गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

शीर्षक :-अर्काको लागी पनि बाच्न सिखौ !

शीर्षक :-अर्काको लागी पनि बाच्न सिखौ !
लेखमेक :-मदन के.सी.

एक जना बुडा बा आफ्नो घर मुनि जंगल माँ आपको बेर्ना लगौदै थिए ! एक जना बाटो हिड़ने बटुवा ले भने बुडा बा तपाई यति बूढों हुनु भयो !यो आंप को फल ता १२ बर्सा पछि लाग्छ !तपाई लाए खाना ता मिल्दैना !फेरी यो हनत किना गर्दै हुनुहुन्छा ता ?बुढाबा ले भन्नु भयो !हाम्रा हजूर बुबा अनीबुबा ले आंपको बोट लगौणु भएको थियो !उसकों फल अहिले हामीहरूले खाना पायों ! जो आंपको बोट म लगौदै छू !यसको फल आउने पीडीले खाने छन !!
यस कहानी बट हामीहरुलाई सीखना मिल्छा की हामीहरु केबल लीना मात्र होइना दिन पनि सिखौन !



धन्यबाद
तपाईको चिरपरिचित
मदन के.सी.
धुर्कोट राजस्थल-२ धुर
धारापानी गुल्मी {नेपाल}
Mob :-+919416990455

तिम्रो मन

कस्तो बलियो रहेछ तिम्रो मन
हरेक चुस्त-दुरुस्त-जवान अंगहरूलाई
ठीक-ठीक आदेश दिन सक्ने तिम्रो मन
जसले अह्राएपछि
बाटो लाग्ने पाउहरू छम्छमाउँछन्
र मसम्म पुग्ने तिम्रो महान यात्रा पूर्ण हुन्छ
तिम्रो मनकै हुकुम मुताबिक
हाम्रो हरेक एकान्तमा तिम्रा जोर हत्केला
आकाशतिर तरवारझैँ जुरुक्कै उठ्छन्
र मेरो काँधमा वरमाला हाल्ने साइत छोपिन्छ
तिम्रो मनकै निर्देशनमा
नजरका पखेटा हालेर
तिम्रा आँखाहरू क्षितिजतिर उडान भर्छन्
तर हर साँझ धर्ती-आकाशको मिलन नियाल्दै
मेरै छातीको बाँसझ्याङमा बास बस्न आइपुग्छन्
त्यसो त तिम्रो मनले आदेश दिएपछि
जिन्दगीको सुन्दर सपनाजस्तो
जवानीले उम्लिरहेका तिम्रा पाखुरा ममा बेरिन्छन्
अनि गुन्गुनाउँन थाल्छन् तिम्रा अधरहरू
र मेरै ओठका नोटेशन मुताबिक चुम्बन गाउँछन्
पत्तैबिना तिमी लहराझैँ हल्लिँदै बेरिन्छौ
म रुख, बेस्सरी तिम्रो कब्जामा कैद हुन्छु
वतासमा सुखैसुखको सुगन्ध मग्मगाउँन थाल्छ
आकासमा मेघ मडारिँदै गर्जिन थाल्छ
अहो ! क्या गजबको नाता हाम्रो
महाकाव्य र त्यसभित्र रगतझैँ बग्ने कथाजस्तो
जहाँ छन्द र सर्गको लय भएर बगिरहन्छौ तिमी
ढुकढुकीसँग मिलाएर ताल ठोकिरहन्छु म
र छटपटिको आदिम हरफमा बर्सिन्छन् चट्याङहरू
हामी एकपछि अर्को प्रहारले अनेक पल्ट मृत्यु वरण गर्दै
चरम चुली भीरबाट खस्दछौँ र गर्ल्याम्मै झरेर मीठो मर्छौँ
जसरी ध्वस्त भएर मृत्यु अँगाल्छन् विउहरू – नौलो उमार्न
जसरी फतक्कै गलेर सकिन्छन् फुलहरु – नयाँ फलाउँन
यत्तिबेला, शरिरभरि चलेको आँधी पुराणको
एक अध्याय इतिश्री भएपछि
पल्टाएरै राखेको ग्रन्थको दुई फ्याकझैँ
हामी लामो लामो सास फेरिरहेछौँ
र अर्को अध्याय थाल्ने तैयारी गरिरहेछौँ
यस्तो आत्मीय महा-अनुष्ठानको कुशल आयोजक
कस्तो शान्त तर कति विशिष्ठ तिम्रो मन
Mr Sunil B C
Udina Gulmi Nepal
Hal India
+919983337816 

हजूरआमालाई चिठ्ठीहजूरआमालाई चिठ्ठी


मलाई अफसोश छ, हजूरआमा  तपाईको चौरासीमा म आउन सकिन आमा भन्नु हुन्थ्यो- 

‘साऊको भन्दा ब्याजको माया’ भन्दै तपाई मलाई डुलाउनु हुन्थ्यो रे, 


आफ्नै काखमा सुताउनु हुन्थ्यो रे हुनत कुनै पार्कको स्लाइड वा सुइंग मैले खेलिन, 


स्यान्ड क्यासटल र पजल मैले जोडिन तपाईको औला समाएर हिडन सिकें, 


त्यहि मलाई स्वर्ग थियो, तपाईले सेकेको शरीर बचाएर कर्म गर्न जाने, 


यही मलाई एथेष्ट छ, त्यसैले हजूरआमा तपाईलाई मुरी मुरी धन्यवाद 


सानो छंदा मैले कुनै लुगा वा कुकिको च्वाइस त भेटिन, फनटाइम वा बेडटाइम



स्टोरी त सुनिन तर तपाईले ख्वाएको खीर र लटटेको स्वाद अझै 


सम्झिन्छु, तपाईले सुनाएका रामायण श्लोक र कृष्णगाथा अझै पढ्दै छु,


सधै पढ्ने छु हो ह्याप्पी मिल र बाथटब स्प्ल्यासको आनंद त मैले लिइन,


तर कुराउनी खादै झरिमा अघि म र पछि तपाई दगुरेको चाँही सम्झंछु जे


जति सम्झंछु- कृष्णको गोकुल जस्तो बुझ्छु, रामको अयोध्या जस्तो सम्झिन्छु 


त्यसैले हजूरआमा मुरी मुरी धन्यवाद मलाई अफसोश छ, तपाईको चौरासिमा म आउन सकिन !!!




बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल 
मोब +९७७.९७४७०२७८९८ 
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३ 
www.hamrogulmi.com

सारथी चाहिएको छ

धाँजा फाटेको विस्वासलाई जोड़नु छ,
लथालिंग विमतिहरूलाई सिमल्नु छ
हेर्दा हेर्दै लौ ! अर्को सुनामी पो आयो,
वीर योद्दा भएर जुध्नु छ
अर्को महाभारतको युद्द लड़नु छ,
त्यसैले हामीलाई कृष्णावतारको
सारथी चाहिएको छ
हाम्रो वरिपरि शोकाकुल र काकाकुलहरु
झ्याउकिरिझै कराइरहेका छन,
निस्पट अध्यारोको साम्राज्य छ,
सिउडीघारी नजिकै स्याल
कराइरहेका छन,
मशानघाट नजिकै घाटेबैद्यहरु
नेपालको नक्शा हेर्दै छन,
बिजुली चम्केको उज्यालोमा
छरपष्ट जुत्ता चप्पल देखिन्छ
बीडी चुरोटको झगडामा
बन्दूक पडकिन्छ,
बाटो हिडेको निउमा
छुरा धसिन्छ
आईमाई केटाकेटीको चीत्कारसगै
गाऊ सुत्छ,
लुटीएको सामान गन्दै
टोल उठ्छ
ओहो ! भयंकर गड़बड़ भएको छ
हामीलाई एउटा ननिभ्ने उज्यालो
चाहिएको छ
मन, वचन र कर्ममा बल्ने,
प्रेतात्मालाई नांगेझार पार्ने,
एउटा सुनौलो उज्यालो
एउटा कृष्णवतारको सारथी
चाहिएको छ !!
बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल 
मोब +९७७.९७४७०२७८९८ 
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३ 

गजल

  रुपको पनि हिजो आज अत्याचार हुन थाल्यो ,
> त्यहि रुपले कयौं दिल गिरफ्तार हुन थाल्यो ।
>
> बाँधेर पो राख्नु कि, छोपि राख्नु कहिं कतै,
> मन चोरी किन अचेल बारम्बार हुन थाल्यो ।
>
> फलाम काट्ने करौतीले, मुटु काट्दो रैछ रुपले,
> अलिकति कहाँ हो र, छाति वारपार हुन थाल्यो ।
>
>
> दुईटा आँखा मेरा लागि एउटै वाँणका तिर भए,
> घाईते मन आफ्नै सामु लम्पसार हुन थाल्यो ।
>
> Rishi Ram Panthi
> Pipaldhara -5 Gulmi
> hal Dubai