गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मुक्तक (निराशा भित्र को आशा

तुल्सी राम के. सी
अरुलाई उज्यालो दिनु छ भने मैन सरी आफै जल्नु पर्दछ

पिडा त हुन्छ नै जलन को अन्धयारोमा रोइदिन्छु कस्ले देख्छ र |

खुशीको प्रकाश छर्नु लाई जुन तारा होइन सुर्य नै बन्नु पर्दछ

माया को ज्योति फैलन्छ यहाँ कालो बादलले कतिबेर छेक्छ र ||

देखाउदिन म तिमीलाई सपना महलको जो पलमै भत्कने छ

कल्पनै गर्दिन म सुन्दर संसारको म आफै पानी चुइने झुपडिमा बसेको छु |

आरोह अबरोह हजार छन म मा जुन औशी को अन्ध्यारो रात सरी

कसरी तारिदिउ मायाको सागर तिमीलाई म म जो आँफै किनारामा फसेको छु ||

अतित ले दिएको तितो बर्तमानले खुशी छर्न त पक्का सक्दैन

वास्तविकता भित्र लुकेको यथार्थ लाऐ नक्कली खास्टोले छोपेको छु |

निस्ठुरी धोकेबाज स्वार्थी मान्छेकै हुलमा उभिएको छु म पनि यहाँ

आशा गर्छु फुल्दछ फुल २ थुङा माया को मैले पनि यहाँ बिज रोपेको छु ||

 धन्यवाद

 तुल्सी राम के. सी
 हम्रोगुल्मी डट क

No response to “मुक्तक (निराशा भित्र को आशा”