गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

राश्ट्रको लागि भेटी चढाउनै पर्ने भो

धनवीर पुन मगर

भैंदैन समर्पित वैचारिक द्वन्द्वसँग नजुधी 
भइंदैन समर्पित मुक्तिको बाटो नरोजी
पाइंदैन मुक्ति साहसी कदम नचाली
चुमिंदैन षिखर पौरखि आँट नगरी

अर्काको लागि लड्नेहरू आफ्नै लागि लडौं
पराईको लागि मरनेहरू राश्ट्रकोलागि मरौं
रोजेको जित, खोजेको आषा गरौं अठोट
टुटेका सपना जुटाउँन, बन्नै पर्छ कठोर

युद्धका पाइला होलान् कतै कथित कता–कता
दिर्घकालिन लक्ष्यका लागि लडाइंमा जुटौं अबता
हिमको चुचुरो, पहाडाको बुकुरो, मधेषका झुग्गीहरू
मनै‍र् परे मरौं, वलिदानी दिउँ राश्ट्रवादी सपूतहरू

आँषुका धारा, रगतका छिर्का के भयो नि
पसिना धारा, बांच्नलाई सहारा भो कठिन नि
कहां छौं हामी–कहाँ छौं ? बैरिले रुवायो
जुटौं हैं साथी, होस्टेमा हैंसे जुटाउनै पर्ने भो

सिरमा हिमाल, मुटुमा पहाड काखमा छ मधेष
फर्कने बेला आयो नि है, बलिदानी माग्दैछ त्यो देष
हुँदैन कसलाई पिडा, अंगहरू लगिंन खोज्दा
जागेर आउँछ भित्रैदेखि, छुाउन खोजेको देख्दा

मुटुको पिडा, सिरको दर्द, काख रित्तिदाको त्यो पिडा
लगाउनै पर्ने भो मल्हम अब मेटाउनै पर्ने भो त्यो पिडा
कुजिएर कुनामा, आएको नयाँ किरण फैलाउनै पर्ने भो
साहसी कुरबानी, राश्ट्रको लागि भेटी चढाउ नै पर्ने भो

No response to “राश्ट्रको लागि भेटी चढाउनै पर्ने भो”