गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मनमायाको खोजिमा

नयाँ ठाउँमा नाटक रेकर्ड गर्न जानु जत्तिको उत्साहजनक कुरा हुन्छ त्यतीकै चुनौतीपुर्ण पनि । तर चुनौतीसँग जुद्धै अगाडी बढ्नुको मज्जा भने बेग्लै छ । यसरी कथा मिठो सारङीको नाटक रेकर्डका लागि विभिन्न समुदाय क्षेत्रका कथा खोज्दै जाने क्रममा यसपाली हाम्रो समुहको छलफल अनुसार यहि महिना पाँचथर पुगेँ म । जानु अघि लेखक सहकर्मी तुलसीराम के सी जीले तम्घास कथा रेकर्डको गर्नु पूर्व पाएको रोमाञ्चक कथा मैले सुनिसकेको थिएँ । त्यो उहाँको दुःख मलाई सुन्दा जति रोमाञ्चक लागेको थियो उहाँलाई त्यो तनाव झेल्दा उतिकै हैरानी भयो होला । जुन हैरानी मलाई अब पदैछकी भन्दै सशंकित पनि थिएँ म ।

तम्घास बजारबाट अल्लि माथिको गाउँ जाने होला भन्ने हेतुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन हानिएँ म । पछि थाहा भयो पिपल धारा पुग्नु पूर्वनै मैले तम्घासबाट मुल बाटो छोडेर कच्ची सडक लाग्नु थियो । जीवनमा आफ्नै गाउँपाखा घुम्नुको मज्जै बेग्लै । म बुटवलबाट हानिएको पहिलो रात तम्घास बास बसेँ । दोस्रोदिन पिपलधरा गाविस जाने गाडी पक्रदा विहानको ७ बजेको थियो । दैनिक एक पटक मात्र गाउँ पुग्ने र फर्कने जीपमा कोचाकोच भयो भन्दै गुनासो गर्नुको कुनै तुक थिएन । कठ्याङ्गीने जाडो नयाँ ठाउँ पुरानै भएपनि बलियो देखिने जीपभित्रको कोचाकोचमा आफूलाइ पाउनुको मज्जा बेग्लै थियो त्यसबेला । जाडै भएपनि गाउँसम्मको लामो बाटो हिड्नु भन्दा भित्र सिट नपाएपनि छतमा बस्नुको मज्जा लिने मान्छे पनि कम थिएनन् । बिस्तारै गाडीले पिपलधरा गाविस जाने बाटो पकि्रयो । पिपलधरा गहरियाली बगान बाटोमा देखिने अमि्रसोका घारी अग्ला बाँसका रुखले मनको तहलाई पनि निक्कै अग्लो बनाइराखको थियो मेरो ।
'माझिदाइले जालै हान्यो माछि पर् यो जालैमा घिन्ताङ मादल कहाँ बज्यो झ्याउँरे तालैमा हे आउहै माया लाउँहै सुटुक्कै काफल गेडी कुटुक्कै भइयो भुतुक्कैु
लौ अब त झन् जीपमा गीत घन्कन थाल्यो । गाडी दायाँ घुम्दा ज्यान बाँया मोडिन्थ्यो । बाँया घुम्दा दायाँ ।गुल्मी क़ा खाल्डाखुल्डीमा तलमाथि उप्रुने ज्यानले पक्कै पनि आज नौले अनुभव गरेको महसुस हुँदैथ्यो मलाई ।
तम्घास पुगेपछि कच्ची सडक सुरु भयो । अब त झनै रोमाञ्चक हुन थाल्यो यात्रा । आफूलाई कता कता डर रमाइलो अनुभुति भएपनि दिनहुँ गाउँ शहर गरिरहने अन्य यात्रीले भने बाटोको बिजोगको वेवास्ता गरे । 'वास्ता गरेर यहाँ के नै पो भाछ र !' सायद उनीहरु यस्तै सोच्थे । घन्चमन्च गर्दै आडैका यात्रीहरुसँग गाउँका बारेमा कुरा गर्दै गाडी चल्दा आउने विभिन्न आवाजहरुलाई आुपूसाथ लगेको मारान्जमा रेकर्ड गर्दै म घुर्बिसे पाचमी पुगेँ । त्यहाँ मलाई लिन आइपुग्ने साथी कुलबहादुर सँग खाना गाउँतिर जाने बेलामा दिनको १२ बज्न आँटेको थियो । यत्रो लामो यात्रा गर्दा निक्कै थकाइको अनुभव भएको थियो । त्यो भन्दा पनि बढी मन भित्र भित्रै प्रश्नै प्रश्नले कोपेको थियो त्यतिबेला । कस्ता साथी भेटिने हुन् वल्लो पल्लो गाउँबाट आएका साथीहरु कोही १ घण्टा हिडेको कुरा सुनाउथेँ त कोही २ घण्टा । जे जसो भएपनि १० १२ जनाको टोली जम्मा भयो । ३ ४ बजे तिर भने मैले सबैलाई भेला पारेर कथामिठो सारङीको नाटक गाउँमा रेकर्ड गर्न लाग्नुको कारण र रेकर्ड गर्ने प्रकि्रयाका बारेमा बताए ।

पुनः अर्का दृश्यका बारेमा बुझाएर हाँसो रोदन झगडा माया प्रेम दुःख भरिएका अन्य विभिन्न दृश्यमा अभिनय गर्ने मौंका दिनु । उहाँहरुको अभिनयकै आधारमा क्षमता जाँच्नु । यस्तै काम नै प्रकि्रयाका प्रमुख कडी थिए । विद्यालयमा पढ्दै गरेकेा तास खेल्दै गाउँको कुराकानी गरेको अरुको काममा इष्या गरेको ठेक्का पट्टाको विषयमा काटाकाटको स्थिति गाउँको समस्या समाधानमा गाउँको भेला भाउजुसँग देवर जिस्कदाको क्षण गाउँमा खेतीपाती गर्दाको दुःख यस्तै यस्तै दृश्यहरुमा साथीहरुले अभिनय गर्ने र नयाँ साथीहरु थपिँदै जाने क्रम बढ्दै गयो ।

जति साँझ हुँदै गयो नाटक सुन्नेमन पराउने र अभिनय गर्न रुचानेको ओइरो लाग्न थाल्यो । झमक्क साँझ परिसकेपछि सुनिल बि सी लगायत ६ जनाको टोली पुषको चिसो छल्दै ४ घण्टाको हिडाइसँगै पिपलधरा आइपुग्यो त्यहाँ । अझ साँझको ८ बज्नै लाग्दा बाबुराम थापा र साथीहरुको टोली 2घण्टा हिडेर आइपुगे । अझ् उनीहरुले सुनाएको बाटोमा हिउँपरेको कुरा निक्कै चाखलाग्दो थियो । दिनभर हिड्दा बोल्दा थाकेको यो ज्यानको थकाइ उनीहरुको थकाइको अगाडी साँच्चैनै नगन्य भयो । निक्कै उत्साहका साथ सुनिल जी र म रातको ९ बजेसम्म पनि व्यस्त रह्यौं ।



बिना स्कृप्ट पटकथाको आधारमा अभिनय गर्न पाउनुको मज्जै बेग्लै मान्दैथिए । राम्ररी कुरा गर्न नसक्नेहरु बिचैमा छाडेर 'सक्दिन भो' भन्दै हाँसेर रमाइलो पनि गरे । कतिले पुन प्रयास गर्दा अझ राम्रो अभिनय गरे ।



'हाम्रो सम्बन्धका बारेमा गाउँमा कुरा चलेको छ कोचिङबाट फर्कने बेलामा मलाई पुर्याउन छाड्देउ' लक्ष्मील़ा अनिल लाई यस्तो भन्दा हेर्न आएका बूढा बाजे र बजुहरु मुख छोपी छोपी हाँसे । 'लक्ष्मीले बोलेको अल्लि मिलेन' हेर्नेहरु यस्तै भनेर बीचबीचमा प्रतिकि्रया दिन्थे । आफू भन्दा पनि दर्शक÷श्रोत उनिहरुको अभिनयका बारेमा प्रतिकि्रया दिनु निक्कै प्रभावकारी पाएँ मैले ।

बथक सकेका केही भाइबहिनी र अन्य अभिभावक यस अघि नै गैसकेको थिए । भोलि पल्ट विहानबाट सुरु भएकोबथक फेरि साँझको ६ बजाइदियो । लगभग सबैको कलाकारिता शैली रेकर्ड गरेर आफूसँग भएको सानो क्यामेरामा भिडीयो खिचेर त्यो दिन बित्यो ।



हाम्रोसमुदाय साँच्चै नै सांस्कृतिक रुपमा धेरै धनी छ । काम सुरु भएको दुई दिनपछि सुनिल जी बुटवल आउनु पर्ने हुनाले मलाई सहयोगको लागि बाबुराम जी अघि सर्नु भयो । उहाँले नै भोलिपल्ट जम्मा गरेका गाउँले बाजेहरुको टोलीबाट 'कथा ' सुन्न पाइयो । यो एकप्रकारको हाम्रो गिती भाका थियो ।माजल बजाएर नाचिने नाचमा पनि निक्कै रमाउन पाएँ म । केटाकेटी जन्मदा गाउने नुआमा त्यही केटाकेटी रुँदा आमा हजुरआमाहरुले फुलाउँनका लागि पनि गाउने रहेछन् भन्ने थाहा पाएँ मैले । धन्यवाद भनेको भन्दा आनुबी यस्तै यस्तै हाम्रो भाषाका शब्दसँग खेल्न पाउँदा आफैलाई निक्कै रमाइलो भयो त्यसबेला ।



गाउँको अवस्था कृषि उत्पादन फुस्रदमा मानिसहरुले गर्ने काम बारे पनि विभिन्न मानिससँग कुराकानी गरियो । गाउँ नजिकैको दलित बस्तीमा पुगेर उनीहरुले गर्ने कामका बारेमा पनि कुराकानी तथा रेकर्ड गर्ने मौंका मिल्यो । साँझ उकालो लागेपछि पिपलधार बजारमा पुगेर बजारको चहलपहल त्यहाँको रहनसहन गाउँका मानिसको बजारसँग सम्बन्धका बारेमा बुझ्दा नै त्यो दिन सक्गिो ।















तपाइहरुको साथि
अमृत कुमार के सी
जिल्ला-गुल्मी पिपलधरा-८
हाल भिवाडि राजस्थान
इमेल: अमृतकुमारकेसी @Gमैल.कम
मोबाइल:+919352514810

No response to “मनमायाको खोजिमा”