गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

नपठाउ साथी शुभकामना सन्देशहरु स्वदेसबाट ?

भो नपठाउ साथी शुभकामना सन्देशहरु
अर्थहिन बन्न सक्छन नेपाल आमाको अस्तित्व धरासयमा परेको
यो दर्दनाक क्षणमा यो सोकाकुल घडीमा आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली अहिले निस्सासी रहेका छौ ,,

``ति भ्रस्त स्वर्थी नेताहरुले जनतालाई झुक्क्यएर कालो गहिरो खादलमा धकेली रहेका छन साथी यहाँ कुनै खुशीयाली छैन देश बिकासको कुनै पूर्वधार तयार छैन हामी सँग त फगत भय त्रास अनी चिन्ता मात्र बाँकी छ,,

``निर्दोष नेपाली जनताले युही ज्यान गुमाउनु परेको
हृदयबिदारक घट्नाहरु मात्र बाँकी छ त्यसैले साथी भो नपठाउ शुभकामना सन्देशहरु,,

`` बरु सक्छौ भने पठाउ देश बिकासका लागि
परदेशी नेपाली सच्चा सपुतका योगदानहरु देशलाई बिखन्दित हुनबाट जोगाउने अभियानहरु घुसखोर चाकरी बाजहरुको चताइमा मस्त ति भ्रस्त नेताहरु देख्दा नाताबाद र कृपाबादले ग्रसित बनी
शिक्षित नेपाली जनसक्ती बेरोजगारमा पिल्सिएर परदेसिनु
परेको त्यो पिडादयी क्षणहरुमा तिमीले भनेकी थियौ होइन ?

``देशमा एक पटक गनत्रन्त आउनै पर्छ नयाँ संबिधान लेखिनै पर्छ तर तिमीलाई थाहा छ ?

``नया नेपाल बनाउने सुन्दर सपना देखाइ
निर्दोष नेपाली जनतालाई हातमा बन्दुक थमाइ बषौ युद्दमा
होमएका ति कामरेड भनउदा नेता हरु सम्पूर्ण सत्ता आफ्नो हातमा पार्ने दाउ पेचमा ब्यस्त छन उनै नेताहरु झै पजेरो र महलको सत्ता र कुर्सिको मोहमा अन्धा बनी रहेका छन त्यसैले साथी भो नपठाउ शुभकामना सन्देशहरु,,

``बरु सक्छौ भने पठाउ सच्चा राष्ट्र सेवक जन्माउने बिर्यका केही थोपाहरु म सन्देश दीना तयार छु,,

``देशमा गणत्रंन्त आउँदा हर्षले बिभोर हुँदै तिमीले पत्र
लेखेका थियौ होइन यसरी अब काठमाडौं एक्लै नचुलिएर गाउ गाउमा बिकास पुग्ने भो हामी सर्बहारा नेपाली जनताको जिबनमा नयाँ बिहानी उषाको किरण छाउने भो
तर,,

``गणत्रन्त पस्चात म र म जस्ता गरीब गुरुवा निर्दोष मज्दुर नै
बलिको बोका हुन परेको छ कानुन बिहिन देश जस्तै हत्या र हिङ्साको सुनामी चलेको छ,,
``सत्ता र कुर्सिको लालचमा आफ्नै सन्तति द्वारा नेपाल आमा पटक पटक बलात्कृनत भइ रहेकी छीन त्यसैले साथी नेपाल आमा छाती भरी दुखी रहेको बेला भो नपठाउ शुभकामना सन्देशहरु,,

``बरु सक्छौ भने पठाउ नेपाल आमाको अस्मिता जोगाउने
मजबुत कवजहरु ति सम्पूर्ण भ्रस्ट नेताहरुलाई एकै खादलमा
नस्ट गर्ने अत्भुत शक्तिका पुन्जहरु ।।।

!! जय नेपाल !! !! हाम्रो नेपाल !! !! जय नेपाल !!


धन्यवाद सहीद तपाईको .......

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल.सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.0091.9716316049
Emailto:- baburamthapa_1977@yahoo.co.in & baburamthapa@gmail.com
Website:- http://hamrogulmionlilne.blogspot.com/

रोयो

खुल्ला आकशमा जून रोयो
फुटेको बाँसुरीमा धुन रोयो

कता छ जुम्ला कता छ हुम्ला
खच्चडको पिठ्यूँमा नुन रोयो

गएकै छन् आएकै छन् मदनहरु
मुनासँगै ल्हासाको सुन रोयो

बगेन यो भूमिमा एक थोपा पसिना
पराई भूमिमा नेपाली खुन रोयो

निर्दोष नै बाँधिए नेल र हत्कडीमा
कठघरामा कठै नि ! कानुन रोयो

Rishi Ram Panthi
Hal Dubai
E.mailto:- rishi.sharma44@yahoo.in

तिमी नै संसार रहेछौ ..........

पिरती को फूल रैछौ तिमी..........................
त्येही फूलको रंग भर्ने गर्छु म
पयास को पानी माया को रूप रैछौ तिमी
मन मुटुको पोखरी मा भर्ने गर्छु म
सौगाताको फुल रैछौ तिमी
त्यही फुल को माला गास्ने गर्छु म
पिरती को भाब ! महत्यो को पाटी रैछौ तिमी
पिरतिको कोसेली मायाको सब्द कोर्ने गर्छु म
संसार देखाई दिने आखाको रोसनी रैछौ तिमी
त्येही रोसनी को प्रकाश छर्ने गर्छु म
मिर्मिरे म उदाएको सूर्य रैछौ तिमी
चहकिलो घाम को रोसनी बनेर आउने गर्छु म
पिरती को संसार मायाको घर रैछौ तिमी
गगन को चौपरिमा बास बसाउने गर्छु म
झल्को मा धड़कने मुटु रैछौ तिमी
दुई मुटु को एकै साथ सास फेर्ने गर्छु
सम्झे मात्र हुन्छ तिमी मलाई
तिम्रै याद को सास बनी आउने गर्छु म
सास बनी आउने गर्छु म..............


नमस्कार म अनिश कुमार जी सी
खन चार मखात हाल दिल्ही करमपुरा बाट
email id anishkumargc@gmail.com

अफगानको आकाश र लादेन

उडी रहेछन् अफगानको आकाशै भरि । हेली कप्टर, फाईटर, जेट अनि मानव रहित यान पनि । चिल उडे झै उड्छन् यिनीहरु । चौविसै घण्टा कान र मुटु नै फुटाउलान कि झै गरी । गुडि रहेका छन्, युद्धका गाडीहरु सडकै भरि । कमिलाका ताँती हुन कि झैँ गरी । भन्छन् यिनीहरु निस्केको खोजिमा । तालिवानी र विन लादेनको । खोज्दै छन् नाटो सेनाले तालिवानी र लादेन । गीद्धले सिनु खोजे झैँ गरी । तर थाहा छैन यिनलाई । लादेन लुके छ कहाँ भनी । विसे्रछ कि क्या हो यिनले ? जन्माएको लादेनलाई । होईन भने पक्रन वा मार्न सक्नु पथ्र्यो नि ! भै सक्यो ९ बर्ष अपरेशन जारी गरेको । न छ अत्तो न छ पत्तो नै लादेनको । भन्छन् फरि यिनैले, तोरावोरा पहाडमा लुकेको । तर खैत लादेन पक्रेको ?

तुलसी राम केसी

बुझनै सकिन

सुस्ताउँछ बतास पनि आउदा तिमी बुझनै सकिन ॥जुदायौ नयन मस्किएर मुस्कान मसँग बुझनै सकिन ॥कहिले जिस्किन्छौ कहिले ठूस्किन्छौै बुझनै सकिन ॥ अनुहार तिम्रो पढ्न खोजेँ जवाफ पाउनै सकिन ॥झिमझिम परेला तिम्रो नयनको भाका बुझनै सकिन ॥ फरफराउँदै ओँठ तिमीले के के भन्यौ बुझनै सकिन ॥क्यानभाषमा कोर्न खोँजेँ तिम्रो तस्वीर कोर्नै सकिन ।स्पर्श गरयौ समिपै आई तिमीले मन थाम्नै सकिन ॥

तुलसी राम केसी