गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे...

मदन के.सी.
किन राखु मसी
अब आफ्नो कलममा
जब कि मनमा कुनै
उत्सुकता नै छैन,
थाह छैन किन होला
सबै संका गर्न थालेछन
जब कि
एउटा सुकेको फूल पनी
मेरो पुस्तकभित्र छैन,
ताकत त थियो
मेरो प्रेममा पनी
तर विफल रहे प्रयासहरु
किनकी
ढुंगासरी मुटु हुनेहरु
जीउको रगत र पानी
सुकी सक्ता पनी पग्लेनन,
ईश्वर यदी भेटिए भने
उनै सीत माग्नेछु


 
धन्यबाद 
मदन के.सी.
धुर्कोट रजस्थल-२ 
धुर धारापानी 
गुल्मी नेपाल 

तिम्रो विहेको कुरा छिन्दा

 तुलसी राम के सी

तिम्रो विहेको कुरा छिन्दा
मेरो सासको डोरा छिनोस् ।
तिमीलाई सप्तरङ्गी साडी ओडाउदा
मलाई सेतो कात्रो ओडाउनु ।
तिम्रो अघि पछि जन्ति हिड्दा
मेरो अघिपछि मलामी हिड्नु ।
तिम्रो निम्ति पञ्चे वाजा वज्दा
मेरो निम्ति एकहोरो सङ्‍ख बजोस ।
तिमीलाई बेहुलाको घरमा पुर्‍याउदा
तिमीलाई सिङ्गारीएको मण्डपमा राख्दा
मलाई दाउरामा सुताउनु ।
तिम्रो सिउदोमा सिन्दुर पर्दा
मेरो चितामा आगो परोस ।
तिम्रो नया जिवन सुरु हुँदा
मेरो पुरानो जिवन समाप्त होस्

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com  

कल्पना गरौँ

मदन के.सी.
कल्पना गरौँ कि स्वर्ग छैन  सोच्ने हो भने यो सजिलो छ
नर्क पनि छैन हामी माथि आकाश मात्र छ
कल्पना गरौँ सबै मानिस आजको लागि बाँचेको
कल्पना गरौँ कुनै देश छैन    केही गाह्रो छैन यस्तो सोच्न
मर्न मार्न आवश्यक छैन    धर्म पनि छैन
कल्पना गरौँ सबै मानिस शान्तिमा बाँच्न पाओस्
तिमीले मलाई एक्लो भन्न सक्छौतर म मात्र
एक्लो छैन  आशा गरौँ, एक दिन तिमी मसँगै हुनेछौ
र, विश्व एक हुनेछ
 
धन्यवाद
मदन के.सी.
धुर्कोट राजस्थल-२ धुर
धारापानी
गुल्मी नेपाल
मो -९४१६९९०४५५

मेरो भावना

मेरो भावना
By Madan k.c.


बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि,
झरणालाई नियालेर तिर्खाईमा तड्पिए पनि,
सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस,
हुरिबतासको लहर जति नै बेगले चले पनि,
कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना,


Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal

गजल

रुनु सम्म रोइसक्यो, झर्नु आँशु झरिसक्यो,
आँखाहरु रक्तिएर, अब रगत झर्न बाँकी छ।।।

तुलसी राम के सी


उकुस्मुकुस मनमा अब, माया सबै रित्तिसक्यो,

बिरह ले भरिएर, अब बिस ले भर्न बाँकी छ।।।



अमृत रोप्ने खेतमा, आज किरा परिसाक्यो,

अबको बिउ कुहिएर, दुर्गन्ध सर्न बाँकी छ।।।



जिउन पर्छ रे जिन्दगी, जिउने कोशीस गरिसके,

हार खाइ अब, आत्मा समर्पन गर्न बाँकी छ।।।



केही अब बाँकी रहेन, मुटु पनि जलिसक्यो,

जिउदो यो लास फेरी, दोहोर्याएर मर्न बाँकी छ।।।

लेखक - तुलसी राम के सी


इस्मा रजस्थल ३


गुल्मी नेपाल


हाल इंडिया भारत


राजिस्थान tulsiramkc@gmail.com  

बुलबुल


तुलसी राम के सी

कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी
हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी

कति पीर खपिन्छन्, सहेर नै बाँच्नुपर्छ
आँखाबाट छल्केर कति पोखिन्छ जिन्दगी

कति बाचा बाँधिन्छन्, कति कसम खाइन्छन्
थाहै हुन्न को सित कति जोखिन्छ जिन्दगी

सयौंपल्ट झुठो हुन्छ, सयौंपल्ट जुठो हुन्छ
फेरी आँशुमा रुझेर कति चोखिन्छ जिन्दगी

जति बैंस ढल्दैजान्छ, उति पीर बढ्दैजान्छ
सम्झनामात्रै बन्छ जति भोगिन्छ जिन्दगी

कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी
हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी

तुलसी राम के सी

"बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।"

तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान