही करम पूरा
नेपाल को लागी रामू जी सी
अर्घा पाच बिहार बजार