गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।

Rishi Ram Panthi
जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।

बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।



के शन्देश छ उसलाई लगिदिन्छु भन्दा,

तारे भीरबाट त्यो झरोस् भन्छौ रे तिमी।।



उसलाई बचाउ ज्यान जोखीममा छ भन्दा,

दनदन आगोमा त्यो जलोस् भन्छौ रे तिमी।।



सिकिस्त छ कुनै औषधिमुलो लागेन भन्दा,

निकै नहुने रोग सरोस् भन्छौ रे तिमी।।



हरेकपल तिम्रो प्रेममा उ तड्पिरहेको छ भन्दा,

पीरैपीरले जीन्दगी चलोस् भन्छौ रे तिमी।।



आखिर किन मायाप्रितिको महल बनायौ भन्दा,

नराम्रो सपना थियो त्यो ढलोस् भन्छौ रे तिमी।।



उ यति विवश,लाचार र असहाय छ भन्दा,

दैबले पनि आँखा छलोस् भन्छौ रे तिमी।।

Rishi Ram Panthi

Motipur -5 Kapilvastu
Hal -Dubai



जुल्फी कपालको सत्यानास

एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, 'के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?'
नेताजीले आफ्नो कहानी सुनाए, 'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'


धन्यबाद
तपाईहरुको साथी
AMRIT KUMAR  के.सी
GULMI
PIPAL DHARA -8
BARAJA KHATAMATHE

       

भुल केमा भयो र म बाट (के नै गल्ती भाछ बाट )

  नारायण थापा
  •  तर्की हिड्योउ बोलाउदा नि भुल भेटायोउ  कि
  • सुभाष दिने अर्को कुनै फुल भेटायोउ कि
  •  धन काफी नभाएनी माया त दिएकै  थिए
  • माया संग दौलत तौलने तौल भेटायोउ कि
  • अपुरो छ यात्रा भन्थ्यौ  तीमी बिना जिन्दगि को
  • जीवन तर्ने नया अर्को पुल भेटायोउ कि
  • हटाऊछ सयोउ तारा चन्द्रमाको प्रकाशले 
  • तिर्खा मेट्ने अझै मिठो मूल भेटायोउ कि 
  • अर्को जन्म हुन्छ हुन्न यो जन्म त साथ देंथ्ये
  • सातै जुनी संगै जिने साथी भेटायोउ कि
  •   तर्की हिड्योउ बोलाउदा नि भुल भेटायोउ  कि
  • सुभाष दिने अर्को कुनै फुल भेटायोउ कि
  •  
  •       नारायण थापा पिपल धारा -5  
  • हाल हरियाणा  गुडगांव (+9189507671030