गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ,

धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ,
जति नै मोह गरे पनि छोडेर नै जानु छ
जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा
आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा
निश्चल रुपी हृदयमा किन लाग्छ वार
अविश्वासको परिधीमा कही छैन प्यार !!!

पुर्णिमाको जुन हैन औंसी बन्यौ तिमी,
एकै छिनको भन्नाले बिछोडियौ हामी,
माया मोह छैन क्यारे किन टाढा भयौ
आफ्नै जस्तो लाग्थ्यो मलाई बिरानो पो भयौ !!!

मरुभुमी नै मरुभुमिले सजिएको जिन्दगीमा, खै कस्को नै पो साहारा पाउन सके र, कथा र ब्यथाले भरिएको जिन्दगीमा, खै मिलनको अनुभुती नै कहाँ पाउन सके र?

Tulsiramkc
Isma rajasthal-3

जीन्दगी

फूल भनौ भने भमराले लुटी दिन्छ जीन्दगी पालुवा भनौ भने असिनाले कुटी दिन्छ जीन्दगी घाम भनौ भने सम्साझै लुकी दिन्छ जीन्दगी आकास भनौ भने बादल संगै छुपी दिन्छ जीन्दगी हिमाल भनौ भने तेन्जिंग नोर्गे चडी दिन्छ जीन्दगी
सपुत भनौ भने जाँड खाएर लडी दिन्छ जीन्दगी अहिंसा भनौ भने गोला बारुद ठोकी दिन्छ जीन्दगी यात्रा भनौ भने बिचमा कतै रोकी दिन्छ जीन्दगी युद्ध भनौ भने बुद्ध लाइ ढोगी दिन्छ जीन्दगी शान्ति भनौ भने अहंकार बोकी दिन्छ जीन्दगी मिलन भनौ भने प्रेयासिले छोडी दिन्छ जीन्दगी बिछोड भनौ भने मधुर मिलन भोगी दिन्छ जीन्दगी आखिरमा के हो त जीन्दगी दुख:सुख मिलन बिछोडको सङ्गम भएछ जीन्दगी जन्म पछी भोग्ने पर्ने मृत्यु रहेछ जीन्दगी

Tulsiram kc
Isma rajastha 3
gulmi nepal

अब त गणतन्त्र आई सक्यो

ए, मन्दिर प्रवेश गर्न डराउनेहरु हो,
होटेल वा चिया पसल वा रेष्टुरेन्टमा बाहिर बसेर खाने,
अनि भाँडा आफै माझेर लुरु लुरु जानेहरु,
धारा, कुवा, इनारमा पालो कर्ुर्नेहरु वा
लाचार भएर छुट्टै धारा प्रयोग गर्नेहरु हो,
विद्यालयमा पछाडिको बेन्चमा वा […]

खिलाफ गरिरहेका आवाजहरु

एकाबिहानै मेरो घन एउटा आवाज लिई
प्ाुलाम माथि बजि्रन्छ
ढयांग ढयांग गर्दो
कहिले चर्को
कहिले मसिनो
मेरो घनको आवाज मेरो आरनीलाई चिर्दै
िसंगो गाँऊ बस्तीमा गुन्जिन्छ ।
म सुनिरहन्छु त्यो आवाज
मेरो पुख्र्यौली
मेरो बाबु बाजेद्वारा निर्मित
फलाम मिसिएको त्यो आवाज
मेरो बस्ती हँुदै
विशाल आकाशतिर आकाशिन्छ
अलप हुँदै निशब्द हँुदै ।
पसिना मिसिएको मेरो आवाज
फलामे घनका चोटहरु बन्दै
Tulsi RAm kc

मेरा दमै दाई

वीर वहादुर विश्वकर्माएकाबिहानै दमै दाईहातमा थैलो लिएरआज कतै हिडदै छनभन्दै थिए घरमा गेडो छैनशायद त्यही आज खोज्दै छन् ।छोरा छोरी साना सानाधुलो मैलोमा लत्पतिएकास्याहार सुसारको चाल छैन केहीआ-आफ्नै ढंगले रमाएकाभन्दै थिए दमै दाईहर ढाक्ने टालो छैन

Tulsiramkc bhiwadi rajasthan

जाऊँ जाऊँ डुल्न जाऊँ प्रकृति प्रीत वन

जाऊँ जाऊँ डुल्न जाऊँ प्रकृति प्रीत वन ॥आऊ आऊ भन्छ वायु जाऊँ भन्छ मन ।मधुर तरुको वीणा बाजा गाउने पवन ॥फूल फुल्ने तालपारि नाचनेछ मन ।घाँस सुन्ने सर्सराई हाँसने गगन ॥मानी संचो जादू लागी लेटने हरीण ।मन उडाई बोलि चिडिया सुर मिलाउँछन् ॥ढुंगा तरंग बजाई खोला गुन्गुनाउछन् ।तीरमाथि लठ्ठ भ्रमरा भुन्भुनाउँछन्

Madan k.c.Dhurkot Rajastha -2Dhura Dharapani Gulmi Nepal

मलाई बिर्सिदिनु अब याद आयो भने पनि

मलाई बिर्सिदिनु अब याद आयो भने पनिअरुकै साथ लिनु अब याद आयो भने पनिजब जब आउँछ याद तिम्रै छेउ हुन्छु भन्थ्यौसँगै नभेटिनु अब याद आयो भने पनिखाली खाली छु म आफैँ के दिनु र तिमीलाईमेरै तस्वीर चिनु अब याद आयो भने पनिजति दियौ सम्हालेर राखेको छु तिमीलाईसबै नरित्तिनु अब याद आयो भने पनि
Madan k।c।
Dhurkot Rajasthal -२
Dhura धारापानी
Gulmi Nepal

एक अपाङ पत्रकारको घतलाग्दो मार्मीक वेदना

आवाज प्रष्ट नहुदा कतिपयले जड्याहा भनॆ ! फोनबाट कुरा गर्दा फोनै नसुनी राखिदिन्थेमेरा वारेमा कसैले लेखिदिएन । यो एक अपाङ पत्रकार घतलाग्दो मार्मीक वेदना हो । २०६५ असोज महिनामा दुर्घटनामा परि घाइते भएका पत्रकार भवानी ऐर हिजोआज अपाङताको जीवन विताउन विवश भएका छन् । पश्चिम सेती परियोजनाको रिपोटिङ्गको लागि डोटी थिए डोटी बाट डडेल्धुरा फर्कने क्रममा डोटीकै गोवीघाटमा उनले हाकेको मोटर वाइक एक्कासी से१ज ३०२ नम्बरको जिप सँग जुध्न जादा उनी नराम्ररी घाइते भएका थिए । त्यसपछी सुरु भए पत्रकार ऐरका काहालीलाग्दा दिनहरु । मिरमिरे घाम थियो डाँडाँमाथी । सधैजसो अरुका समाचार लेख्ने पत्रकार त्यो दिन आफै समाचार बने । रिपोटिङ्ग गर्दै थिए जनताका दुःखलाई जस्ताको त्यस्तै अधिकारवाला सँग पुर् यादिन पछि नहट्ने जात भन्नु पर्छ पत्रकारलाई । त्यसै गरी लागि परेका थिए जसरी पत्रकारले धर्म निभाउनु पथ्र्यो । नजिकै डाडामा सुर्य अस्ताएपछिको घाममा उनी अचेत अवस्थामानै रहे । घरमा छेारी बाबा फर्किदा सधै बाबाको काखमा रमाउने मुनाले त्यो दिन डडेल्धुरा अस्पतालमा भेट्नुपर् यो । भोलीको गोरखापत्रमा प्रकासित गर्न ल्याएको समाचार हरायो । दोश्रो दिनको गोर्खापत्रमा समाचार त प्रकाशित भयो तर पश्चिम सेतीको नभएर पत्रकार ऐरी दुर्घटनामा परी घाइते भएको । पत्रकारीता गर्नेले जहीले पनि मोडमा हीडनुपर्छ र जोगीनुपर्छ तर उनीत पहाडी जील्लामा रीपोटीङ्ग गर्थे र अप्ठ्यारोथीयो जीवन धान्नकोलागी । राज्यको चौथोअंग पनि भन्छन् पत्रकारिता र पत्रकारलाई । ब्यवसायीक पत्रकारीता गर्दा कती हण्डर खानुपर्छ त्यो त शिष्ट र बिशिष्ट पत्रकारलाई थाहा भन्छन् उनी । गोरखाकर्मीले सहयोगकोलागी हात थाप्नूपर् यो । धेरै संघ संस्थाले सहयोग गरे सम्पूर्ण मिडीया पत्रकार माहासंघ सहयोगमा जुटे नेपाल सरकारले ३ लाख सहयोग दिने निर्णय गर् यो । राजनीतिककर्मीले डेड लाख मात्र दीयो । उनी भन्छन् मैले पाएको सहयोगमा राजनीतिकरण भयो । २२ लाख खर्च गरिसक्दा उनको शारिरिक अवस्था निको हुनुको सट्टा झन वढ्दै गईरहेको छ । डाक्टरले अझै ५ लाख लाग्ने वताएको उनी वताउछन् । हाल पत्रकार ऐर काचनपुरमा रहेको एन एन एस डब्ल्यू ए को फिजियोथेरापी कक्षामा
उनलाइ त्यही चोटको कारण प्यारालाइसिस भएको हो । टाउकोमा गम्भिर चोट लागेको छ । टाउकोको १० नम्बर नसा दबिएको छ । दाँयातीर चोट भएर पो वाँया भाग नचल्ने भएको छ। सुदूरपश्चिमका पत्रकार सहयोगको आसमा सरकारले कत्ति पनि सहयोग नगरेको जस्तो । तिनै पत्रकार हुन् गाँउ वेसीमा खवर बुझ्न जाने । उनै पत्रकार अस्पतालको वेडमा पल्टिरहेछन् । आफ्नो पेसाबाट चटक्कै हात काटियो । आफ्नो कलम थचक्क रोक्यो । भावनाले बसाई त्यती लामो त भएन छोटो बसाईमा भक्कानो छाड्न सम्म छाड्यो । उनले भनेको कुरा घतलाग्दा थिए । उनी भन्छन् जीवन धान्न कत्ति गाह्रो पर्छ मैले धेरै भन्नु छैन ठुला पत्रकार पनि देखेको छुं मालिक पत्रकार सँग पनि बसेको छुं । दिनभरी श्रम ऐनको क्ररा गर्ने राती श्रम मिच्ने । कतिपय पत्रकार आफ्नै आँखा अगाडी आउदा मानव धर्ममा बाँधिन्थे भन्दै थिए । उनको अवस्थावारे कसैले कलम नचलाएको गुनासो गरे । उनी आफुसंग आएकाहरुलाई भन्छन् कहिलेकांही भेट्न त आउनु है । मत कहिले सम्म यो वेडमा बस्नु पर्छ । शुदुरपश्चिमका पत्रकार जागरुक छन् मिहिनेती छन् । पत्रकार भवानी ऐर सहयोगकै आशामा छन् । उनले आफू राम्रो भए पत्रकारितामा फर्कने बताएपनि उनको शारिरिक अवस्था दिनानुदिन विग्रदै गएको छ । उनी क्रमन्तिकारी पत्रकार संघ डडेल्धुराका संयोजक समेत हुन् ।

Madan k।c।
Now In India Haryana

परेलीले कुराकानी गरेको रात सम्झन्छु

परेलीले कुराकानी गरेको रात सम्झन्छुतिमीसँगै बसी प्याला भरेको रात सम्झन्छुसुनौलो प्रेमको डाली तिमीले प्रेमले भर्दासबैले लोभले आँखा तरेको रात सम्झन्छुफुलेको फूलका थुङ्गा दुवै यी ओठमा टाँसीतिमीले मग्मगी वास्ना छरेको रात सम्झन्छुबलेको अग्निझैँ हामी नशाले लठ्ठिँदा फेरिउषाको शील झैँ आफै झरेको रात सम्झन्छुजुनेली रातमा छाया सरेझैँ आज आँखामातिमी ओझेल बिस्तारै परेको रात सम्झन्छु
Madan k।c।
Dhurkot Rajasthal -2
Dhura धारापानी
Gulmi Nepal

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्कोम लाख बाजी मरे?नि ज्यूँदै रहन्छ माया मभित्र उन्कोनमान शङ्का इमान उन्को विशुद्ध कञ्चन हिमाल जस्तैन जूनमा झैँ छ दाग मैलो अपूर्व कस्तो चरित्र उन्कोहजार आँधी-तुफान चल्दा, बतास आगो बनेर बल्दाहरेक बाधा छिचोल्नुपर्दा अभिन्न बन्नेछु मित्र उन्कोसचेतनाका पाहाड अग्लो, विनम्रताका समुन्द्र सिङ्गैमुसुक्क हाँस्ता सितार बज्ने प्रभाव कस्तो विचित्र उन्को ।
Thanx Madan k।c।
Dhurkot Rajastha -2
Dhura धारापानी
Gulmi Nepal

Jindaki ek Yatra matra रहेचा

जिन्दगी एउटा यात्रा रहेछ,कहाँ कहाँ पुग्नु पर्ने,माया एउटा ऋण रहेछ,दिए पछि तिर्नु पर्ने ।

हामीले सबै केटीहरुलाई आमा सम्झनु पर्छ

हामीले सबै केटीहरुलाई आमा सम्झनु पर्छ
शिक्षिकाले विधार्थीलाई: -“ आफ्नो चरित्र सफा राख्न हामीले सबै केटीहरुलाई आमा सम्झनु पर्छ।”विधार्थी: -“सबै केटीहरुलाई आमा सम्झ् भने बाबुको चरित्रलाई राम्रो हुन्छ त?

From: Madan k.c.