गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

सम्बन्ध सूत्र

विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
बाबु जलाएको खरानी बगाउने
निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
यतिखेर मेरा सहयात्री बनेका छन् ।
अब आफ्नो भन्ने कोही बाँकी रहेनन्
अनि म निस्किएथेँ यात्रामा
कतै जाउँ भन्थेँ, उहिल्यै
आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर
मोहले भुतुक्कै पाथ्र्यो, पर हुँदा
यदाकदा कतै गइहाले पनि
सताउँथ्यो यादले
सँगै रहँदा पनि कहिल्यै मिलेन सुख
जन्ती आउँथे, हृदयमा हुँदैनथ्यो शुभकामना
विना समवेदना आउँथे मलामी
र गाह्रो साह्रोमा कहिल्यै हुँदैनथ्यो सरसहयोग ।
जब थपिँदै गयो
उमेरसँगै दुःखको पहाड
सम्बन्धको जालोसँगै एकाङ्कीपन
आफन्तको न्यानोपन
बतासियो, साँझका चराहरूसँगै ।
अडिएन पर कतै पुगेर
बतासजस्तो उनीहरूको माया
इन्द्रेनीजस्तो आफ्नो सपना
र यौवनजस्तो उनीहरूसँगको सम्बन्ध ।
नबग्नु खोलो बगिरहृयो
रोकिएन फिरन्ते ऋतु र मौसम
बेहिसाब हिँडिरहृयो अभिशप्त समय ।
र यात्रामा निस्किएपछि
एक-एक गरी भेटिए
बूढो पूजारी
उदास बालक
र असुरक्षित नागरिक ।



Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
dhura Dharapani
Gulmi Nepal

गजल

दिनहु दिनहु हाम्रो गुल्मी ओन लीन मा आउने को होला बिश्वास गरि मेरो दिलमा छाउने को होला
एकोहोरो पिरथिका गित गाउने को होला दिनहु दिनहु चौपारी मा  धाउने  को होला
 भेट्न भनि हाम्रो गुल्मी वोन लीन मा आउने को होला
वोन  लीन बताई  कुरा हुन्छ प्रतक्ष भेट भाको छैन कहाँ छ कता यो मन छात पत्ती रहेको छ केहि थाहा छीन औसीको रातलाई हटाई पुर्ने माको जुनलाई खोजे भन्दै अधुरो यो जिन्दगि मा तिमीलाई रोजे भन्दै
बिश्वास गरि मेरो दिलमा छउने  को होला दिनहु दिनहु हाम्रो गुल्मी वोन लीन मा आउने को होला
एकोहोरो पिरथी क गित गाउने को होला नारायण थापा भनि भेट्न आउने को होला
बिश्वास गरि मेरो दिलमा चोखो माया लाउने को होला धन्यबाद
 नारायण थापा  (क्षितीज )
पिपल धारा  वन न. ५
हाल हरियाणा (गुडगांव )