गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल कपिल ज्ञवाली “जिज्ञासु”

 कपिल ज्ञवाली

शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा 
आफ्नै दाहिने हातपनि ,घाती हुन्छन् शहरमा

गास चुड्यो गरीबी र हामी सोझा हुदांखेरी
हरामी र अगतिला ,जाती हुन्छन् शहरमा

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब
मिठो मुख तर तिते ,पाती हुन्छन् शहरमा


ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां
सफा ज्यान हुनेहरु ,काती हुन्छन् शहरमा

मनखुसी नहुने भो जुगै भरी औंशि संगै
मध्य दिननी हाम्रा लागि ,राती हुन्छन् शहरमा

गजलगृह ,बुटवल – १४ ,रुपन्देही

 

No response to “गजल कपिल ज्ञवाली “जिज्ञासु””