गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल >>> नारायण थापा पिपलधारा ५ गुल्मी नेपाल

 `` कस्तो सुबिधा दियो हाम्रोगुल्मी तीमी स्देश , विदेश को व्यक्ति देख्न न   पैनी  कस्तो खुसियाली छयोउ हाम्रोगुल्मी तीमी प्रत्च्यालाई प्रकासित गर्न पैनी दिनमा मात्र होइन हाम्रोगुल्मी तीमी रातको सुसेलीमा पनि आउने गर हास्य ब्यन्गलाई मात्र होइन हाम्रोगुल्मी सत्यतालाई पनि प्रकासित गर्ने गर
धनीलाई मात्र होइन हाम्रोगुल्मी तीमी गरिब लै पनि बोलायुने गर पुर्णिमा उजलोमा मात्र होइन हाम्रोगुल्मी तीमी औसीको रातमा  पनि औनी  गर सधिब बारी बिकसित हुनु हाम्रोगुल्मी
तीमी खुसियाली ल्यौनी गर मलाई मात्र होइन हाम्रोगुल्मी तीमी संसार भरी औनी गर !!
 हाल ...... गुडगाँव  हरियाणा  (भारत )

गजल >>

आशारुपी घुम्टो ओढेँ घात लाग्यो
निस्वार्थले काम गरेँ बात लाग्यो ।

यस्तै रैछ मेरो भाग्य अप्जस् मिल्ने
पिइरैथेँ अमृत् किन मात लाग्यो ।

जे जत्ती नै,गर्न खोजें राम्रो काम
आखिरमा सधैं शुन्य हात लाग्यो ।

भन्छन् सबै जस लिन गार्हो हुन्छ
अपजसी बनी आज लात लाग्यो ।

कर्मरुपी फल पाएँ भन्थेँ मैले
बिडम्बना हरे!कस्तो आघात् लाग्यो ।

जे जस्तो छ, चित्त बुझ्नै पर्ने अहो!
नजान्नाले पनि पीरको खात लाग्यो !!!
ऋषि  शर्मा
पिपलधारा ०७
जुम्लादी गुल्मी नेपाल

गजल 1

फिर्ता पठाँऊ औठी चिनो छुटि सके पछि
नजर बाटै मेरो तस्विर टुटि सके पछि

सगरका तारा झार्ने माया छ भन्थे म
मेरो सारा खुशी सबै भुटि सके पछि

छाडि देऊ सम्झना मारी देऊ माया
तिमी अन्तै घर जाम जुटि सके पछि

के नै छ र बाँकि अब हाम्रो समन्धको
सपनाको संसार सबै लुटि सके पछि

आशा छैन अब दुई किनारको मिलन हुने
विश्वास घात भन्दा माथि उठि सके पछि !!
ऋषि  शर्मा
पिपलधारा ०७
जुम्लादी गुल्मी नेपाल