गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

नयाँ बर्षमा उशाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।

मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ

यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।

कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ॥
Basanta Ghimire

No response to “नयाँ बर्षमा उशाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै”