गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

आखिर माया के हो यो .......

चार जात छात्तिश बर्ड  को फुलबारी हाम्रो  देश नेपाल म  आफै लाई येती भाग्य मानी सम्झन्छु  मलाई जस्तै साथिहरु हजुरहरुलाई पनी नेपाली भएको नाता ले एक्दमै खुसीलाग्छ होला होइनर साथी हरु तेसै  ले हामीहरु  यो लामो समयको  छोटो जिन्दगीमा हामी हरु सबै संग हास्नु  बोल्नु  र दुख   सु ख हरु एक आपसमा  साटासाट  गर्नु पर्छ  साथी हरु रमाइलो यो   संसार तै पनी हामी मनुष्य हरुको सबै संग हास्नु सबै संग रमाउनु  र एक अर्का मा भएका सुख दुख हरु  साटासाट  गर्नु सुखमय संसार मा खुसीमई रमाउनु होइनर साथिहरु तेस्तै  तेस्तै बिचार हरु प्रेम र प्रेमिका  ले येसरी ब्य्ख्या गर्दै छन ती बिचार का सुबेछ्या  संगै हामीहरु पनी एकै छीन रमाउनु  पर्छ ल साथिहरु आउनुस एकै छिन हामी पनी उहाहरू संगै रमाऊ .

एउटा आत्मा छ
एउटा आत्मा छ तै आत्मा नि रुबाउनि की हसाउनि
तिम्रै हातमा छ

प्रेमी  :  अझै तिमलाई छैन र खानी
           तिम्रै भलो छ देब साहानी


प्रेमिका :  नमानेर कसाई को डर  पनी
              तिम्रै लागी जिंदगी अप्रनी

प्रेमी :    भयौ भने तिमले मा मोड़नी
            कसई संग सम्बन्ध नजोड्नी

प्रेमिका  : बरु प्राण दियेरै मर्नी
             तिमलाई छोड़ने कल्पना न गर्नी

अत : साथिहरु देखनु भो माया पिरती माँ साटीयेका मनुष्य हरुको माया एक आपसम कति माया गर्ने  गरिन्छ एसी गरि सयौ जनम जनम माँ हामी  मनुष्य हरुको जीवन  जिउने गरौ भन्ने  कामना गर्छ तपाई हरुको यो अनिश जी सी  OK  बिचार हरु प्रकट गर्न सक्नुहुन्छ             
 

राश्ट्रको लागि भेटी चढाउनै पर्ने भो

धनवीर पुन मगर

भैंदैन समर्पित वैचारिक द्वन्द्वसँग नजुधी 
भइंदैन समर्पित मुक्तिको बाटो नरोजी
पाइंदैन मुक्ति साहसी कदम नचाली
चुमिंदैन षिखर पौरखि आँट नगरी

अर्काको लागि लड्नेहरू आफ्नै लागि लडौं
पराईको लागि मरनेहरू राश्ट्रकोलागि मरौं
रोजेको जित, खोजेको आषा गरौं अठोट
टुटेका सपना जुटाउँन, बन्नै पर्छ कठोर

युद्धका पाइला होलान् कतै कथित कता–कता
दिर्घकालिन लक्ष्यका लागि लडाइंमा जुटौं अबता
हिमको चुचुरो, पहाडाको बुकुरो, मधेषका झुग्गीहरू
मनै‍र् परे मरौं, वलिदानी दिउँ राश्ट्रवादी सपूतहरू

आँषुका धारा, रगतका छिर्का के भयो नि
पसिना धारा, बांच्नलाई सहारा भो कठिन नि
कहां छौं हामी–कहाँ छौं ? बैरिले रुवायो
जुटौं हैं साथी, होस्टेमा हैंसे जुटाउनै पर्ने भो

सिरमा हिमाल, मुटुमा पहाड काखमा छ मधेष
फर्कने बेला आयो नि है, बलिदानी माग्दैछ त्यो देष
हुँदैन कसलाई पिडा, अंगहरू लगिंन खोज्दा
जागेर आउँछ भित्रैदेखि, छुाउन खोजेको देख्दा

मुटुको पिडा, सिरको दर्द, काख रित्तिदाको त्यो पिडा
लगाउनै पर्ने भो मल्हम अब मेटाउनै पर्ने भो त्यो पिडा
कुजिएर कुनामा, आएको नयाँ किरण फैलाउनै पर्ने भो
साहसी कुरबानी, राश्ट्रको लागि भेटी चढाउ नै पर्ने भो

गजल कपिल ज्ञवाली “जिज्ञासु”

 कपिल ज्ञवाली

शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा 
आफ्नै दाहिने हातपनि ,घाती हुन्छन् शहरमा

गास चुड्यो गरीबी र हामी सोझा हुदांखेरी
हरामी र अगतिला ,जाती हुन्छन् शहरमा

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब
मिठो मुख तर तिते ,पाती हुन्छन् शहरमा


ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां
सफा ज्यान हुनेहरु ,काती हुन्छन् शहरमा

मनखुसी नहुने भो जुगै भरी औंशि संगै
मध्य दिननी हाम्रा लागि ,राती हुन्छन् शहरमा

गजलगृह ,बुटवल – १४ ,रुपन्देही

 

गजल जिज्ञासु” कपिल ज्ञवाली“

कपिल ज्ञवाली
मन जल्यो मुटु जल्यो ,जल्नु के नै छर बा“की ? 


हात ढल्यो साथ ढल्यो, ढल्नु केनै छर बा“की ?



आ“शुहरु बर्षिदिन्छन् ,बिगत झन् बल्झिने भो

चोट फल्यो पिडा फल्यो,फल्नु के नै छर बा“की ?



आत्मियता खुबै थियो, समयनै बिरोधी भो

आत्मा जल्यो मुटु जल्यो, जल्नु के नै छ र बा“की ?



दोष जति मैले लिएं,जीवन तिम्रो सफल रहोस्

संसार बल्यो चिता बल्यो ,बल्नु के नै छर बा“की ?


दिनहरु उज्यालै छन् आ“खाहरु औंशि देख्छन्

शरिर् गल्यो कपिल गल्यो ,गल्नु के नै
छर बा“की ?


गजलगृह,बुटवल–१४,रुपन्देही

call no .9847123088

*बारमास्या ! *

> छिमेकीले दिएको एकजोर तास,


> सात समुन्द्र पारीको

> ठुल्दाइले दिएको अर्को जोर तास

> र यहीको पुरातन एकजोर ता“स मिलाएर

> खेल्दैछन् म्यारिज खेलाडीहरु

> विजयको खुशियालीमा

> सबभन्दा बृद्वको अगुवाइमा

> म्यारिज खेलको चर्चा

> सबैतिर चल्न थाल्यो

> जब त्यसमा प्रवेश गरे

> निकै बर्षपछि देखा परेका एक खेलाडि

> खेलको नाममा

> जसले जति घुर्कि देखाउन सक्यो

> जो जति चिच्याउन सक्यो

> (संसदमा जस्तै)

> त्यसले त्यति नै प्वाइण्ट पायो

> र प्वाइण्ट बाँड्दै थिए

> त्यही बृद्वले

> जसले म्यारिज सधैं

> आफैलाई मात्र पारेका थिए

> छकाएर बा ढाँटेर

> जसले बाँडेका थिए तास

> यसपाली पनि

> हरेक पल्ट

> ऊ आफैले मात्र बाँडे जस्तै

> बारमास्या न हो,

> छलछाम, तिकडम सबै चल्दै गयो

> र चिच्याउन थाल्यो मारमा परेकाहरु

> छलछाम गर्न नसकेकाहरु

> तिकडम बाजका अगाडि

> अघोषित हार मानेकाहरु

> खेलबाट बाहिरिने समते सुनियो

> खेललाई विचैमा रोकेर


> आकष्मीक वैठक बस्यो खेलाडीहरुको

> (जसमा प्रवेश भयो सल्लाहकारको पनि)

> र निर्णय भयो

> वातावरण कायम गरी खेललाई निरन्तरता दिनेमा

> चित्त नबुझेकालाई मन राख्न

> "कट फोर सिट" गरेर

> र फेरि शुरु भयो त्यो खेल

> यथास्थानमै बसाएर

> "नखाउँ भने बर्षौं पछिको शिकार

> खाउँ भने चित्त नबुझेको अनुहार" भन्दै

> (खेलमा त्यो बृद्वले

> घुमाई राखे सबैलाई

> कुम्हालेले चक्का घुमाए जस्तै)


> हरेक खेलाडिको पछाडि

> झुमेका थिए मानिसहरु

> आएको प्वाइण्टमा

> केही भाग पाउने आशामा

> तर दुनियाँ भने

> फेरि पनि दिक्क मान्न थाले

> फेरि यीनिहरुले बारमास्या खेलेकोमा ।


> धन्यवाद

> मदन के.सी

> धुर्कोट रजस्थल-२

> धुर धारापानी

> गुल्मी नेपाल

> हाल भारत देखि

>