गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

विधवा समय र उदास अनुहार

मदन के.सी
आज बिहानै रेडियोले फुक्यो-
धान रोप्न गएका रोपाहारहरु
बीउ लिएर भागाभाग गरे
मेरो गाउँका किन्नरकिन्नरीहरु
कोदालो समाएरै चिच्याउन लागे ।
घनघोर जङ्गलमा डालेघाँस झार्दै गरेको हर्के
खुर्पा लिएर दगु-यो
नेपथ्यमा ठूलै आवाज निस्क्यो
सबैले थाहा पाए-आज-
घरबाट निस्कनु हुँदैन ढोका थुन्नर्ुपर्छ
किनकि आज नेपाल बन्द छ ।
आज लड्नेहरु घमासान युद्ध लड्दैछन्
कोही आफूलाई अज्ञात रुपमा समर्पित गर्दैछन्
खुकुरीको धार अनि बन्दुकका नाल र प्वालमा बन्दुक ठडिन्छन्
र कोपिलाहरु सबै बममा रुपान्तरित भएका छन् ।
त्यसैले फूलहरु फुल्न चाहेका छैनन्
बिरुवाहरु उम्रँन चाहेका छैनन्
आज मिर्मिरेमा सूर्य तेजिला किरणसँगै
बारुद र बमका र्छराहरु र्छकँदै छ ।
मध्यान्हको सूर्य बाल्टिन र कुकरबमले चर्किँदै छ ।
र साँझको सूर्य रगतको
आहालमा पहाडमुनि चुर्लुम्म डुबेको छ ।
शीतल जून पनि फायरिङबाट त्रसित छ।
त्यसैले त आज यत्रतत्र र्सवत्र जिन्दगी
विधवाको निस्तेज अनुहारझैँ
उदासउदास छ ।



धन्यबाद
मदन के.सी./अर्जुन के.सी.
धुर्कोट रजस्थल-2
धुर धारापानी
गुल्मी नेपाल

No response to “विधवा समय र उदास अनुहार”