गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!

उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!
त्यही पात मलाई प्यारो थियो झरेको पात किन दियौ!!
नजिक हुंदा मात लाग्छ सोंचिनेऊ की तिमीले!
ढ़ाटी-ढ़ाटी नाछुटने मलाई मात कीन दीयौ !!
रोएकी थियौ तिमी पानि आफ्नो पाउमा कांडा बिज्दा !
फेरी मेरो बाटो मा कांडाको सौगात कीन दीयौ !!
जानू थियो अहिले आएर यो मझधारमा !
म लड्दा खेरी ओरालिमा तिमीले हात कीन दीयौ !!
मागेको थिएं ए बसंत ! तिमी सित बहार नै !
आँखामा मेरो नटूनगीने बर्षात कीन दीयौ !!
Naresh G.C. Pitaldhara-5,
Gulmi
Email:- gcnaresh@yahoo.in
Mob.+919958330876 & +919871559608

खोल्साहरू

प्रकृतिबाटै असमानता
भोग्दै हुर्किएका खोल्साहरू !
घामको खोजीमा
अब अग्ला-अग्ला चुचुरातिर मन र आस्था लिएर हिन्दैछन्
खोल्साहरूले थाहा पाए
उनिहरू स्थिर रहनुँको पिडा
उनीहरू सँधै अँध्यारो हुनुको पिडा ।
उज्यालोको खोजीमा आन्दोलित हुनँ चाहन्छन् मनहरू !
उकासिन चाहन्छन् तिनका धरातलहरू !
त्यसैले त अचेल
खोल्साहरूमा पनि फाटफुट राती राँके जुलुस देख्न सकिन्छ
स्वाभाविक छ खोल्साका आन्दोलनहरू !
उनीहरू पनि यहि धरतीका जीवाणुहरू हुन्
उनीहरूलाई पनि घाम चाहिन्छ
कठ्याँग्रिदा ताप्ने न्यानो चाहिन्छ
मेरो सलाम छ
यी खोल्साका चेतनाहरूहरूलाई !
अब खोल्साहरूले एक भएर
पृथ्वीको गर्भको चट्टानिय प्लेट
हल्लाउँनु पर्छ ज्वालामुखी भएर
र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ
यसको लागी म पनि तयार छु
अँध्यारोमा चिराग सल्काउँन ।

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल.............. सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.००९१.९७१६३१६०४९

मलाई गर्व छ

बिहानीको न्यानो सूर्यको किरण सङ्गै
चरीको चिर्बिर अनि यहाँ समुन्द्र छ
तर यसमा मेरो नेपाली भाका हुँदैन
साँझको गोधूलीसँगै आउँछ चन्द्र र ताराहरु
शीतको थोपाले जब मलाई भिजाउन खोज्छ
तर त्यसमा नेपाली शितलता हुँदैन
पलपलको छट्पटाहट पछिको निदाइ
निदाएको बेला देखिने त्यो सपनी
तर त्यो सपनी नेपालीपनको हुँदैन
हांस्ने रुने बोल्ने चाल उस्तै जस्तै
भाषा त फरक छ छ
त्याहाँ पटक्कै नेपाली भाव हुँदैन
त्यसैले त मलाई गर्ब छ मेरो नेपाली पनमा
त्यसैले त मलाई गर्ब छ नेपाली हुनुमा
किनकि यो बिदेशी अहम भन्दा मेरो नेपालीपन
स्वच्छ र पवित्र छ। --

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल.............. सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.००९१.९७१६३१६०४९
Emailto:- baburamthapa_1977@yahoo.co.in
& baburamthapa@gmail.com