गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत गजल

वोल्लो घरमा के लाउं के खाउं, रोज भाको छ रे,
पल्लो घरमा नयाँ सालको, भोज भाको छ रे!

महलबाट फ्याकिएका झुत्रा टाला, जुठा थाली,
भोको पेट र नाङो आङ्लाई,खोज भाको छ रे !

नियम कानुन थन्को लगाई,भत्ता खाने नेताजिलाई,
गरीबीका चर्का नारा,बोझ भाको छ रे!

कता गयो नयाँ नेपाल,नया संबिधान,
पार्टी-पार्टी बिचमा, रम्ने मोज भाको छ रे!

असीम महत गजल

No response to “असीम महत गजल”