Rishi Ram Panthi |
मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रे
मायाको डोरीलाई पनि हतकडी र नेल भन्यौ रे
तिम्रा लागि कति चोटी आफैंलाई दु:ख दिए
आज मेरो अश्रुधारा काम नलाग्ने भेल भन्यौ रे
जे भन्यौ त्यही मानें बिश्वास गरें सतप्रतिशत
प्रतिफलमा आज म त नराम्ररी फेल भन्यौ रे
छटपटी हुन्छ भन्थ्यौ एकैदिन नभेट्दा मलाई
तर आज ती भेटहरु समय कटाउने खेल भन्यौ रे
तारीफ गर्दथ्यौ हर भेटमा भगवानले जुराएछ भनी
कुरा फे¥यौ आज हाम्रो जोडीनै बेमेल भन्यौ रे
Rishi Ram Panthi
Motipur -5 Kapilvastu
Hal -Dubai
No response to “मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रे”
एक टिप्पणी भेजें