गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो मनको प्रेम पनि थामिदेउन !


अमृत कुमार के सी
आकाशको संसार बादल भए   भुमिको संसार माटो
हुन्छ मायाको संसार मुटु भए प्रेमको संसार प्रेमिका हुन्छ,,,
दुर्गा भाकुन गांउ हो कुन ठाँउ हो तिम्रो जन्म भूमि
हांसी हांसी बसेकी छौ तिमी खेली खेली रमी
हांसो पनि लोभ लाग्दो सिकाईदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
नबोलेनी बोलौ बोलौ लाक्छ तिम्लाई देख्दा
लेखौ लेखौ लाक्छ चिठी किताब पल्टाई हेर्दा
मुस्कान मात्र भए पनि छाडिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
बोलबोल किन लाज भनि देउन नाँउ
उपहार पठाउला भनी देउन गाँउ
मेरो पनि मनको कुरा बुझिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
हात माथि हात राख जीवन भरी जिउला
जीन्दागीको नाली-बेली सबै बताई दिउला
मेरो मनको प्रेम पनि थामिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया!!!!!!!!!!!!
अमृत कुमार के सी
पिपलधारा ०८ गुल्मी नेपाल
 
हाल भारत को भिवाड़ी
राजिस्थान कार्यरत
मोब +009779352514810


मेरो गमलाको फुल !

उषाले दैलो उघारीन् लालिले रङ्ग पोतीन्

पवनले पखेटा फिजायो मन्दिरमा घण्टा गुन्जीए

म बिउँझिए नानीझार भएर ।

म उभिए पाले झै ठिङ्ग

मेरो गमलाको फुल अगाडी

उ फिस्स् हास्यो

हाँसोमा मोहकता हराए झै लाग्यो ।

जिस्काए झै लाग्यो

म आँखा मिच्दै तन्किएं

उ मुन्टो बटारेर बाङगीयो

मुहारमा कान्ती हाराए झै लाग्यो ।

हरेक बिहान मेरो आगमन लाई
स्वागत गर्ने मेरो गमलाको फुल

आज कसै संग रात बिताए झै लाग्यो ।

सधैं प्यास मेट्न उत्सुक

मेरो गमलाको फुल
आज कसैलाई रस चुसाए झै लाग्यो ।

मेरो गमलाको फुलले जस्तै कतै

तपाईंको गमलाको फुलले पनि

आफ्नो कौमारीत्व त बेचेको छैन !!


धन्यवाद


मदन के.सी. 

धुर्कोट रजस्थल-२
धुर धारापानी
गुल्मी नेपाल



भालेको औषधि

अमृत कुमार के सी
प्रकाश ओझानेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी
नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे ।
फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।
पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो ।
राजनीतिमा पनि सक्रियता बढयो ।
एक दिन पार्टीको बैठक चलिरहेको वेला 
आफ्ना मित्र लक्ष्मण घिमिरेलाई
नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए-
मेरो कुखुराखोरमा चालीस पोथी थिए ।तर, भाले भने एउटा मात्र ।
मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो
कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।
धन्यबाद
 सुघन्ध बनेर
अमृत कुमार के सी
पिपलधारा ०८ गुल्मी नेपाल
 हाल भारत को भिवाड़ी
राजिस्थान कार्यरत
मोब +009779352514810 Email:amritkumarkc@gmail.com

सबै सङ मेरो नात टुटेको छ आज् भोलि

तुलसी राम के सी
कोइ आफ्नत हरु सङ छूटेको छन त
कोइ पराइ सङ लुटेको छन अनि एक मा छु
जो हर् एक रीस्ता नाता सङ लुटेको छु
माया को नाम सुनायो कसैले त अन्सु गाला म आइपुग्यो
दुस्मनि को कहि कतै कुरा चल्यो त आफ्नत् हरु नै आख 
को सामु आइदियो भन्न थाले सबै साथि भाइ हरु ले
यार तिमिले कह बाट सिख्यो चोट हरु मुटु म लुकाउन
जब् मैले पल्टाए आफ्नो अतीत्को पान्न्न हरु केहि
त सबै को आखा अनि मुटु रोइ दियो  
जिन्दगि जीउने चाहना म उन्को नजि गए
येत्ति धेरै घाउ दिएको छ कि आज् आन्सु नै आइदिए
एउटा जूनि नै बर्बाद् भयो उन्को खोजि म
जब भेटे उनिलाइ त एक्कन्तम आफुलै नै पाए ।।।
धेरै दिन पछि आज् फेरि फर्किदै छु आफन्त् हरु को को माझ म
जब आनफन्त हरु को बीच आफुलाइ देखे त खै किन् हो किन्
येस्तो लागछ कि अब म काहा आइ पुगे?
धेरै कोसिस पछि उनिलाइ मैले भूलाइ दिये
उन्को सम्झना हरु लाइ मन् मुतु बत निकाल्दिये
एक दिन उन्को एउटा पत्र आयो कि मलै भूलि दिनु तिमिले
जो सबै कुरा मैले भोली सकेको थिए कहि फेरि खै
किन् मुटु चसक् चसक् दुख्न थल्यो

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com 



जिते पनि तिम्रोलागि हारिदिने छु

 
जिते पनि तिम्रोलागि हारिदिने छु
मनका इच्छा तिम्रैलागि मारिदिने छु

नियतिले बनाएछ माझी मलाई
म डुबे नि तिमीलाई तारिदिने छु

कतै कैल्यै दुख्यो भने सम्झे मलाई
सपनीमा आई चोट मुसारिदिने छु
Rishi panti

मेरो काँँधमा चढी लक्ष भेट्न चाहेमा
आफैंलाई घोडाजस्तै नारिदिने छु

यदि तिम्रो सम्झनाले सताएछ भने
आँखाबाट दुई थोपा झारिदिने छु । 
 
 
                  2
 
जिन्दगीमा धेरैचोटि ढाँट्नुपर्छ हजुर
*******************************************
जिन्दगीमा धेरैचोटि ढाँट्नुपर्छ हजुर
पैसासँग नैतिकता साट्नुपर्छ हजुर ।
जान्नुपर्छ फनफनी कुरा घुमाउँन
मोटाउँन फाइँफुट्टी छाँट्नुपर्छ हजुर ।
कुनै बृक्ष अग्लिएर माथि जान खोजे
पुड्को हुन्छौं फेदैबाट काट्नुपर्छ हजुर ।
हुन्छ भने स्वार्थसिद्ध आँखा चिम्लिएर
गधालाई बाउ भन्न आँट्नुपर्छ हजुर ।
दबाउँनु सानालाई झुक्नु शक्तिसामु
उस्तै परे जता पनि चाट्नुपर्छ हजुर ।


Rishi panti
Motipur -5 Kapilvastu
Hal -Dubai

....गजल .....

सुनिल बि सी
मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो

ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो

श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो

भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो

होश उडाउने हासो कसैको नासो भएछ अब 
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो 



सुनिल बि सी 
उदिना पिपलधारा
गुल्मी नेपाल 
हाल  राजिस्थान( भारत)