गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत -गजल

नेताहरुले यो देशलाई, लानी कता होला?
रगतको मुल्य खोज्न,जानी कता होला ?
सहीदका सपनाको,गीत सुनाउदै,
रेटी हिंड्ने सारङ्गिको,तानी कता होला?
बाडफाड र तछाड मछाड, थन्को लगाएर,
एउटै डोरी बाट्नेकुरा-कानी कता होला ?
उर्ली आएनी मेची काली, जलको धनी भनी,
चैत-बैशाख भन्नु पर्ने,पानी कता होला ?
एकताको बुटी खुबाइ,कुरा मिल्थ्यो कि त!
लौन प्रभु बताउ तेस्तो,खानी कता होला ?
हालको शहर :
Dubai, United Arab Emirates

No response to “असीम महत -गजल”