गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिम्रै लागि फुलेको थे

तिम्रै लागि फुलेको थिएँ कुल्चिएर गयौ
कोपिला मै फक्रेको थिएँ मिल्काएर गयौ ।

पानी कुवा चौरास्ता मा तिम्रै बाटो कुर्दा
भेट्न आउन बोलाएर फर्किएर गयौ ।

बांगी खोला को  भाकल गरी तिम्रै हुन्छु भन्थ्यौ
सिन्दुर को कुरा गर्दा तर्किएर गयौ ।

मन्को कुरा पोख्नु थियो भन्दा  तिम्ले
बोलाउँदा नि न सुनेझै झर्किएर गयौ ।

मायाँ गरी कालु भन्दा रिसाएर गयौ
अमृत  सँग बिशको प्याला मिसाएर गयौ ।
नरेश  जी सी
 पिपलधारा -०५ जुम्लादी, गुल्मी नेपाल
 नई दिल्ली (भारत)

E-mail:- gcnaresh@yahoo.in & info@hamrogulmi.com
Mob.+919958330876
 Web:- www.hamrogulmi.com

No response to “तिम्रै लागि फुलेको थे”