गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल


बाबुराम थापा


कस्तो रहेछ त सहर था भो
मान्छे हुन् कि प्रस्तर था भो

हाँस्ता पनि दुख्यो जब यो मन
दिवा-स्वप्नको असर था भो

सुरक्षार्थ खटिएका माली नै यहाँ
किन चोर्छ फूल अक्सर था भो

नजान्दा बोल्न यहाँ चाकडीको भाषा
गुम्ने रैछ कसरी अवसर था भो

सुकिला पहिरनका कुटिल मनहरूले
काँ-किन लुकाउँछन् खञ्जर था भो

छाडेर आफ्नो रमाइलो त्यो गाउँ
आउन नहुने यो सहर था भो।

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब +९७७.९७४७०२७८९८
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३
Emailto:- baburamthapa@gmail.com
www.hamrogulmi.com

!! बेकार छ !!

आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने

ओठ राम्रा भएर के गर्नू?
जब ती ठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने

सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने!

मुटु मात्र भएर के गर्नू?
जब त्यो मुटु
पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने

फोक्सो मात्र भएर के गर्नु?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै श्वास-प्रश्वास भइरहन्छ भने

मन मात्र भएर के गर्नु?
जब त्यो मन
नदी सुकेपछिको बगर जस्तो छ भने

आसु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ !

मोहन पुन
त्री नगर पालीक सेवार बगाले वाड न ०७
पोस्ट घोराई जील्ला दाङ नेपाल
मोब ००९७७.९८४७८९७९१४
हाल सूर्या रोशनी ली फरीदाबाद हरियाणा (भारत)
मोब ००९१.९७१६५५८७०८

मेरो उपस्थितिले बोझिलो बनेको तिम्रो समय

मेरो उपस्थितिले बोझिलो बनेको
तिम्रो समय,
तिम्रा अमूल्य ती क्षणहरूसँग
क्षमा माग्दै छु

मेरो आवाजले टुटेको
तिम्रो एकाग्रता जोड्न
कुनै धागो
छैन मसँग

तिम्रो मस्तिष्कमा छाएको
हलचल साम्य पार्न
कुनै कालीको रुप
छैन मभित्र

मेरो छायाले कालो बनेको
तिम्रो आँगन चोख्याउन
गोमय र गहुँत
छैन मेरो छेउ

रित्तो भण्डारमा ब्रम्हाण्ड पाउनेमेरो सपना
साकार पार्न
तिम्रो सामीप्य र न्यानो अँगालो खोजिरहेका
मेरा यो चाहनालाई पूर्णता दिन
तिम्रो अनुपस्थितिमा
यो शून्यतासँग सापट मागेको समयमा
हावाभरि
तिमीलाई पाइरहेछु ।


बसन्ता थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब +९७७.९७४७०२७८९८

असीम महत गजल

वोल्लो घरमा के लाउं के खाउं, रोज भाको छ रे,
पल्लो घरमा नयाँ सालको, भोज भाको छ रे!

महलबाट फ्याकिएका झुत्रा टाला, जुठा थाली,
भोको पेट र नाङो आङ्लाई,खोज भाको छ रे !

नियम कानुन थन्को लगाई,भत्ता खाने नेताजिलाई,
गरीबीका चर्का नारा,बोझ भाको छ रे!

कता गयो नयाँ नेपाल,नया संबिधान,
पार्टी-पार्टी बिचमा, रम्ने मोज भाको छ रे!

असीम महत गजल

मन मेरो दुखाएको छौ तिमिले

मन मेरो दुखाएको छौ तिमिले
तुलसी राम के सी
न सोचेउ केहि न सम्झौ केहि
मन म जे अयो भनि गयोउ तिमिले
के येहि तिम्रो माया हो??

भुले मैले तिमिलाई यो कसेरि सोचेउ तिमिले?
पिडा मलै पनि हुन्छ होल यो किन् सोचेनौ तिमिले?
के येहि तिम्रो माया हो??

मुतु म मेरो बस् एक् तिमिनै छौ
कसेरि सम्झम मैले तिमिलाइ??
केहि न सोचि निस्ठुरि भनि गयो तिमिले
के येहि तिम्रो माया हो??

तिम्रो नै चहाना मन म ली बाचेको छु म
तिमिले नी मलै सम्झिनौ भनि कस्ले सम्झि देला अब?
के येहि नै तिम्रो माया हो?
ह येहि नै तिम्रो माया हो भने
चहिदैन् येस्तो माय चहिदैन् येस्तो माया......

तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान

दाहिने शक्ती

मदन के.सी
भ्यालेन्टाइनको रातो थुंगाका ओँठले
मेरो निँधारको स्वाभिमान चुमेर
तिमीले मायाको वीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जीवनमा मायाको भुवैभुवा फुलेकोछ


मेरो ओँठका किरणहरू चुमेर तिमीले
मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरंगहरूमा
मनमोहक रंगीन ईन्द्रधनुष फलेकोछ


चुमेर तिमीले मेरा आँखाका भञ्याङहरू
सुन्दर दृष्टिका वेर्नाहरू सारिदिएपछि
मेरा हरेक नजरका हाँगाहाँगामा
पिपिरी पात बजाउँदै प्रेमपालुवा हल्लिरहेकोछ


मेरा कानहरू सरगम सप्तकले चुमेर
तिम्रो बोलीको भायोलिन-तार रेटिदिएपछि
मेरो रगतमा लिखित नोटेशनका धूनहरू
सिम्फोनीको भाषामा प्रेमसागर उरालिरहेछन्


मेरा हत्केलाका भाग्यरेखाहरू चुमेर
तिमीले पिरतीको उर्जा हालिदिएपछि
मेरो शरिरको हरेक आलो अंगप्रत्यंगमा
माया नै मायाको विजुली दगुरिरहेकोछ


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्
हर मोर्चामा मेरो अजेय तागत भन्नु
मभित्र तिमीले भरेको प्रेमशक्ती रहेछ
यही शक्ती मेरो दाहिने भएपछि
हरेक मोर्चामा हाम्रो प्रेमको
विजयी ध्वजापताका फर्रफराईरहेछन् ।


धन्यबाद
तपाईहरुको साथी
मदन के.सी
धुर्कोट रजस्थल-२
धुर धारापानी

बेकार छ यो जिन्गदी

मदन के.सी
आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने

ओठ राम्रा भएर के गर्नू? जब ती ठले

अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने

सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले

आत्मियताको वासना थाहा पाउन सक्दैन भने!

मुटु मात्र भएर के गर्नू? जब त्यो मुटु

पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने

फोक्सो मात्र भएर के गर्नु?

जब त्यो फोक्सो आफ्नै तृष्णा र मायामा

मात्रै श्वास-प्रश्वास भइरहन्छ भने

मन मात्र भएर के गर्नु? जब त्यो मन

नदी सुकेपछिको बगर जस्तो छ भने

आसु बेकार छ ,मुस्कान बेकार छ

यो जीवन बेकार छ ,मान्छेका नाउँमा

मान्छे बाँच्नु बेकार छ!

धन्यबाद
तपाईहरुको साथी
मदन के.सी
धुर्कोट रजस्थल-२
धुर धारापानी

(((( पिडा )))))

तुलसी राम के सी
जिन्दगीको परिभाषा खोज्दै जादा

त्यहा मात्र पिडाको आभाष पाए ।
 पाइला पाइलामा संघर्ष गर्दै जादा
 
त्यहा असफल्ताको साथ पाए ।

मनमा कति पिडाले बास बसेको छ,

कति घाउहरु लागेको छ त्यो त

मात्र आफैमा सिमित राखेकि छु

अब त एकान्तमा एक्लै बस्न पनि डर लाग्न थालिसक्यो,

कतै पिडाले बनाएको घाउ झन

बल्झिने पो हो कि र ए उटा भयानक

रुप लिएर झन् पिडा थप्ने पो हो कि

बास्तबमा सबै सामु बाड्न सकिने बहिरि पिडा,

मनमा अझ गहिरो चोट मात्र दिने भित्रि पिडा भन्दा,

अलक छ यो त भोग्नेलाइ मात्र थाहा हुन्छ,
............. मात्र भोग्नेलाइ
 सिरिफ भोग्नेलाइ............!!
लेखक- 
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल

हाल इंडिया भारत
राजिस्थान  

(कबिता ) सुनिल बि सी

सुनिल बि सी

रूखका पातहरू खसे झैं यो जीवनमा तिमी

शिशिर बनि उदाए झैं लाग्यो

शरदको उदासी झैं यो जीवनमा तिमी

बसन्तमा फूलेको फूल झैं लाग्यो

आशामा फुल्ने किरणहरूमा तिमी

रातको अंधेरीसंगै बिलाए झैं लाग्यो

छायांमा बस्ने तस्वीरहरूमा तिमी

प्रकाशको उज्यालोसंगै हराए झैं लाग्यो

क्षितिजपारी बस्ने स्वर्गकी परी तिमी

मरूभूमीमा उडेको धूलोमा अल्झे झैं लाग्यो

सम्झनाको आंगनमा फूल्ने फूल तिमी

यथार्थको विहानीमा शीत खसे झैं लाग्यो

सुनिल बि सी 
उदिना पिपलधारा
गुल्मी नेपाल 

हाल  राजिस्थान( भारत)

मुक्तक (निराशा भित्र को आशा

तुल्सी राम के. सी
अरुलाई उज्यालो दिनु छ भने मैन सरी आफै जल्नु पर्दछ

पिडा त हुन्छ नै जलन को अन्धयारोमा रोइदिन्छु कस्ले देख्छ र |

खुशीको प्रकाश छर्नु लाई जुन तारा होइन सुर्य नै बन्नु पर्दछ

माया को ज्योति फैलन्छ यहाँ कालो बादलले कतिबेर छेक्छ र ||

देखाउदिन म तिमीलाई सपना महलको जो पलमै भत्कने छ

कल्पनै गर्दिन म सुन्दर संसारको म आफै पानी चुइने झुपडिमा बसेको छु |

आरोह अबरोह हजार छन म मा जुन औशी को अन्ध्यारो रात सरी

कसरी तारिदिउ मायाको सागर तिमीलाई म म जो आँफै किनारामा फसेको छु ||

अतित ले दिएको तितो बर्तमानले खुशी छर्न त पक्का सक्दैन

वास्तविकता भित्र लुकेको यथार्थ लाऐ नक्कली खास्टोले छोपेको छु |

निस्ठुरी धोकेबाज स्वार्थी मान्छेकै हुलमा उभिएको छु म पनि यहाँ

आशा गर्छु फुल्दछ फुल २ थुङा माया को मैले पनि यहाँ बिज रोपेको छु ||

 धन्यवाद

 तुल्सी राम के. सी
 हम्रोगुल्मी डट क

मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रे

Rishi Ram Panthi

मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रे
मायाको डोरीलाई पनि हतकडी र नेल भन्यौ रे

तिम्रा लागि कति चोटी आफैंलाई दु:ख दिए

आज मेरो अश्रुधारा काम नलाग्ने भेल भन्यौ रे

जे भन्यौ त्यही मानें बिश्वास गरें सतप्रतिशत
प्रतिफलमा आज म त नराम्ररी फेल भन्यौ रे

छटपटी हुन्छ भन्थ्यौ एकैदिन नभेट्दा मलाई
तर आज ती भेटहरु समय कटाउने खेल भन्यौ रे

तारीफ गर्दथ्यौ हर भेटमा भगवानले जुराएछ भनी
कुरा फे¥यौ आज हाम्रो जोडीनै बेमेल भन्यौ रे



Rishi Ram Panthi
Motipur -5 Kapilvastu
Hal -Dubai

हार्दिक मंगलमय शुभकामना....

नयाँ बर्षमा उशाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै शुभकामना शुभेच्छाहरू यहांहरु सामू बाड्दै नयन

यात्रामा पाइलाहरुको फड्को मार्दै छौं, नयाँ बर्ष ले सबैमा ख़ुशी र उमंग ल्यायोस उन्नति र प्रगतिको बाटोमा लम्किराहने

प्रेरणा मिलीरहोस, सबैलाई समानताको धरातल र हक़ अधिकार सहित शोतंत्र भई बाँच्ने धरातल मिलोस, अनि हामी

सबैलाई रंगीन इन्द्रेनी छरिएको बिशाल आकाश मिलोस जहाँ सपनाहरु सधै जन्मिरहून खेलिरहून,र साथै सबैमा

भाईचाराको संचार भई एकतामा एकै बगैंचाभित्र रंगिबिरंगी फुलहरुको बास्ना छर्दै शान्तिसंग बाँच्न सकौं रमाउन सकौं,

मिलीजुली खुशियाली मनाउन सकौं, नया बर्ष २०११ सालको यही नै हाम्रो हार्दिक मंगलमय शुभकामना....

देश बिदेश भरी छरिएर रहनु हुने संपूर्ण नेपाली दाजू भाई अनि दीदीबहिनी हरुमा नयां साल २०११ को सफलताको

कमाना गर्दछौं , हम्रोगुल्मी डट कम


बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब +९७७.९७४७०२७८९८
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३
Emailto:- baburamthapa_1977@yahoo.co.in
www.hamrogulmi.com

नयाँ बर्षमा उशाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।

मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ

यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।

कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ॥
Basanta Ghimire

शुभकामना!! शुभकामना!! शुभकामना!!


तुल्सी राम केसी
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना, 2011 साल को हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!!

तुल्सी राम केसी
हाल भारत राजास्थान

विधवा समय र उदास अनुहार

मदन के.सी
आज बिहानै रेडियोले फुक्यो-
धान रोप्न गएका रोपाहारहरु
बीउ लिएर भागाभाग गरे
मेरो गाउँका किन्नरकिन्नरीहरु
कोदालो समाएरै चिच्याउन लागे ।
घनघोर जङ्गलमा डालेघाँस झार्दै गरेको हर्के
खुर्पा लिएर दगु-यो
नेपथ्यमा ठूलै आवाज निस्क्यो
सबैले थाहा पाए-आज-
घरबाट निस्कनु हुँदैन ढोका थुन्नर्ुपर्छ
किनकि आज नेपाल बन्द छ ।
आज लड्नेहरु घमासान युद्ध लड्दैछन्
कोही आफूलाई अज्ञात रुपमा समर्पित गर्दैछन्
खुकुरीको धार अनि बन्दुकका नाल र प्वालमा बन्दुक ठडिन्छन्
र कोपिलाहरु सबै बममा रुपान्तरित भएका छन् ।
त्यसैले फूलहरु फुल्न चाहेका छैनन्
बिरुवाहरु उम्रँन चाहेका छैनन्
आज मिर्मिरेमा सूर्य तेजिला किरणसँगै
बारुद र बमका र्छराहरु र्छकँदै छ ।
मध्यान्हको सूर्य बाल्टिन र कुकरबमले चर्किँदै छ ।
र साँझको सूर्य रगतको
आहालमा पहाडमुनि चुर्लुम्म डुबेको छ ।
शीतल जून पनि फायरिङबाट त्रसित छ।
त्यसैले त आज यत्रतत्र र्सवत्र जिन्दगी
विधवाको निस्तेज अनुहारझैँ
उदासउदास छ ।



धन्यबाद
मदन के.सी./अर्जुन के.सी.
धुर्कोट रजस्थल-2
धुर धारापानी
गुल्मी नेपाल

बिहानीका धामसँगै

शीतको थोपा उडिगयो, बिहानीका धामसँगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नाम सँगै ।

बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।

मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।

जिन्दगीको एउटै पङ्ति , धेरै लामो हुँदोरैछ
रोकिदिउँकि आफैलाई, एउटा पूर्णविराम सँगै ।