गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

..............गीत....................

तुलसी राम के सी
 माया दिइ खोस्ने भन्दा दुश्मन नै जाती बरु
मुटु रोपी हास्ने तिमी भन्दा को छ साथि अरु

आफ्नो बनी छल गर्यौ मनको मुना भाची
काखमा राखी लडाईं दियौ दर्द मन भरि
मन नै चढाइ पूजा गरे,काढा बिझाइ दियौ
चोखो नाता गास्या पनि टाढा बनाइ दियौ

हात दिइ छाडने भन्दा पराइ नै जाती बरु
मुटु रोपी हास्ने तिमी भन्दा को छ साथी अरु

कोपिला मै माया मार्यौ,दिल गयो भात्की
जाली मन किन सट्यौ ,छाती गयो सल्की
मन्दिरमा तिम्लाई खोजे बिश्वास निभाइ गयौ
आस्था उनि राख्या थिय,किन चुडाइ दियौ 
  

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३ गुल्मी नेपाल
हाल इंडिया भारत राजिस्थान

Email :tulsiramkc@gmail.com

त्यो निष्थुरी लाइ त नेपालि पनि आउदैन ,,

यो त्यो केटि को लागि हो जस्लाइ नेपालि पनि आउदैन
दिन दिनै मिल्छिन, तर् केहि पनि भन्न सक्दिन्न म सङ
साथि हो कसेरि मैले उस्लै आफ्नो मन को कुरा भन्नु?
त्यो निष्थुरी लाइ त नेपालि पनि आउदैन ,,,

हर् दिन् देख्छु मैले तिमिलाइ नै
यो मुटुम बसि सकेको छौ तिमि ढुक्ढुकि बन्नि,,,
भन्नु छ कत्ति कुरा मन् को तिमिलाइ
तर् तिमि त हिडि दिन्छाउ आखा म सङ तरि,,

लुकि लुकि हेर्छौ मलै,मैले देखेको छु तिमिलै
फेरि किन् नजिक् आउन चहन्नौ तिमि?
के छ कामि म थिम् भनि देउ तिमिले?
जो कुरा छ तिम्रो मन् म
तेहि कुरा छ मेरो पनि म पनि
भनि देउ आज् त तिमिले म सङ माया गर्छु भनि  

लेखक - 
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल  , हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com


मन

तुलसी राम के सी
मन सागर हो फेरी किन प्यासी छ यो मन
मन दियो हो सधैं किन अन्ध्यारो छ यो मन
जब शितका थोपाहरु टल्पलाउन थाल्छन
म अञ्जुली थापेर पानी सँगाल्न खोज्छु
जब अगेनामा आगो हुर्हुर्ती बल्न थाल्छ
म हत्केलाले ब्यर्थै रोशनी छोप्न खोज्छु
तर, खहरे बनेर पानीका छिताहरु
बर्षातको भेल संगै बगिदिन्छन
उज्यालो देख्ने रंगीन सपनाहरु
दियालोको टुक्रा संगै जलिदिन्छन
त्यसैले, आंशुले नै मेटाईदिन्छु तिर्खा अब
मरुभुमिमा नहरको सपना न देखाउ
औंशीको रात नै प्यारो छ मलाई
झलमल्ल पूर्णिमाको जूनले न सजाउ  !!!


लेखक - 
तुलसी राम के सी
इस्मा रजस्थल ३  गुल्मी नेपाल
हाल इंडिया भारत राजिस्थान
Email : tulsiramkc@gmail.com 

समय आरुका फूलहरूमा

हाम्रो समय शताब्दीकै सबैभन्दा निर्वस्त्र भएर
हामी सामू पसारो परेको छ ।
 
 
ढकमक्क फुलेका आरुका फूलहरूमा 
समय पुनःपरिभाषित हुन खोजिरहेको छ
यत्तिखेर सबैभन्दा रोमहर्षक भएर फूलेका आरूका फूलहरूमा 
समयले रुपान्तरित हुन खोजिरहेको छ ।
 
 
हुनता समय यत्ति नै बेला 
सबैभन्दा उकुसमुकुस भएर निस्सासिएको छ 
निकासा थुनिएको समाहा भएर समय हामीबीच इन्तु न चिन्तुमा छ ।
 
 
आम मान्छे सोध्छन् के पीडान्तको क्षण आउँछ कि आउँदैन ?
प्रश्न सूचक हेराईको घेरामा पारेर यक्ष प्रश्न गर्छन् 
हामीहरूले भोगिरहेको सासनाको अन्त्यहीन लस्कर हाम्रो आँगनबाट हट्छ कि हट्दैन ?
 
 
म आरूका फूलहरूले ढकमक्क हाँगामा बसेर 
घाइते परेवाले घाउ कन्याएको हेर्ने आँखा चिम्म गरेर बसेको छु
निस्सीम आकाशमा कावा खाने परेवाहरूको प्वाँख काटिएको हेर्न नसकेर 
अत्ताल्लिदैँ सम्हाल्ने हातहरूको खोजीमा छु  ।
मलाई मेरो माटो/समय चक्लाबन्दीमा पारेको हेर्न 
विवस पारिएकाहरू प्रति आक्रोस पोख्न कविता लेखिरहेको छु ।
 
 
प्रिय भावक
तपाईँ मेरो यो कविता सुनेर 
भावुक बन्न सक्नु हुन्छ भने 
म कविता लेख्न छोड्ने छैन 
होइन भने ...............।
hanx
Madan k.c.
Dhurkot Rajasthal-2
dhura dharapani
Gulmi Nepal