गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत-तीजको गीत=सम्पूर्ण देश तथा बिदेशमा रहने नेपाली दिदी बहिनी,दाजु भाईमा समर्पित(लय-तीजको गीत- नीर जाले हो मा आधारीत)


अभागी कर्म, चर्किन्छ मर्म,(पर्देशी हुनाले, नीर जाले हो पर्देसी हुनाले)2
तीजको रमझम,दिदी र बहिनी,(सम्झेर रुनाले,नीर जाले हो सम्झेर रुनाले)3

नरुनु दिदी, नरुनु बहिनी,( गाउ बेशी मेलैमा, नीर जाले हो गाउ बेशी मेलैमा)2
अहिलेनी फेरी, पाइेएन भेट्न,( तीजको बेलैमा,नीर जाले हो तीजको बेलैमा )3

नहेर्नु बाटो, भाई आउछ भनी,( दिनभरी टोलाउदै नीर जाले हो दिनभरी टोलाउदै)2
बाचियो भने, अर्को साल लिन,(आउछ नी बोलाँउदै नीर जाले हो आउछ नी बोलाँउदै)3

जन्मेको धर्ती, लुछा र चुडी,( गाइजात्रा भइराछ नीर जाले हो गाईजात्रा भईराछ)2
मुखले हासे, गाएनी नाचे,( मन हाम्रो रोइराछ नीर जाले हो मन हाम्रो रोइराछ)3

संसारै भरी, जहभएपनी, (गर्नलाई सामना नीर जाले हो गर्नलाई सामना)2
अहिलेको तीजले, दियोस है शक्ती,(यही शुभ-कामना नीर जाले हो यही शुभ-कामना)3

छोडेर जानेको सम्झना मा दुई सब्द:

जे गर्नु थियो गरी नै हाल्यौ तिम्रो र मेरो आत्मकथा भनेको इतिहाषको दन्त्यकथा बनी सक्यो जान त तिमी गई हाल्यौ आज पनी तिम्रो सम्झना लाई साथी बनाएर बाँचेको छू, आगमन होला भनी बसी रहें प्रतीक्षा गरी रहें तिम्रो निम्ति जीवन खनाई रहें , आज म यस प्रिथ्वी को पल्लो कुना बाट यी भाब हीन शब्दहरु तिम्रो बियोगमा यस माध्यम द्वारा पोख्दै छू, र जसमा मेरो तर्फबाट भन्नुपर्ने केही छैन तिम्रो माया तिम्रो कल्पना तिम्रो मुस्कान सधै सधै मुटुमा सजाउदै बिगतको समय मा म आफुले आफैलाई मृत्त घोषित गरेपनी तिमीलाई अजम्बरी ठान्दै आफन्तहरुको अगाड़ी जल्दै जल्दै एउटा बादल बनेर तिमीलाई अरुले नदेखुन भनी छेक्दै छेक्दै मनभरी तिम्रै अनुपम साथ लिएर जीवन यात्राको गंतब्य खोज्दै- खोज्दै दिनहरू बीते रातहरु बीते महीनौ बीते बर्षों बीते जून समयमा तिम्रो र मेरो बारेमा पारिबारिक अनि बाहिरी चित्रण बाट जे जे देखिन पुगे पनी अन्तर आत्मा एकै साथ हुन गयो, सायद तिमीलाई थाहा थिएन होला तिम्रो घरपरिबार को बारेमा! तिम्रो परिबार तिम्रो समाज कु - संस्कार रहेछ तर पनी म तिमीलाई महान नारी सम्झी रहें, अजम्बरी सम्झी रहें, र त्यस्तो सुन्दर ठाउमा जन्मेर पनी त्यों सभ्यता? छि: घिन लाग्दो! र यो कुरा मलाई थाहा थिएन जुनकिरिहरू रांको बन्न सक्दैनन , के तिमीलाई था छ माया के हो? के तिमीलाई था छ कसैको बियोग मा परी टाढा हुनुको पीड़ा के हो ? नाई तिमीलाई थाहा थिएन? तिमी बिना बाँच्न सक्दिन भन्नेले किन त्यती छिटो जिन्दगीको अंतिम घडी लाइ निम्तायौ तिमी कुन हतारमा थियौ ? हावा को बेग जस्तै गरेर बग्नुपर्ने तिमीमा के त्यस्तो बाध्यता थियो र ? मलाई रूहाएर तिमी के पायौ ? आखिर तिम्रो सिउदोमा म अटन सकिन, तिमीले यो एक गरीब यूबक संग खेलवाड गर्यौ आज तिम्रो धेरै याद आईरहेछ, सायद बर्ष दिन को तीज आएर होला तिमी ले पनी गएको बर्ष हैप्पी तीज भनेकी थियौ शुभकामनाहरू गरेकी थियौ त्यों अहिले जस्तै लाग्छ, अहिले को तीज तिम्रो लागी सुभ रहोस सधै भरी चम्किरहनु, रातो साडी अबस्य लर्कियोस तिम्रो माइतीघरमा उमंगले भरिदियोस, आज आएर हाम्रो गुल्मी डट कम लाई सुखदुख को चौतारो बनाएको छू ल त यही हाम्रो गुल्मी डट कम द्वारा भए पनी मेरो कल्पनामा आईरहनु हरितालिका तीज को साथ साथै तिम्रो दाम्पत्य जीबन को लागी हार्दिक मंगलमय सुभकामना! अर्पण गर्दै उही तिम्रो हुन नसकेको अतीत......
नरेश जि . सी., पिपलधारा -५ , गुल्मी,
Naresh G.C. Pipaldhara-5, Gulmei
Email:- gcnaresh@yahoo.in
Mob.+919958330876 & +919871559608

दुख्छ मुटु पोल्छ छाती निन्द्रै लाग्दैन

सम्झिएर आफ्नै घरगाँउ,पाखा पखेरु
सम्झी उनै जीवनसाथी निन्द्रा लाग्दैन
आउछ झल्को बिताएका ती पलहरुको
राखेको शिर् काखमाथी निन्द्रा लाग्दैन
कहाँ के गर्दै होलिन्,के खाँदै होलिन्?
मनमा पिर नानाभाती निन्द्रा लाग्दैन
भाकाल् राखी देउरालीमा चढाएका थ्यौ
सम्झन्छु त्यै फूलपाती निन्द्रा लाग्दैन
तड्पिएर हर् दिन राती निन्द्रै लाग्दैन
दुख्छ मुटु पोल्छ छाती निन्द्रा लाग्दैन


Madan k.c.
Dhurkot Rajasthal -2
Dhura Dharapani
Gulmi Nepal
Now in india