गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

म लाटोकोसेरो

amrit kumar kc
आजकल म ऐनामा ,आफुलाई ठ्याक्कै 
लाटोकोसेरो देख्छु,
 
     हुन त 
मैले भन्दा राम्रो सपना 
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना 
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र ! 
कसले चाखेको छ अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा 
साला ! यही विपना एउटा पो 
ठ्याक्कै उल्टो भइदिन्छ र 
मैले उल्लु बन्नु परेको छ
 
 
यसो आँखा उघार्छुसपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि वा शान्तिभूमिलाई 
परायभूमि वा युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा 
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको पो देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन् उफ् ! 
यो सब् म के देख्छु ?
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन् 
छ स्वतन्त्र आकास फतग गन्तव्य छैनन्
ऐनामा म आजकल 
सायद अरु हैन आफू नै देख्छु 
अचम्म ! टीठलाग्दो उल्लु देख्छु । 
amrit kumar kc

आँखाको भाखा

सुनिल बि सी
आँखाको भाखा नबुझ्नेलाई ओठ खोलेर बुझाउन सकिनँ
बुझेर पनि नबुझेझैं गर्दा छाती चिरेर देखाउन सकिनँ

थाहा थियो मलाई म उनका लागि केवल खेलौना बनिरहेछु
रमाएँ त्यसैमा नखेलाउ भनी उनलाई कहिल्यै सम्झाउन सकिनँ

एउटै यात्रामा निक्लिएका हामी उनी शिखरमा पुगेर हेर्दा
थाहा छैन म कहाँ हराएँ आफैले आफैलाई भेटाउन सकिनँ

न त सक्छु दिन उनलाई दोष न कहीं भेटछु आफ्नो गल्ती
कहाँनेर के बिग्रियो कुरा कसैले सोध्दा बताउन सकिनँ

आँखाको भाखा नबुझ्नेलाई ओठ खोलेर बुझाउन सकिनँ
बुझेर पनि नबुझेझैं गर्दा छाती चिरेर देखाउन सकिन

सुनिल बि सी 
उदिना पिपलधारा
गुल्मी नेपाल 

हाल  राजिस्थान( भारत) 

बारीको कान्लो

बारीको कान्लो मिचियो, केहि बोलीन,
तुलसी राम के सी

सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ..
.
खेतको आली मिचियो, केहि बोलीन

पछाडी फर्किएँ ,गाउँले हो मर्दा पर्दा काम लागेको छ...

यस पाली त सिमानामा देशै मिचिएको छ ,

ईतिहास पल्टाएँ न मर्दा काम लागेको छ,

न पर्दा काम लागेको छ...

मेरो देशको छातीमा कुल्चीने सामू

अहिले त मलाई मेरो खीया लागेको

खुकुरी उधाउने रहर जागेको छ .. 

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com    

मेरो उपस्थितिले बोझिलो बनेको तिम्रो समय,

मेरो उपस्थितिले बोझिलो बनेको
 तिम्रो समय,  तिम्रा अमूल्य ती क्षणहरूसँग
 क्षमा माग्दै छु   मेरो आवाजले टुटेको 
 तिम्रो एकाग्रता जोड्न  कुनै धागो 
 छैन मसँग   तिम्रो मस्तिष्कमा छाएको 
 हलचल साम्य पार्न  कुनै कालीको रुप 
 छैन मभित्र    मेरो छायाले कालो बनेको 
 तिम्रो आँगन चोख्याउन  गोमय र गहुँत 
 छैन मेरो छेउ   रित्तो भण्डारमा ब्रम्हाण्ड
 पाउनेमेरो सपना  साकार पार्न
 तिम्रो सामीप्य र न्यानो अँगालो खोजिरहेका 
 मेरा यो चाहनालाई पूर्णता दिन 
 तिम्रो अनुपस्थितिमा   यो शून्यतासँग सापट 
 मागेको समयमा  हावाभरि 
 तिमीलाई पाइरहेछु ।


बसन्ता थापा 
पिपलधारा ०८ गुल्मी नेपाल 
मोब +९७७.९७४७०२७८९८

तिम्रो मन

कस्तो बलियो रहेछ तिम्रो मन
मदन के.सी.
हरेक चुस्त-दुरुस्त-जवान अंगहरूलाई 
ठीक-ठीक आदेश दिन सक्ने तिम्रो मन
जसले अह्राएपछि 
बाटो लाग्ने पाउहरू छम्छमाउँछन्  
र मसम्म पुग्ने तिम्रो महान यात्रा पूर्ण हुन्छ 
तिम्रो मनकै हुकुम मुताबिक 
हाम्रो हरेक एकान्तमा तिम्रा जोर हत्केला 
आकाशतिर तरवारझैँ जुरुक्कै उठ्छन्
र मेरो काँधमा वरमाला हाल्ने साइत छोपिन्छ  
तिम्रो मनकै निर्देशनमा
नजरका पखेटा हालेर 
तिम्रा आँखाहरू क्षितिजतिर उडान भर्छन्  
तर हर साँझ धर्ती-आकाशको मिलन नियाल्दै 
मेरै छातीको बाँसझ्याङमा बास बस्न आइपुग्छन्
त्यसो त तिम्रो मनले आदेश दिएपछि 
जिन्दगीको सुन्दर सपनाजस्तो 
जवानीले उम्लिरहेका तिम्रा पाखुरा ममा बेरिन्छन्     
अनि गुन्गुनाउँन थाल्छन् तिम्रा अधरहरू 
र मेरै ओठका नोटेशन मुताबिक चुम्बन गाउँछन्   
पत्तैबिना तिमी लहराझैँ हल्लिँदै बेरिन्छौ
म रुख, बेस्सरी तिम्रो कब्जामा कैद हुन्छु 
वतासमा सुखैसुखको सुगन्ध मग्मगाउँन थाल्छ
आकासमा मेघ मडारिँदै गर्जिन थाल्छ
अहो ! क्या गजबको नाता हाम्रो   
महाकाव्य र त्यसभित्र रगतझैँ बग्ने कथाजस्तो 
जहाँ छन्द र सर्गको लय भएर बगिरहन्छौ तिमी    
ढुकढुकीसँग मिलाएर ताल ठोकिरहन्छु म 
र छटपटिको आदिम हरफमा बर्सिन्छन् चट्याङहरू    
हामी एकपछि अर्को प्रहारले अनेक पल्ट मृत्यु वरण गर्दै  
चरम चुली भीरबाट खस्दछौँ र गर्ल्याम्मै झरेर मीठो मर्छौँ 
जसरी ध्वस्त भएर मृत्यु अँगाल्छन् विउहरू – नौलो उमार्न  
जसरी फतक्कै गलेर सकिन्छन् फुलहरु – नयाँ फलाउँन    
यत्तिबेला, शरिरभरि चलेको आँधी पुराणको
एक अध्याय इतिश्री भएपछि 
पल्टाएरै राखेको ग्रन्थको दुई फ्याकझैँ 
हामी लामो लामो सास फेरिरहेछौँ 
र अर्को अध्याय थाल्ने तैयारी गरिरहेछौँ
यस्तो आत्मीय महा-अनुष्ठानको कुशल आयोजक 
… कस्तो शान्त तर कति विशिष्ठ तिम्रो मन 
 
धन्यवाद
मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी 
गुल्मी नेपाल 

तिम्रो माया

असीस कुमार जी  सी
             तिमीलाई.......
समय कोल्टे फेर्दै गयेता पनी प्रेम र मायाले भने कोल्टे फेरेको छैन
चोखो  निस्श्यल माया लाई घिड़ा गरेता पनी तिमी
तिम्रो माया अनी मुस्कान को चेहरा अझै भुलेको छैन म
जिन्दगीमा सजाए पाउनु थियो मैले सजाए दिलाई गयौ  तिमी
अझै पनी तिम्रो माया को तिर्खाई  लाई भुलेको छैन म
अमूल्य रहिछ मायाको तिर्खा पयास भुल्न गाह्रो पर्ने
म्रत्यु  मुखमा पुगेर पनी तिमीलाई अझै भुलेको छैन म
                      अझै भुलेको छैन म