गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

!! मेरी बहिनी दीदी !!

`` उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो
यसपाली उ हप्ता-दश दिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।
तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरुको माझमा भट्याइरहेको जस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलबारीमा फूल टिप्न पसे जस्तो लाग्थ्यो
उसले दुःख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुँगा-थुँगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरु देख्दा
अनुहारको थालीमा जोर दियो बले जस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरु आवत-जावत गर्दा
चोखो कलशले फेरो हाले जस्तो लाग्थ्यो
उसले केही खाने कुराहरु दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारे जस्तो लाग्थ्यो
औँसीको दिन बिदा भएर रूँदै-रुँदै
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली पनि खलङ्गामा फेरि आन्दोलन चलेछ,
चेलीको खसमले गाउँमै वीरगति पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
बहिनीको उज्यालो पखेटा भएर पलाए जस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।
 
 
तपाईंहरुको चिर पारीचित साथी 
मदन केसी 
धुर्कोट,रजस्थल -2
धुर,धारपानी,
गुल्मी {नेपाल }  
मो-00977-9847234589
 
 
 

!! सुभदिपावली को पवन आवसर पर मंगलमय शुभ कामना !!

  `` आदर्निया मान्यजन तथा प्यारा मित्रहरु सुभ कामना   स्वदेश तथा विदेश  मा रहनु भएका  सम्पूर्ण बुबा आमा तथा दाजु भाई एबम दिदि बहिनि हरुमा २०६७ सालको शुभ दिपावली ले हजुर को घर आँगन मा शुख सान्ती ल्योस  लक्ष्मी ले बस गरुन शरस्वतीले बस गरुन  दुख कस्ट हटेर जायोस सुख समब्रिधि छाओस भन्दै  सुभदिपावली को पवन आवसर पर मंगलमय शुभ कामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


अमृत  कुमार  के सी 

पिपलधारा ०८ गुल्मी नेपाल   

मुक्तक

            बसन्त ऋतु ले स्वागत गर्यो  भने मन्द मन्द स्वास युक्त हावा चल्न सक्छ
           जसलाई तिमीले प्रेम पत्र लेखेकी थियोउ तो तीम्रो बाध्यताले हुन सक्छ
          
            मैले तीमीलाई बिर्सने छैन तिमीले मलाई बिर्से पनि
           बाहिरी आँसु देखाउने छैन  रातमा सिरानी भिजे पनि
        
         दिनमा मात्र होइन प्रिय रातको सिसिर मा पनि आउने गर
         मिलन मा मात्र होइन प्रिय बिछोड मा पनि सम्झने गर
      
        उपहार दिन सकिन प्रिय बिछोड को अन्तिम घडीमा
        केवल सुभ कामना को सु-संदेश पुगोस तीम्रो जीवन भरिमा
   
         सुर्य अघिको तारा हुनु भन्दा आन्धरिबेरिको चन्द्रमा हुनु बेस
         आँसु र सुस्केराको जीवन हुनु भन्दा चिता माथिको लास हुनु बेस !!!
                                                                                          
                                                                          धन्यवाद
      
                                                                                    हाल >>>  हरियाणा   +९१८९५०७६७१०३

जिन्दगी अनेक रङ्गहरूमा

जिन्दगीलाई कुन रङ्गमा ढालुँ?
जिन्दगीलाई कुन अर्थमा मानुँ?
कहिले चहुने भएर रित्तो भई बज्दछ जिन्दगी
कहिले बेसी भएर भाँडाबाट पोखिन खोज्दछ जिन्दगी
कहिले चञ्चल बतास भएर उडान भर्न चाहान्छ जिन्दगी
कहिले चुचाप निश्चल दह भई एकै ठाउँ जम्नखोज्छ जिन्दगी
कहिले विक्रमादित्यको सिंहासनको खोजीमा पराजित भएर
सर्वत्र कहालिहिँड्ने मन गर्छ जिन्दगी
कहिले हिरोशिमाको नील पल्टेको भूमिमा दुबो भई
पलाउने मन गर्छ जिन्दगी
कहिले मर्यादा र आदर्शको प्रश्नचिन्हमा चुनौती बन्छ जिन्दगी
कहिले महँगाइको भाउ भएर त्यसै तर्सिदिन्छ जिन्दगी
जिन्दगीलाई म कुन दृष्टान्तमा सजाउँ?
जिन्दगीलाई म कुन उद्वेगमा समाउँ?
कहिले फुर्सदको अभिशप्त घडीभित्र निस्सार लाग्छ जिन्दगी
कहिले हतारको आँधीभित्र आफ्नोसित पराई हुन्छ जिन्दगी
कहिले एकैक्षण रमाउन निकै इन्तजार गर्छ जिन्दगी
कहिले रातमा कसैको याद बनेर गालाबाट बगिदिन्छ जिन्दगी !!!


तपाईहरुकै चिँदो नाचिँदो साथी
मदन के सी
हाल >> बहादुरगढ़ हरियाणा  (भारत)

गजल >> नारायण थापा पिपलधारा 05 गुल्मी..........

`` दिनहु दिनहु हाम्रो गुल्मी वन  लईन  मा आउने को होला, बिश्वास गरि मेरो दिलमा छाउने को होला ,
एकोहोरो पिरथिका गित गाउने को होला ,दिनहु दिनहु चौपारी मा  धाउने  को होला ,
 भेट्न भनि हाम्रो गुल्मी वोन लईन  मा आउने को होला !
वोन  लईन  बाटै  कुरा हुन्छ प्रतक्ष भेट भाको छैन ,कहाँ छ कता यो मन छट पट्टी रहेको छ केहि थाहा  छ ईन  ,औसीको रातलाई हटाई पुर्ने माको जुनलाई खोजे भन्दै ,अधुरो यो जिन्दगि मा तिमीलाई रोजे भन्दै !
बिश्वास गरि मेरो दिलमा छउने  को होला, दिनहु दिनहु हाम्रो गुल्मी वोन लीन मा आउने को होला ,
एकोहोरो पिरथी क गित गाउने को होला ,नारायण थापा भनि भेट्न आउने को होला,
बिश्वास गरि मेरो दिलमा चोखो माया लाउने को होला !
धन्यबाद
   हाल >>  गुडगांव (हरियाणा)