गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मलाई नसोध कहाँ दुख्छ घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।
मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८

आमालाई सम्झेर



झिस्मिसेमै आँखाको खिर्कीबाट
न्रि्रालाई मिल्काएर
अनि रातको कम्बल पन्साएर
मेरी आमा पलङबाट यस्तरी ओर्लन्छिन्
जसरी उज्यालो ओर्लन्छ धरतीमा
अनि गुँडबाट निस्केको पहिलो चरीले
बिहानीलाई बोलाउँदै चिर्बिराए झैं
आमाको आवाज सुन्न थालिन्छ घरभरि
त्यसपछि पूर्वी क्षितिजमा उठिरहेको
रातो पहेँलो बिहानी जस्तै
चुल्हामा आगो बल्छ
र चुल्हाछेउमा बसेकी
मेरी आमाको अनुहार त्यसबेला
घामको पहिलो किरणले छोएको
हिमालको टाकुरा झैँ देखिन्छ ।

तुल्सी राम केसी
हाल भारत राजास्थान

आज कतै गएर


एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ
मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो
किन चोरेर लग्यौ एकाएक
मेरो मनको एक जोडी परेवा
पर्काइदेऊ
उडून् माथि कतै आकाशको गहिराइमा
चाहान्छन् यदि भने
आकाशदेखि पनि पर कतै अनन्तको आकाशमा
आज यो मनलाई लामो थकान मेट्न
कुनै चौतारीको ढुँगा चाहिएको छ
एक जोडी बर-पीपलको छाँया
र निर्मल, सुकिलो, चिसो बतास चाहिएको छ
कंकाल जस्तै यो मन
गहिराइ छामेर तल ओर्ले जस्तो
मध्यरात मन पनि मीठो निद्रा निदाउन नसकेर
छटपट-छटपट
यो मेरो मनको तलाउमा
एकाएक आज तरङ्ग उठिरहेछ
एक झरी निद्रा फर्काइदेऊ
एक जोडी परेवा फर्काइदेऊ मनको
किन चोर्‍यौ सुटुक्क यो मनको अज्ञात देशबाट
उड्न देऊ चुपचाप गहिराइमा
आकाशदेखि पर कतै अर्को आकाशमा ।

तुल्सी राम केसी
हाल भारत राजास्थान
+919828148245

स्वागत छ २०६७ सालको विजया दशमी तिमीलाई (कविता)


स्वागत छ २०६७ को विजया दशमी तिमीलाई
हरेक नेपाली जनताहरुमा खुशी र उमंग

बोकेर आऊ २०६७ सालको विजया दशमी तिमी
हत्या हिंसा र आतंकको स्थान होइन शान्तिको

सन्देश बोकेर आऊ २०६७ सालको विजया दशमी तिमी
पूर्व मेची देखि पश्चिम महाकालीका सबै स्थानहरुमा

शान्तिको सन्देश छारिदिउ २०६७ सालको विजया दशमी तिमीले
हाम्रो देश नेपालका राष्ट्रपति,प्रधानमन्त्री र महान नेता

जीहरुलाई प्रधानमन्त्री र कुर्सीको महल होइन
नया संबिधान बनाउने ज्ञान सिप सिकाईदेउ २०६७

सालको विजया दशमी तिमीले
सगरमाथा जस्तो हिमाल जन्म दिने

हाम्रो देश नेपाललाई सधै सगरमाथा
झैँ हासीरहने सन्देश छरिदेउन २०६७ सालको

विजया दशमी तिमीले
हरियाली बन जंगलले सिग्रीएको नेपाललाई
कुनै देशले पनि हात हाल्न नसक्ने उपया

बताईदेउ २०६७ सालको विजया दशमी तिमीले
मेरो पनि अग्रिम सुभकामना छ २०६७
सालको विजया दशमी तिमीलाई
योगेन्द्र योगी "हिमाल"
धुपू -1 लेब्रांग
संखुवासभा
इमेल - yogendra.yogen@yahoo.com

देश बाटो खोजीरहेछ

बनाउँनेले बाटो
टेकेर कहिल्यै त्यहाँ हिड्न पाएनन्
हिड्नेहरुले कहिल्यै आफ्नो बाटो बनाएनन्
आफ्ना बलिया मेरुदण्डझैँ
हाम्रा बाबु बाजेले निर्माण गरेका बाटाहरु टेकेर
हिँडिरहे राजा-महाराजा र ठूल्ठूला शासकहरु
जंगलतिर शिकार हान्न
र गाउँ-गाउँ सुसारे यूवती खोज्न
अथवा गौँडा र कुमारी चोकतिर
रैतीहरुको थैलीबाट तिरो असुल्न
तिनीहरू कसरी पुग्थे
हाम्रा पुर्खाले नखनेका भए बाटाहरु
पटक पटक हाम्रा पूर्खाले खने मात्र
तर, सुखको भारी बोकेर आफैँ
नाँच्दै गाउँदै कहिल्यै हिँड्न पाएनन्
टेक्न पाएनन् आफ्नै पसिनाले भिजेका बाटामा
हामी पनि खनिरहेका छौं नयाँ बाटाहरू
को को हिँड्लान् हामीले खनेका बाटाहरूमा?
खेत बारी जोत्ने किसान कि गाउँका मुखियाहरू?
मायालु जोडीहरू कि कसैलाई लुट्न हिँडेका डाकाहरू?
तीरो तिर्ने जनता कि भ्रष्ट सरकारी हाकीमहरू?
गाउँ फर्किरहेका लाहुरेहरू कि अरब हिँडेका लेबरहरू?
आन्दोलनलाई ठोक्ने बुट-लाठीहरू कि इन्क्लाबी जुलुस?
को को हिँडलान् हामीले खन्दै गरेका नयाँ बाटाहरूमा?



Madan k.c.
Dhurkot Rajasthal-2 Dhura Dharapani
Gulmi {Nepal}

कल्पनाको बहाव"

सुकुमार कोमल पल्लवको आगमनले
बसन्त प्रवेश भइसकेको आभास दिन्छ।
झरनाको मिठो रोमान्चक झंकारमा
घनघोर वर्षादसँगै मयुर जस्तै भएर
मन आफ्नै आँगनमा नाच्न थाल्छ।
निस्फिक्रि कोइलीको कुहुकुहु र
पवनको सुगन्धित सुभास सँगै
गुन्जिरहेको जल तरंगको बीच
नृत्यमा पारंगत म चुर्लुम्म डुब्छु
सरगमको तालमा।
आफुलाई मधुवनको मीरा झैं ठानि
अंगप्रत्यंगको भावभंगिमाबाट
म प्रेमको निमन्त्रण दिइरहेछु।
मेरो मनमीत प्रियतमलाई
बिनम्र अनुरोध गरिरहेछु।
सजाएको छु मन्दिर श्रध्दाको फुलहरुले।
जगमगाई दिन्छु आस्थाको लाखौं दिपहरु
हजारौं सुमधुर घण्टाको आवाजहरुले।
पुलंकित मन भावविभोर हुनेछन
हाम्रो दुई आत्माको मिलनमा।
बर्सिने छन हजारौं रङहरु यस धर्तिमा।
हामी हुनेछौ प्रेमाभाव प्रेमालापमा।
अनि पूर्ण सन्तुष्टिको साथ
बिलिन हुन चाहन्छु चिर निन्द्रामा
सधैं सधैंको लागि।।।


Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi {Nepal}