गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी


हेर्दा सानी रहिछेऊ नानी माया लाग्दो बानी
सुन्दरताले भरिपूर्ण सौन्दर्यकी खानी
सोच बिचार गरी हिड यो उमेरमा तिमी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
पुतलीको जस्तो रहिछ डुली हिड्ने बानी
बत्ती नजिक नजाऊ नानी चमक रहिछ भनी
पखेटा तिम्रा जल्लान अनी बसौली अपांग बनी
चिरचिर बोल्ने रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
भमराको जस्तो स्वभाब स्वाद चाख्दै हिड्नी
साझ पख बन्द हुने कमल फुलको बानी
नजानु नि कमल फूलमा सूर्यास्त पारी
चन्चले स्वभाबकी बाग्लुंगकी नानी ।
सोच्दिरहिछेउ तिमी चलाख काग जस्तै बनी
चलाख बन्दा कागले सधै खान्छ रछान पनि
बन्दा चलाख खान्छ उसले बिष कहिले काही
अति चलाख सोच्दी रहिछेऊ बाग्लुंगकी नानी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी ।
नेत्र प्रसाद शर्मा ‘नबनेत्र’

बाग्लुंग
हालस: माल्दिभ्स

No response to “चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी”