गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

नसोध मलाई घर कहाँ हो भनी

नसोध मलाई घर कहाँ हो भनी मलाई भन्नै लाज लाग्छ,

किनकि अठारौं शताब्दी जस्तो लाग्ने मुलुकबाट आएको छु

नसोध मलाई देशको हालचाल के छ भनी  म बयान गर्नै सक्दिँन,

किनकि हत्या, हिंसा र आतंकमा चुर्लम्म डुवेको छ

नसोध मलाई कुन जात हो भनी   मेरा ओठहरु लर्बराउन थाल्छन्,

किनकि त्यही हेपिएको कथित अछूत हुँ   नसोध मलाई कति पढेको छ भनी

म केही बोल्नै सक्दिँन,   किनकि ड्रि्री खल्तीमा राखी मजदूरी गर्दैछु

नसोध मलाई समाजको स्थिति के छ भनी   म मुर्छित बन्न सक्छु,

किनकि मेरो समाज कुरीति र कुसंस्कृतिको बाहक छ   यो त बिदेश हो भनी

 नसुनाऊ मलाई   म त अनुभव गर्नै सक्दिँन,  किनकि आफ्नै देशवासीहरुबाट अछूती
 भई पीडित छु ।












लेखक - तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल हाल इंडिया भारत
 राजिस्थानEmail :tulsiramkc@gmail.com ...


मनमायाको खोजिमा

नयाँ ठाउँमा नाटक रेकर्ड गर्न जानु जत्तिको उत्साहजनक कुरा हुन्छ त्यतीकै चुनौतीपुर्ण पनि । तर चुनौतीसँग जुद्धै अगाडी बढ्नुको मज्जा भने बेग्लै छ । यसरी कथा मिठो सारङीको नाटक रेकर्डका लागि विभिन्न समुदाय क्षेत्रका कथा खोज्दै जाने क्रममा यसपाली हाम्रो समुहको छलफल अनुसार यहि महिना पाँचथर पुगेँ म । जानु अघि लेखक सहकर्मी तुलसीराम के सी जीले तम्घास कथा रेकर्डको गर्नु पूर्व पाएको रोमाञ्चक कथा मैले सुनिसकेको थिएँ । त्यो उहाँको दुःख मलाई सुन्दा जति रोमाञ्चक लागेको थियो उहाँलाई त्यो तनाव झेल्दा उतिकै हैरानी भयो होला । जुन हैरानी मलाई अब पदैछकी भन्दै सशंकित पनि थिएँ म ।

तम्घास बजारबाट अल्लि माथिको गाउँ जाने होला भन्ने हेतुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन हानिएँ म । पछि थाहा भयो पिपल धारा पुग्नु पूर्वनै मैले तम्घासबाट मुल बाटो छोडेर कच्ची सडक लाग्नु थियो । जीवनमा आफ्नै गाउँपाखा घुम्नुको मज्जै बेग्लै । म बुटवलबाट हानिएको पहिलो रात तम्घास बास बसेँ । दोस्रोदिन पिपलधरा गाविस जाने गाडी पक्रदा विहानको ७ बजेको थियो । दैनिक एक पटक मात्र गाउँ पुग्ने र फर्कने जीपमा कोचाकोच भयो भन्दै गुनासो गर्नुको कुनै तुक थिएन । कठ्याङ्गीने जाडो नयाँ ठाउँ पुरानै भएपनि बलियो देखिने जीपभित्रको कोचाकोचमा आफूलाइ पाउनुको मज्जा बेग्लै थियो त्यसबेला । जाडै भएपनि गाउँसम्मको लामो बाटो हिड्नु भन्दा भित्र सिट नपाएपनि छतमा बस्नुको मज्जा लिने मान्छे पनि कम थिएनन् । बिस्तारै गाडीले पिपलधरा गाविस जाने बाटो पकि्रयो । पिपलधरा गहरियाली बगान बाटोमा देखिने अमि्रसोका घारी अग्ला बाँसका रुखले मनको तहलाई पनि निक्कै अग्लो बनाइराखको थियो मेरो ।
'माझिदाइले जालै हान्यो माछि पर् यो जालैमा घिन्ताङ मादल कहाँ बज्यो झ्याउँरे तालैमा हे आउहै माया लाउँहै सुटुक्कै काफल गेडी कुटुक्कै भइयो भुतुक्कैु
लौ अब त झन् जीपमा गीत घन्कन थाल्यो । गाडी दायाँ घुम्दा ज्यान बाँया मोडिन्थ्यो । बाँया घुम्दा दायाँ ।गुल्मी क़ा खाल्डाखुल्डीमा तलमाथि उप्रुने ज्यानले पक्कै पनि आज नौले अनुभव गरेको महसुस हुँदैथ्यो मलाई ।
तम्घास पुगेपछि कच्ची सडक सुरु भयो । अब त झनै रोमाञ्चक हुन थाल्यो यात्रा । आफूलाई कता कता डर रमाइलो अनुभुति भएपनि दिनहुँ गाउँ शहर गरिरहने अन्य यात्रीले भने बाटोको बिजोगको वेवास्ता गरे । 'वास्ता गरेर यहाँ के नै पो भाछ र !' सायद उनीहरु यस्तै सोच्थे । घन्चमन्च गर्दै आडैका यात्रीहरुसँग गाउँका बारेमा कुरा गर्दै गाडी चल्दा आउने विभिन्न आवाजहरुलाई आुपूसाथ लगेको मारान्जमा रेकर्ड गर्दै म घुर्बिसे पाचमी पुगेँ । त्यहाँ मलाई लिन आइपुग्ने साथी कुलबहादुर सँग खाना गाउँतिर जाने बेलामा दिनको १२ बज्न आँटेको थियो । यत्रो लामो यात्रा गर्दा निक्कै थकाइको अनुभव भएको थियो । त्यो भन्दा पनि बढी मन भित्र भित्रै प्रश्नै प्रश्नले कोपेको थियो त्यतिबेला । कस्ता साथी भेटिने हुन् वल्लो पल्लो गाउँबाट आएका साथीहरु कोही १ घण्टा हिडेको कुरा सुनाउथेँ त कोही २ घण्टा । जे जसो भएपनि १० १२ जनाको टोली जम्मा भयो । ३ ४ बजे तिर भने मैले सबैलाई भेला पारेर कथामिठो सारङीको नाटक गाउँमा रेकर्ड गर्न लाग्नुको कारण र रेकर्ड गर्ने प्रकि्रयाका बारेमा बताए ।

पुनः अर्का दृश्यका बारेमा बुझाएर हाँसो रोदन झगडा माया प्रेम दुःख भरिएका अन्य विभिन्न दृश्यमा अभिनय गर्ने मौंका दिनु । उहाँहरुको अभिनयकै आधारमा क्षमता जाँच्नु । यस्तै काम नै प्रकि्रयाका प्रमुख कडी थिए । विद्यालयमा पढ्दै गरेकेा तास खेल्दै गाउँको कुराकानी गरेको अरुको काममा इष्या गरेको ठेक्का पट्टाको विषयमा काटाकाटको स्थिति गाउँको समस्या समाधानमा गाउँको भेला भाउजुसँग देवर जिस्कदाको क्षण गाउँमा खेतीपाती गर्दाको दुःख यस्तै यस्तै दृश्यहरुमा साथीहरुले अभिनय गर्ने र नयाँ साथीहरु थपिँदै जाने क्रम बढ्दै गयो ।

जति साँझ हुँदै गयो नाटक सुन्नेमन पराउने र अभिनय गर्न रुचानेको ओइरो लाग्न थाल्यो । झमक्क साँझ परिसकेपछि सुनिल बि सी लगायत ६ जनाको टोली पुषको चिसो छल्दै ४ घण्टाको हिडाइसँगै पिपलधरा आइपुग्यो त्यहाँ । अझ साँझको ८ बज्नै लाग्दा बाबुराम थापा र साथीहरुको टोली 2घण्टा हिडेर आइपुगे । अझ् उनीहरुले सुनाएको बाटोमा हिउँपरेको कुरा निक्कै चाखलाग्दो थियो । दिनभर हिड्दा बोल्दा थाकेको यो ज्यानको थकाइ उनीहरुको थकाइको अगाडी साँच्चैनै नगन्य भयो । निक्कै उत्साहका साथ सुनिल जी र म रातको ९ बजेसम्म पनि व्यस्त रह्यौं ।



बिना स्कृप्ट पटकथाको आधारमा अभिनय गर्न पाउनुको मज्जै बेग्लै मान्दैथिए । राम्ररी कुरा गर्न नसक्नेहरु बिचैमा छाडेर 'सक्दिन भो' भन्दै हाँसेर रमाइलो पनि गरे । कतिले पुन प्रयास गर्दा अझ राम्रो अभिनय गरे ।



'हाम्रो सम्बन्धका बारेमा गाउँमा कुरा चलेको छ कोचिङबाट फर्कने बेलामा मलाई पुर्याउन छाड्देउ' लक्ष्मील़ा अनिल लाई यस्तो भन्दा हेर्न आएका बूढा बाजे र बजुहरु मुख छोपी छोपी हाँसे । 'लक्ष्मीले बोलेको अल्लि मिलेन' हेर्नेहरु यस्तै भनेर बीचबीचमा प्रतिकि्रया दिन्थे । आफू भन्दा पनि दर्शक÷श्रोत उनिहरुको अभिनयका बारेमा प्रतिकि्रया दिनु निक्कै प्रभावकारी पाएँ मैले ।

बथक सकेका केही भाइबहिनी र अन्य अभिभावक यस अघि नै गैसकेको थिए । भोलि पल्ट विहानबाट सुरु भएकोबथक फेरि साँझको ६ बजाइदियो । लगभग सबैको कलाकारिता शैली रेकर्ड गरेर आफूसँग भएको सानो क्यामेरामा भिडीयो खिचेर त्यो दिन बित्यो ।



हाम्रोसमुदाय साँच्चै नै सांस्कृतिक रुपमा धेरै धनी छ । काम सुरु भएको दुई दिनपछि सुनिल जी बुटवल आउनु पर्ने हुनाले मलाई सहयोगको लागि बाबुराम जी अघि सर्नु भयो । उहाँले नै भोलिपल्ट जम्मा गरेका गाउँले बाजेहरुको टोलीबाट 'कथा ' सुन्न पाइयो । यो एकप्रकारको हाम्रो गिती भाका थियो ।माजल बजाएर नाचिने नाचमा पनि निक्कै रमाउन पाएँ म । केटाकेटी जन्मदा गाउने नुआमा त्यही केटाकेटी रुँदा आमा हजुरआमाहरुले फुलाउँनका लागि पनि गाउने रहेछन् भन्ने थाहा पाएँ मैले । धन्यवाद भनेको भन्दा आनुबी यस्तै यस्तै हाम्रो भाषाका शब्दसँग खेल्न पाउँदा आफैलाई निक्कै रमाइलो भयो त्यसबेला ।



गाउँको अवस्था कृषि उत्पादन फुस्रदमा मानिसहरुले गर्ने काम बारे पनि विभिन्न मानिससँग कुराकानी गरियो । गाउँ नजिकैको दलित बस्तीमा पुगेर उनीहरुले गर्ने कामका बारेमा पनि कुराकानी तथा रेकर्ड गर्ने मौंका मिल्यो । साँझ उकालो लागेपछि पिपलधार बजारमा पुगेर बजारको चहलपहल त्यहाँको रहनसहन गाउँका मानिसको बजारसँग सम्बन्धका बारेमा बुझ्दा नै त्यो दिन सक्गिो ।















तपाइहरुको साथि
अमृत कुमार के सी
जिल्ला-गुल्मी पिपलधरा-८
हाल भिवाडि राजस्थान
इमेल: अमृतकुमारकेसी @Gमैल.कम
मोबाइल:+919352514810

उसको झझल्को

उदा कदा ऐना हेर्दा
उसको मुहार देखेजस्तो लाग्छ
टाढा कतै कोही देखिँदा
एसको झझल्को आईदिन्छ ।

आज उसलाई भेट्दिन
ऊ के गर्दै होली
कुन संसारमा डुबेर
के- के योजना बनाउँदै होली ।
वा मलाई सम्झेर
रोइरहेकी पनि हुन सक्छे
विगतको पे्रम यात्रा सम्झेर
कल्पनामा पनि रम्न सक्छे ।

उसको झझल्को सागरमा देख्छु
आकास पातालमा सबैतिर
उसको तश्विर आँखामा देख्छु
सबै दिशा चारैतिर ।

आज एक अन्जान जस्तो
मेरो शरीर भईरहेछ
उसकै सम्झनाको सेरोफेरोमा
मेरो मन गइरहेको छ ।
कसलाई मैले के भनुँ
आत्मा मेरो एक्लो छ
हट्दैन उसको झझल्को
मेरो मनले खोजिरहेछ।

धन्यबाद
तपाईहरुको साथी
AMRIT KUMAR  के.सी

................गीत.......................

AMRIT KUMAR 
 फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।

आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।

फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

धन्यबाद
तपाईहरुको साथी
AMRIT KUMAR  के.सी
GULMI
PIPAL DHARA -8
BARAJA KHATAMATHE
       

जहाँ म जन्मे नेपली भई...

AMRIT KUMAR 
जहाँ म जन्मे  नेपाली  भई,  मर्न  पाउँ   त्यही नेपाली भएर,     
धरतीमा मैले पहिलो  पाइला, टेकेको  माटो  छातीमा टाँसेर ।

धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं  मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने 
अविरल बग्छन् मेची र काली, भातृत्वभाव  फिजाई संसार
तराई – पहाड  हिमाल  सबै,  भावना  एउटै,  एउटै  बिचार ।।

विर्सन्न कहिले काखको माया, कोखको  भार नेपाली भएर
जिन्दगी वितोस्  बिहान सधैं,  आँखाले  मेरा  नेपालै   हेरेर
घरदेश-परदेश  जाँ' रहे  पनि,  गर्न पाउँ  सेवा नेपली  भएर
स्वर्ग हो त्यही नेपाल मेरो,  मर्न पाउँ आमा पाउमा छोएर ।।


धन्यबाद
तपाईहरुको साथी
AMRIT KUMAR  के.सी
GULMI
PIPAL DHARA -8
BARAJA KHATAMATHE
         :amritk728@gmail.com
         :amritkc1@rediffmail.com

!! तिम्रै सम्झना !!

बाबुराम थापा
मी आउछौ भन्ने आशमा 
चौतारीमा एक्लै कुर्न सकिन 
नयाँ बाटो रोजेर 
चौतारिलाई छोड्न पनि सकिन ।
 
छल्किएका नयनहरु, 
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु 
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।
 
फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फुलको अस्तित्व हुदैन र ?
किन यो मनहरु लाग्छन रित्तो रित्तो 
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो 
अनि फेरि उही बियोगको कोशेली जस्तो ।
 
 
तिमी आउछौ भन्ने आशमा 
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई 
छोडेर हिड्न पनि सकिन ।
 
छल्किएको नयनहरु, 
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु 
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।
 
 
भो मलम नलगाउ घाउहरुमा 
झनै पोल्छन  भतभती 
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई 
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।
     
कोहि आउला भन्ने आशमा 
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे परार्इहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा 
भन्न पनि सकिन ।
 
छल्किएका नयनहरु, 
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।


बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
सम्पर्क मोब. +९७७.९७४७०२७८९८
भारत को सम्पर्क :- ००९१.९७१६३१६०४९
Emailto:- baburamthapa@gmail.com & baburamthapa_1977@yahoo.co.in


नफुलिदेउ सयपत्री मेरो लागि

तुलसी राम के सी
नफुलिदेउ सयपत्री मेरो लागि
म माला गाँसेर सजाउन सक्दिन

नझुलिदेउ तिमी नयनहरुमा
म तिम्रो सुन्दरतालाई बचाउन सक्दिन

नछरिदेउ सुवास आगन भरि
म तिम्रो सुगन्धमा रमाउन सक्दिन

खोइ! तिमीलाई थाहा छ छैन्
म त पलपलहरुमा मरिरहेकी छु

बर्षौ देखि यो सडकको गल्लिहरुमा
बेबारीशे लाश झै सडिरहेकी छु

सुनामी ले भत्काईदिएको
यो सुनसान जिन्दगीमा
म आफ्नै अस्तित्व खोजिरहेकी छु!!!

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३ गुल्मी नेपाल
हाल इंडिया भारत राजिस्थान

Email :tulsiramkc@gmail.com 

पारि गाउँको निष्ठुरी

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता 
चस्को पर्यो यो मुटु माझ ।
 
 
उनको घरको टल्किएको टिनको छानोदेखि 
उनको तिर्सना मेट्ने मेरो चाहना 
उनको घर छेउको पाखुरीको बोट हेरी 
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।
 
 
यो बर्खा सुरु भएपछि कति पीर 
मेरो मनमा 
उडी आउने वादलदेखि कति कति 
डर मेरो मनमा 
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा 
त्यो पारी गाउँको निष्ठुरीलाई ।
 
 
आजभोलि त आली खन्न पनि आउँदैन 
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले 
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?
 
 
 
Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal
Now India Haryana