गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

......गजल.......

तुलसीराम के.सी
माया त गर्‍यौ आधार भएन,            

सपना देख्यौ साकार भएन ।।

मौसमी होईन तातो जवानी,

प्रचार बाँड्यौ व्यापार भएन ।।

खाल्डोमा हाल्ने दुनिँया नबुझी,

चित्र त कोर्‍यौ आकार भएन ।।

हाँस्नलाई यहाँ जो पनि हाँस्छ,

आउ त भन्यौ व्यवहार भएन ।।


समाजले थुक्दा अझै त्यो अहं,

चोखो नै देख्यौ लाचार भएन ।।

लेखक -
तुलसी राम के सी



इस्मा रजस्थल ३


गुल्मी नेपाल
हाल इंडिया राजिस्थान
Email : tulsiramkc@gmail.com



लाटो देशमा लुटेरालाइ,

लाटो देशमा लुटेरालाइ, पनि नेता मानेका छन्                   
युवाशक्ति बिदेशतिर, त्यस्तैले देश धानेका छन्
बुद्धि र बिबेकको छैन, यहा भाउ कुनै
राम्रा हैन हाम्रा मान्छे, अवसरमा छानेका छन्

जनतालाइ छारो हाली, आफ्ना स्वार्थ पुरा गर्न
काम हैन भाषण ठुलो, गर्न मात्र जानेका छन्

कस्तो भयो देश हाम्रो, कस्ता भए शासक ति
एउटा माथि चढ्न खोजे, अक्रोले पाउ तानेका छन्

देशको हितमा प्राण दिने, देखिएनन् नेता कुनै
बरा जनता! तिनैलाइ, ठुला ब्यक्ति ठानेका छन् ।
 
बाबुराम थापा फरीदाबाद नगर समीती 

कोल्टे फेर्दै थियो समय

बिपनि मा त आइनौ तिमी, सपनी मा आउछेऔ भन्ने आसा थियो
सपनीमा पनी आइनौ तिमी एक्लै थिया बिउझेर हेर्दा .....
सयौ जुनी संगै हुनी, भनेर जोड़ेको मायाको बन्दन
पानीमा गलेको रस्सीजस्तै तोडेर गयौ समय ले कोल्टे फेर्दा ....

आखिर गल्ती के थियो र मेरो, येसरी मलाई छोडेर गयौ तिमी !
अझ पनी काकाकुल ले पानी खोजे जस्तै तिमीलाई खोज्दै हिडेको छू
फुल्न थालेको मायाको कोपिला फुल्न नपाउदै गोड़ेर गयौ तिमी !!
अझ पनी तिम्रै लागी दिलको फुलबरिमा फुलहरू सजाई बसेको छू
 .............................
अनिश जी सी (रामू जी सी )
...केबल तिमीलाई साचो माया गर्छु भनेर !!!