गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

एक दिन एकचोटि आउँछ

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको
सहे भनी सझएका इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !


तुल्सी राम केसी

हाल भारत राजास्थान

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर


तुल्सी राम केसी
हाल भारत राजास्थान

झुप्रो र नयाँ नेपालको खुशी

त्याँहा खुशी छ आमा
केवल खुशी मात्रै छ
हामीले यो झुप्रोमा
कहिल्यै नदेखेको
नयाँ नेपालको खुशी छ त्याँहा
हाम्रो यो झुप्रो भन्दा ठुलो
हो आमा साँच्चै ठुलो खुशी छ
त्यो खुशी कति छ भनेर
तिमीलाई पत्याउन गाह्रो पर्छ
तर त्यो खुशी छ आमा त्याँहा
उ हेरत
मान्छेहरु रमाईरहेछन
पटाका फोर्दैछन कोही
दीपावली गर्दैछन कोही
हुलका हुल भएर अबिर जात्रामा
एक अर्कालाई रंगाएर
त्यो खुशी साट्दैछन आमा
यति बिघ्न खुशी
मैले कैले देखेको थिईन आमा
त्यो खुशी
तिम्रो माने बटुकामा पनि अट्दैन
न मैले माथ्लो घरमा
मोई माग्न जाँदा लग्ने
सिलिबरे लोहोटामा अट्छ
तिमीले भर्खरै टालेको
अढाई मने बोरामा पनि नअट्ने त्यो खुशी
हाम्रो झुप्रो भन्दा धेरै ठुलो छ आमा
भनन आमा
क – कस्को होला त्यो खुशी ?
के त्यो खुशी
आईपुग्ला कहिल्यै
हाम्रो यो सानो झुप्रो सम्म ?

Tlsiramkc

Isma rajasthal  3
Gulmi Nepal

देश, म र आकाङ्क्षा

देश ! तिम्रो गर्भासयसँग विद्रोह गरेर
मलाई आफ्नै आकृति कोर्न मन छ
जुन आकृतिबाट कुनै सयममा
एउटा जीवनचक्र मेरो पनि थियो भन्ने
यही धरतीलाई थाहा होस्
प्रकृति र समयको जीवनवृत्तमा
मेरो पनि अस्तित्व थियो भन्ने थाहा होस्
मन सल्किएको बेला
मलाई सहीद हुन मन छ
मानवता खोसिएको भूमिबाट
एउटा अर्को बुद्ध जन्माउन मन लागेको छ
जो मेरो युगको प्रतीक बनेर उभियोस्
मृत्युपर्यन्त अलग परिभाषा बोकेर उभियोस्
देश ! तिमीलाई बलात्कार गरेर
एउटा परिवर्तनको युग जन्माउन मन छ
त्यो युगमा एउटा उत्साहको घाम लागोस्
जून पनि त्यो विशाल आकाशमा
आफ्नै स्वच्छन्दता बोकेर हाँसोस्
थुप्रै मनहरू रोएको बेला
मलाई अलग रुवाई रुन मन छ
जुन रुवाईपछि एउटा मीठो आभास होस्
जुन रुवाई मलाई तिम्रै काखमा बसेर रुन मन छ
जो मानवताको स्वरहरू लिएर
साख्ये तिम्रो कानमा गुञ्जियोस्
देश ! कोख प्रसव वेदनाले थलिएको बेला
तिम्रो आँखाबाट त्यसको बाढी उर्लिएको बेला
मलाई एउटा सत्य कुरो खोल्न मन छ
थुप्रै असत्यबाट एउटा सत्य ओकल्न मन छ
तिम्रो कोख अझै उजाड बनेको छैन
तिम्रो मातृत्वमा कुनै खोट छैन
तिम्रो कोखबाट सपुत मात्र होइन
कपूतहरू पनि जन्मिरहेछन्
जसले तिम्रो मातृत्वको अपमान गरिरहेछन्
तिम्रो ममतामाथि कुठाराघात गरिरहेछन्
तिम्रै गर्भमा बसेर
तिम्रै विरुद्ध धावा बोलिरहेछन्
यतिबेला मलाई प्रश्न गर्न मन लाग्छ
तिम्रो सन्तान कुन हो ?
के मेरो आँखाले परिवर्तनको सपना देख्नु पाप हो ?
मनले सुन्दर आगतको कल्पना गर्नु अपराध हो ?
ए, आमा ! तिम्रा ओंठहरू किन मौन ?
तिम्रो मन किन स्तब्ध ?
हो, आमा तिमीलाई यो प्रश्न छ
यो गल्ती हो भने फुटाईदेऊ मेरो आँखा
यो पाप हो भने तोडिदेऊ कल्पना
देश ! तिम्रो आत्मा मृत युगसँगै पोलिएको बेला
म समयको कसम खाएर भन्छु,
तिम्रो कोखबाट एउटा नयाँ बुद्ध जन्मिनुपर्छ
देश ! तिम्रो करणी गरेर
मलाई नवयुग जन्माउन मन लागेको छ ।



धन्यवाद

मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी
गुल्मी {नेपाल}
मोब-+९४१६९९०४५५

अस्त्र

बाल्यकालको अस्त्र रुनु रहेछ
जवानीको अस्त्र मुस्कान रहेछ
युवतीको अस्त्र लजाउँनु रहेछ
युवकको अस्त्र साहाश रहेछ
माइतीको अस्त्र माया रहेछ
आमाको अस्त्र ममता रहेछ
बाबुको अस्त्र स्नेह रहेछ
छिमेकीको अस्त्र सहयोग रहेछ
साथीको अस्त्र सहकार्य रहेछ
विद्वानको अस्त्र अनुसन्धान रहेछ
पुरेतको अस्त्र कथा वाचन रहेछ
मानिसको अस्त्र दान गर्नु रहेछ
सामन्तवादको अस्त्र किसानको शोषण रहेछ
पुँजीवादको अस्त्र मजदुरको शोषण रहेछ
खुला बजारको अस्त्र नाफा रहेछ
विस्तावादको अस्त्र घुसपैठ र ध्वस्त रहेछ
साम्राज्यवादको अस्त्र
युद्ध जित्नु कब्जा गर्नु
र आफ्नै कठपुतली सरकार स्थापना रहेछ
समाजवादको अस्त्र समता रहेछ
साम्यवादको अस्त्र वर्गबिहिनता रहेछ
अब, तिमी आफै रोज
जिन्दगीमा कुन कुन बेला
कुन कुन अस्त्र चलाएर
गुजारा गर्न चाहान्छौ?



धन्यवाद
मदन के.सी .
धुरकोत रजस्थल-2
धुर धारापानी
गुल्मी {नेपाल

पर्खी बसे दोबाटोमा

Tulsi: Ram
पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन

कति तडपिएको छु तिम्रो माया पाउछु भनि
विपनामा आउने गर सपनामा सताउछौ किन?
पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमी
सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन?
भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई
सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई।

Tulsi Ram .K.C
Isma rajasthal -3
Gulmi Nepal

मेरो बेदना

किन आयौ फुल बनि मेरो जीवनमा यसरि काँडा रोप्नु थियो भने
किन सिकायौ चोखो माया म संग यसरि धोका दिनु थियो भने

किन सजायौ सपनाको महल यसरि भत्काउनु थियो भने
किन खायोऊ संगै मर्ने कसम यसरि सबै कसम तोड्नु थियो भने

किन सिकायौ जीवन जिउन मलाई यसरि तड्पाउन थियो भने
किन दीयोउ साथ मलाई यसरि एक्लै छोड्नु थियो भने

धन्यवाद नारायण थापा पिपल धारा -५
हाल हरियाणा गुडगांव इंडिया !