गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

सुनेको थिए जीन्दगी यो सुख दुखको !!


सुनेको थिए जीन्दगी यो सुख दुखको सङ्गम हो तर आज म दुखै दुखमा जेली रहेको छु थाहा पाएको थिए यो जीन्दगी आशु हासोको दोभान हो तर आज म आशुई आशुमा पौडी खेली रहेको छु !सुनेको थिए मिलन र बिछोड नियतिको लेखाइ हो तर आज म आफ्नै बिछोडको मात्र कहानी पढी रहेको छु
धन्यवाद सहीद तपाईको .......

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८ हाल.
सूर्या रोशनी ली. (शाखा कार्यालय)फरीदाबाद हरियाणा
(भारत )मो.0091.9716316049
Emailto:- baburamthapa_1977@yahoo.co.in
Website:- Www.hamrogulmionlilne.blogspot.com

गजल


आउँदैन खबर घरबाट अचेल बिर्सन थाले कि।।
निस्ठुरी भनी भित्ताको तस्बिर झिकेर फाले कि।।

गाउ बेसी गर्दा थकाई मार्ने जमघट्को चौतारी,
बरपिपल जोडी मायाको चिनो छ अहिले ढाले कि।।

दमकी रोगी ति बुढी बज्यै खसिछन पोहोर साल,
भेट्न नि पाइन,बर्स दिन पुग्दा लाख बत्ती बाले कि।।

त्यो बर्से झरी त्यो हिउदे जाडो एक्सरो लुगामा,
चाडपर्ब आउँदा त्यो भैंसी बेची जडौरी हाले कि।।

घरको छानो चुहिन्छ पक्कै त्यो बर्से झरिमा,
भत्केको आगन,झरेको चार सुर त्यो भित्तो टाले कि।।

प्रदेसी भइयो भुलेको छैन त्यो मातृभूमीलाई,
कुकुर भुक्दा आयो कि भनी मुलबाटो भाले कि।।

Krishna Kc:

मेरो मुटु भित्र बाट लेखेको एउटा नेपाली गीत


मेरो मुटु भित्र बाट लेखेको एउटा नेपाली गीत
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो

भन्न मन लागेको कुरा भन्न सक्दिन
मेरा आशु आज्काल रोक्न सक्दिन

तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो

दोस मेरै हो प्रिया तिमीलाई गुमाउनुमा
रोक्न सक्दिन आफ्नो आशु तिमी साथ नहुँदा
रोएर नै मेरो जीवन बित्ने भयो प्रिये
तर तिमी हास सधैं खुशी को त्यो सागर मा

तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो

जाउ जाउ टाढा तिमी अब नआउ मेरो नजिक
हासोस संसार तिमीसगै तिम्रो खुशी सगै

तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो

तुलसी राम केसी
इस्मा राजस्थल ३
गुल्मी नेपाल

आँसु बनी झारिदियौ

आँसु बनी झारिदियौ परेलीको तिरमा चोटभित्रै दुखेकै छु कति बाचुँ पिरमा भष्मसरी जिवनका रहर सारा जली गए घाममा पनि हिँड्नै पर्यो शितलता मेरो ढली गयो नत वाँचु नत त मँरु भुण्डि रहेको भिरमा


तुलसीराम केसी
इस्मा राजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया

पोखरी छ,

पोखरी छ, पानी छैन, शारीर छ, जवानी छैन, मौन रहन देऊ शब्दहरु घटना छ, कहानी छैन, बितेका त्यी एतिहंस को समझाना छ, निसानी छैन, बालुवामा महल बनाउने अनुभन छ, बनी छैन, सूत तिमी सूत, भर्खर त मिर्मिरे छ , बिहानी छैन, निंद्रा पनी लागोस कसरी बिस्तरा छ, सिरानी छैन……॥

तुलसी राम केसी
इस्मा राजस्थल ३
गुल्मी नेपाल
+919694941406

छाम्दा कतै नदुख्ने ठाउं छैन।

छाम्दा कतै नदुख्ने ठाउं छैन।
लाउथे मलम देखिने घाउ छैन॥
तिम्लाइ सम्झि रुनु रैछर ।
झन झन गाढा हुदैथ्यो
माया त छिटै टाढा हुनु रैछ र ॥
बिषै पिएं र्मन लाइ भनेर ।
आखिर बांचे अजकल्टो बनेर॥

तुलसी राम केसी

फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो

फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो
बीच बाटोमा भेट हुँदा बोलिदिए हुन्थ्यो ,
आजकाल टाढा भयौ आँखा बाट आँशु आँउछ
जति बिर्सु भनेपनी याद तिम्रो आँउछ ,
तिमीले दिएका बाचाहरु बाचामानै सिमित भयो
संगै बाँच्ने सपना नी सपनामै सिमित रह्यो ,
छोडि गयौ मलाई सम्झिएर भिकारी झै
फर्की आँउछु अवस्य नै बन्दुक बोकि शिकारी झै ,
प्रदेश मै भए पनि सत्य मैले छोड्या छैन
तिमीले मायाँ मारे पनि मैले मायाँ मारया छैन ।


बसन्ता थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब ००९७७.९७४७०२७८९८

सक्छेउ भने माया देउ चाहन्न म आँशु लिना

सक्छेउ भने माया देउ चाहन्न म आँशु लिना ,
आफै लाई खाचो पर्ला बेला बखत सम्झी रुन ।
मागे बरु खुशी दिन्छु आफुसँग नरखेर,
सबै भाग पस्किदिन्छु स्वदहरु ।

पैचो तिर्न पर्दैन भो चलन चल्ती गरे हुन्छ,
कहीले कै सम्झना को मन पाथी भरे हुन्छ ।
हात थपे जुन दिन्छु सक्दिन म तर दिन,
आफै लाई खाचो पर्ला बेला बखत सम्झी रुन ।
पाइला पिछे ठेस लाग्छ कस्तो यात्रा थलियेछ,
हुली चल्ने डाँडा माथि ब्यर्थै बत्ती बालियेछ ।
खुशी खोज्ने हरेक क्षेणमा पिर ब्यथा खोजियेछ ,
गन्तब्य मा पुग्न खोज्दा उल्टो बाटो रोजियेछ ।


बसन्ता थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब ००९७७.९७४७०२७८९८
Emailto:- basantathapa_1980@yahoo.com

गजल” सम्झन नी’ छोड्यौ सानु

बाडुल्की नी’ लाग्या छैन, सम्झन नी’ छोड्यौ सानु
सपनीमा भेटिंदैनौ, मन कता मोड्यौ सानु||

जतन गरी मुटुभित्र, राखेकोछु भन्थें माया
अनायासै मनको द्वार, कसो गरी तोड्यौ सानु||

जीवनभरी साथ दिने, बाचा-कसम सबै भुली
दोबाटोमा एक्लै पारी, अन्तै नाँता जोड्यौ सानु ||

संसारमा दु:ख-सुख, सबै हेर्ने नजर भन्थ्यौ
आज आफै सिंगारीदै, धनको ओढ्नी ओड़यौ सानु||

मदन डुम्रे”बिद्रोही”