गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

*बारमास्या ! *

> छिमेकीले दिएको एकजोर तास,


> सात समुन्द्र पारीको

> ठुल्दाइले दिएको अर्को जोर तास

> र यहीको पुरातन एकजोर ता“स मिलाएर

> खेल्दैछन् म्यारिज खेलाडीहरु

> विजयको खुशियालीमा

> सबभन्दा बृद्वको अगुवाइमा

> म्यारिज खेलको चर्चा

> सबैतिर चल्न थाल्यो

> जब त्यसमा प्रवेश गरे

> निकै बर्षपछि देखा परेका एक खेलाडि

> खेलको नाममा

> जसले जति घुर्कि देखाउन सक्यो

> जो जति चिच्याउन सक्यो

> (संसदमा जस्तै)

> त्यसले त्यति नै प्वाइण्ट पायो

> र प्वाइण्ट बाँड्दै थिए

> त्यही बृद्वले

> जसले म्यारिज सधैं

> आफैलाई मात्र पारेका थिए

> छकाएर बा ढाँटेर

> जसले बाँडेका थिए तास

> यसपाली पनि

> हरेक पल्ट

> ऊ आफैले मात्र बाँडे जस्तै

> बारमास्या न हो,

> छलछाम, तिकडम सबै चल्दै गयो

> र चिच्याउन थाल्यो मारमा परेकाहरु

> छलछाम गर्न नसकेकाहरु

> तिकडम बाजका अगाडि

> अघोषित हार मानेकाहरु

> खेलबाट बाहिरिने समते सुनियो

> खेललाई विचैमा रोकेर


> आकष्मीक वैठक बस्यो खेलाडीहरुको

> (जसमा प्रवेश भयो सल्लाहकारको पनि)

> र निर्णय भयो

> वातावरण कायम गरी खेललाई निरन्तरता दिनेमा

> चित्त नबुझेकालाई मन राख्न

> "कट फोर सिट" गरेर

> र फेरि शुरु भयो त्यो खेल

> यथास्थानमै बसाएर

> "नखाउँ भने बर्षौं पछिको शिकार

> खाउँ भने चित्त नबुझेको अनुहार" भन्दै

> (खेलमा त्यो बृद्वले

> घुमाई राखे सबैलाई

> कुम्हालेले चक्का घुमाए जस्तै)


> हरेक खेलाडिको पछाडि

> झुमेका थिए मानिसहरु

> आएको प्वाइण्टमा

> केही भाग पाउने आशामा

> तर दुनियाँ भने

> फेरि पनि दिक्क मान्न थाले

> फेरि यीनिहरुले बारमास्या खेलेकोमा ।


> धन्यवाद

> मदन के.सी

> धुर्कोट रजस्थल-२

> धुर धारापानी

> गुल्मी नेपाल

> हाल भारत देखि

>

No response to “*बारमास्या ! *”