गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल


मदन के.सी.
एकलै थिए जिन्दगीमा, तिमी भेटे राहत मिल्यो
दोबाटोको संगम बनी, तिम्रो मेरो चाहत बढ्यो
निलो आकाश धर्तिमाथि, बिहानिले पाईला राख्यो
सोचे मैले जिन्दगीमा, अब एउटा आकाश मिल्यो
हिड्दै जांदा दोबटोमा, एक्लोपनले पाईला राख्यो
मनको दुरि बढ्यो क्यारे,फेरि हाम्रो आस्था घट्यो
हजार-हजार आशाहरु, क्षेण भरमै डेरा सर्यो
छाती थामी रुदा रुदै, मुटु भित्र आघात् पर्यो
जिवन यात्रा जारि थियो पाईतालामा घाउ लाग्यो
अलमलाउने यो गोरेटोलाई,पन्छाउनै बेस लाग्यो
 
धन्यवाद 
मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी 
गुल्मी नेपाल 
 

तिम्रो माया भो भो चाहिदैन

भूपू घाऊ लाई उलझ्यउन आउछेयौ किन
चोखो मायालाई फेरी पनी घात गर्नु छ र !
मेरो मायाको चौपारी लाई भत्काइ छोड्यौ तिमी
अझ बाकि बिगार्नु बचेको पो के छ र !!

मरेको सरिर जिओदो बनी आयको छू धर्तिमा फेरी
अझै पनी फेरी मलाई संसार बाट भगाउनु छर !
चाहे यस धर्ती ले मलाई फेरी पनी घिड़ा गरोस
इज्यत तिमी तोड़ी गयौ बचेको अब के पो छ र !!

 तिम्रो माया भो भो चाहिदैन मलाई
 आखा को कसिंगर बनी बसेपछि  !
 फेरी पनी याद गर्छेयाऊ मलाई तिमी किन
 अधुरो जीबन को जिन्दगीमा मलाई पारे पछि !!

सुखको जिंदगी मा पर्गति को पाई ला चाल्नु  तिमी
मेरो साथ छोडेर गयता पनी जीबन को संसार बाट !
मन मायाको पोखरी भरेर राख्नु तिमी  खुसीखुसी मा सधै
 हेरी बस्नेछु म तिमीलाई सधै छितिज को किनार बाट !!

  नमस्कार म अनिश कुमार जी सी
डेली करमपुरा  न्यू डेली
नेपालको  लागी रामू जी सी खन चार मखात
ईमेल anishkumargc@gmail.com

रूपान्तरण

मदन के.सी.
आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न
उनीहरूले माया गरे र बिहे गरे
बिहे गरे र फेरि माया गरे
त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई
र जीवनमा आमूल परिवर्तन ल्याउन
उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे
क्रान्तिबाटै शान्ति र आनन्द आउने ठहर गरे
एउटाले आफ्नो हतियार उठायो
र अर्कोमाथि प्रहार गर्यो
अर्कोले हार्न नमान्दा
उसबाट पनि जवाफी कारवाही भयो
यसरी कयौंपटक उनीहरूले
आक्रमण र प्रत्याक्रमणको रणनीति बनाए
र हाँसी हाँसी कार्यान्वयन गरे
उनीहरूकै क्रान्तिको फलस्वरूप
जन्म भयो नयाँ सत्ताको
छोरी र छोराको
शान्ति र आनन्दको
स्वास्नीले छोरीलाई माया गरी
लोग्नेले छोरालाई माया गर्यो
उनीहरूले सोचेजस्तै ल्याइदियो
क्रान्तिले जीवनमा आमूल परिवर्तन
अनि भयो जीवनको रूपान्तरण
तर छोराछोरीको चढ्दो उमेरसँगै
उनीहरूको माग पूरा गर्न नसकेर
अहिले लोग्नेस्वास्नी
हतियार बिसाएर मनमनै पछुताइरहेछन्
पुर्पुरोमा हात राखेर झोक्राइरहेछन्
उनीहरूले क्रान्ति गर्ने सोख यति धेरै पूरा गरिसके
कि अब उनीहरूमा क्रान्ति गर्ने कुनै रहर छैन
उनीहरूले जीवनमा यति धेरै सास्ती खाइसके
कि अब उनीहरूले काट्न बाँकी कुनै कहर छैन ।
 
धन्यवाद 
मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी 
गुल्मी नेपाल

मेरो मुटु भित्र

मेरो मुटु भित्र बाट लेखेको एउटा नेपाली गीत
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
भन्न मन लागेको कुरा भन्न सक्दिन
मेरा आशु आज्काल रोक्न सक्दिन
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
दोस मेरै हो प्रिया तिमीलाई गुमाउनुमा
रोक्न सक्दिन आफ्नो आशु तिमी साथ नहुँदा
रोएर नै मेरो जीवन बित्ने भयो प्रिये
तर तिमी हास सधैं खुशी को त्यो सागर मा
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
जाउ जाउ टाढा तिमी अब नआउ मेरो नजिक
हासोस संसार तिमीसगै तिम्रो खुशी सगै
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो!!!!!!

धन्यबाद
तपाईहरुको साथी
अमृत कुमार के सी
पिपलधारा ०८ गुल्मी नेपाल
 
हाल भारत को भिवाड़ी
राजिस्थान कार्यरत
मोब +009779352514810
         :amritk728@gmail.com
         :amritkc1@rediffmail.com