गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिमी जे भन, यो माटो हाम्रै हो

तिमी जे भन, यो माटो हाम्रै हो



ल हेर ! यो खुनको टाटो हाम्रै हो ।

कति होला पीडा , छल्केका नयनमा


नबोले नी बुझ्छ उ लाटो हाम्रै हो ।


किन कोर्छौ सिमा ? यौटै छातीमा


तिमी हिँडेको त्यो बाटो हाम्रै हो ।

नसोध, के गर्यौ तिम्ले मलाई ?


नउप्काउ भो दुख्छ खाटो हाम्रै हो ।

नभन मीठो छैन, यै हो जीवन हाम्रो


यो चूलोको ढिँडो आटो हाम्रै हो ।
 
Rishi ram panthi

No response to “तिमी जे भन, यो माटो हाम्रै हो”