गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मायालाई भाकी संगै रोपेको,

मायालाई भाकी संगै रोपेको, लड्यो है वरपिपल
जितौरी मैले आखिर के पाए, मायाका ति दोए पल

मायाको पछी अनयासै भाग्ने, ति पागलप्रेमीलाइ
ब्यर्थै मुटु चसके पछी, चाल पाउलान मायालाई
म त हारको जीवनै देखि, मायामा पाए छल
जितौरी मैले आखिर के पाए...........

न घाऊ देख्ने न व्यथा बुझ्ने, कसुर यो मायामा
बाधिए पछी छुटिन गारो, निस्ठुरी मायामा
जीवनै गुमाई अन्त्यमा बुझे, मायाका जल झेल
जितौरी मैले आखिर के पाए...

तुलसीराम के सी

आखा जुधेर के भयो

आखा जुधेर के भयो , मनको भावना लुकेपछी
नाता जोडेर के हुन्छ, मायाको मुहान सुकेपछि
बसन्त आहेर के भयो, फूल नाफुले पछी
आशु झरेर के हुन्छ, मन नभुले पछी

बिश्वास कसको रह्योरा, आफैले घात गरेपछी
साथ कसको चाहेयो र, एक्लै बच्नु परेपछि
शिर ठडएरा के गर्नु, हेर्ने नजरै झुकेपछि
घौउमा मालम के लओउनु, भित्री मन्नै दुखेपछि

सम्झी किना बस्नु छ र, तिमिनै टाडा गए पछी
आफ्नो कस्लाई भानु छ र, तिमिनै बैरी भये पछी
गुनासो तिमीलाई के गर्नु , बिश्वास नै टूटे पछी
काहा पो जोड़ना सकिन्छ र, माटोको भाडो फूटेपछी

तुलसीराम के सी

मेरो शब्द - मेरो गीत

सिरानीमा देशको फोटो राखेको छु मैले सपनीमा पनि तस्विर आइरहोस जहिले हरेक रात देश देख्दै आखा बिराम गर्छन उठ्दा फेरी आखा अघि चन्द्र सुर्य पर्छन देशको माया कति लाग्छ जन्म ठाउँ झन् आखा अघि नाचीरहने आफ्नै रन वन त्येसैले त देशका लागि यहाँ कति मर्छन उठ्दा फेरी आखा अघि ...............निदारमा लगाऊ टिका देशको माटो चंदन्नै हो सस्कृति हो देशको गौरव भेषभुषा पहिचान हो हामीले गरे सन्ततिले त्यसकै सिको गर्छन उठ्दा फेरी आखा अघि ................

तिमी मेरी हुन्छु भन....

होमनाथ कुँवर

मेरो दिलको पानाभरी तिम्रै नाम खोपी दिन्थेँ,
हुन्छ मात्रै भने पनि, न्यानो माया पोखी दिन्थेँ ।

उर्ली आउने भेल होस्, चाहे चैतको आँधी हुरी,
सुख-दु:ख हाँसो-खुशी, चोट लाग्दा छाती भरी ।
चौतारीको बरपिपल झैँ, जीवन सँगै काटौँला,
तिमी मेरी हुन्छु भन, मिठो मिठो माया साटौँला ।।
तिम्रो न्यानो अँगालोमा, संसारलाई भूली दिन्छु
जतन गरि सम्हालिदेउ, सदाबहार फुली दिन्छु ।
एक पाइला तिमी चाल, अर्को पाइला म चालौँला
हातमा हात मिलाएर, प्रेमसागर सँगै तरौँला ।।
चौतारीको बरले बरै, सधैं किन एक्लो भन्छ
तिमी बिना आफ्नै छाँया, एकान्तमा झस्काइदिन्छ ।
आफ्नै रुपले सुन्यतामा, आफैलाई गिज्याइदिन्छ
भित्री आत्मा त्यस्तै बेला, लौन चाडै बोलाउ भन्छ ।।

हस्तिचौर, गुल्मी
हाल: यूएई