गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तुलसी राम के सी का कविता हरू

इन्सानको लागि गोलिले केही गर्दैन
मर्दको लागि जेल र नेलको डर छैन
शान्तिको लागि क्रान्ति नभै हुंदैन
देशको लागि समाजवाद नभै हुंदैन

बशन्तको फुल्वारीमा
भमराको राज छ
संसाररुपी फुल्वारीमा
सोसकिको समाज छ

यो संसारमा बांच्नु भन्दा
मर्नु निको हो
अ्रित भन्दै सराब पिउने
राक्षसहरुको देश हो ।
फक्रनै आंटेको फुल
फक्रनै नपाई टिपिदियो
गाँसिनै आँटेको माया
तर गंसिनै नपाई बिछोडियो

तिमी छौ रुपकी सुन्दरी रानी
देखिन्छ तिम्रो चंचले बानी
चालछ तिम्रो हाँसको जस्तो
वालछ तिम्रो मुसाको जस्तो
अनि तिमीछौ रुप्की खानि जस्ती
वोलिछ तिम्रो भेडाको जस्तो
मस्किन्छौ तिमी तिर छोड्या जस्तो
हेर्दछौ तिमी लाटोकोसेरो जस्तो
हांस्दछौ तिमी वादल गर्जे जस्तो
गीत गाउँछौ तिमी जानी नजानी
मादलको संगीत दिन्छौ बजाउन नजानी
डान्स गर्छौ अनि हेलेनको जस्तो
जिउ छ तिम्रो टुनटुन को जस्तो
त्यसैले तिमीछौ रुपकी खानि जस्ती
सुन्दर्ता भएर के गर्नु
यहाँ कदर नै छैन
पुरुषत्व भएर के गर्नु
यहाँ महत्वनै छैन
अस्तित्व भएर के गर्नु
यहाँ सतित्व्नै छैन
त्यसैले फुलको महत्व केही छैन
अस्तित्व केही छैन
त्यसैले फकृन नपाई ओइली दिन्छु
फुल्नै नपाई लत्री दिन्छु
अनि सदकोलागि झरिनै दिन्छु

Tulsiramkc

अब त सानी तरुनी भई, भेट भए पनि बोल्दीन,

मैले तिमीलाई हानेको, गफ हिजो जस्तो लाग्छ ।तिमीले पनि थापेको, सही हिजो जस्तो लाग्छ ।तिमी तल माथि म, चढ्दाखेरी उकालीमा,तिमीले मेरो चाटेको, दिमाग हिजो जस्तो लाग्छ ।ठोक्न पनि ठोकेथें, ज्यानै बाजी तिम्रो लागि,दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ ।छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हातभित्र,फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ ।नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखाभित्र,माड्नुसम्म माडेको, आँखा हिजो जस्तो लाग्छ ।उठ्दा पनि उठेन, जति गर्न खोजे पनि,हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ ।दिइरहें, दिइरहें, दिंदा दिंदै थाकें जवाफ,मैले तिम्रो च्यातेको, चिठी हिजो जस्तो लाग्छ ।अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला,मिलाई मिलाई हालेको, सामान हिजो जस्तो लाग्छ

Tulsiramkc
Isma Rajasthan 3
Gulmi nepal

Gazal


तिमी हिंड्ने बाटोको बाधा मेरो माँया भयो।
पुरै गर्न चाहें सधै आधा मेरो माँया भयो॥

मिलनको सपनालाई अझ रंगीन बनाउन।
आफ्नै रगत बागाएनी सादा मेरो माँया भयो॥

दुई पाईला साथ हिंड्ने रहर बोकी बंधनहरु।
सबै सबै फुकाएनी बाँधा मेरो माँया भयो॥

भएनौ दोषी तिमी सधैं भूल मेरो मात्रै।
सायद होला तिमीलाई ज्यादा मेरो माँया भयो॥

स्वोदेश तथा विदेशमा रहनु भएका संपूर्ण नेपालीलाई
नया बर्ष को शुभकामना
Madan k.c.

Gazal

तिम्रो बोली तिम्रो मधुर आवाज़ हो मेरो ग़ज़ल।
तिम्रो धर्ती तिम्रो खुला आकाश हो मेरो ग़ज़ल॥

हरेक साँझ तिम्रो यादमा हराउदा हावा संगै।
बही आउने माँयालू सुवास हो मेरो ग़ज़ल॥

धर्ती बेग्लै आकाश ऐउटै तिम्रो मेरो दूरी भन्नु।
सम्झनामै जिउने मर्ने प्रवास हो मेरो ग़ज़ल॥

बद्लिएको छैन केही हिजो जस्तै आज पनि।
मौनतामै सिमित प्रेमको आभाष हो मेरो ग़ज़ल॥

समयको चाल संगै जति छिटो दौड़े पनि।
मृगतृष्णा जिंदगीको प्रयास हो मेरो ग़ज़ल...


madan k.c.
Dhurkot Rajasthal -2
Dhura ,Dharapani
Gulmi Nepal

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..
आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझनाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..
मेरो चोखो समर्पण र भावनाको चिता माथी।आफ्नो सपनाको महल बसाउने तिमी नै हौ
थंक्स
Madan k।c।
Gulmi Dhurkot Rajasthal -2,
Dhura,Dharapami
Gulmi{Nepal}

केवल तिम्रो सामिप्यता पाउन


हराउने गर्छु आफ्नै संसारमा नजिकिन चाहन्छु तिमीसँगयो दुष्प्रयास सफल होला कि नहोला ?केवल तिम्रो सामिप्यता पाउनहरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु‘अनिदो रात’ सँगैनिस्सार पौठेजोरी खेलिरहेको छुसगर पाउने आशमायी पाइलाका वेगहरु लम्की रहेछन्केवल तिम्रो सामिप्यता पाउनकसरी भनुँ ? त्यो यथार्थआफैँ तर्सिन खोज्छुसायद सक्दिन होलाव्यक्त गर्न यी प्रेममय वादहरुअनायासै मुटु भारी हुने गर्छतड्पन हुन्छ प्रत्येक पलकेवल तिम्रो सामिप्यता पाउनप्रिया, थाहा छैन मलाईयो जवानीको प्रतिफल हो कि ?या अतृप्त मुटुको वेगभावनाका कान्लाहरुमापानी विनाको माछाजस्तै छट्पटाई रहेछुकेवल तिम्रो सामिप्यता पाउनकल्पिरहन्छु ती दिनहरुलाईहामी एकअर्कामा समाहित भएका थियौसमयका क्यानभासहरुमातर फुटेन यो मनको वादपरैबाट एकटकले नियाँली रहे तिमीलाईआज विष्फोटित भएर बसिरहेको छु केवल तिम्रो सामिप्यता पाउनसमयको विम्बचित्रमाअनायासै तिमीसँग जम्काभेट भयोतर केही गर्नै सकिनबस् नियाली रहेँ तिमीलाईतिमी प्रेमका हातहरु हल्लाउँदैमलाई विदा माग्यौतिमी गएदेखि आजनितान्त एक्लो भएको छुअनायासै लेख्दैछु कापीका पानाहरुमायी निस्सार कविताहरुकेवल तिम्रो सामिप्यता पाउन
तुलसीराम के सी
इस्मा राजस्थाल 3

गजलका ५ पाइलाहरु


आशा र अभिलाषाकोही त मेरो जीवनमा आई देउ नएक्लै छु माया लाइ देउ ननिकै गाह्रो भो जीवन एक्लै काट्नकोही आई जीवन सरल बनाई देऊ नकेही गर्नै सकिन्न क्यार जीवनमामेरो सपनाको बस्ती बसाई देऊ नजस्तो देखिन्छु, त्यस्तो छुइन मअसीम प्रेम गर्नेछु मन पराई देऊ नदुःख पीडाहरुसँग दीर्घ सम्झौता गर्या छुहाँस्न नजान्ने यो ‘नतांश’लाई पनि हसाई देउ नइच्छा र आकांक्षासधैंभरी तिम्रै नाम जप्न पाए हुन्थ्योचर्किएका पीडाहरु खप्न पाए हुन्थ्योदुःख पछिको सुख पनि रैछ यहाँनेरबेहोशीमा हामी रम्न पाए हुन्थ्योजीवनका बाटाहरुमा तिमीसँग भेट भयोयुगौसम्म प्रेमको दलदलमा फस्न पाए हुन्थ्योअनायासै धमिलिए तिम्रा प्रतिविम्बहरुतिम्रो मनको पे्रमिल फुलबारीमा बस्न पाए हुन्थ्योचाहिँदैन मलाई अब केही उपरान्तजोगी बनी प्रेमको खरानी घस्न पाए हुन्थ्योविश्वास...
तुलसीराम के सी
इस्मा राजस्थाल 3

रुँदै थिईन देश...


घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश । भन्थिन उन्का छोराछोरी उन्का भएनन् रेमाया, प्रेम जस्ता कुरा अब रहेनन् रेहावी भए रे जताततै तिरस्कार, क्लेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । छोराछोरी उनैलाई कुट्न खोज्छन अरे उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश ।
Sadhana Sharma