गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल जिज्ञासु” कपिल ज्ञवाली“

कपिल ज्ञवाली
मन जल्यो मुटु जल्यो ,जल्नु के नै छर बा“की ? 


हात ढल्यो साथ ढल्यो, ढल्नु केनै छर बा“की ?



आ“शुहरु बर्षिदिन्छन् ,बिगत झन् बल्झिने भो

चोट फल्यो पिडा फल्यो,फल्नु के नै छर बा“की ?



आत्मियता खुबै थियो, समयनै बिरोधी भो

आत्मा जल्यो मुटु जल्यो, जल्नु के नै छ र बा“की ?



दोष जति मैले लिएं,जीवन तिम्रो सफल रहोस्

संसार बल्यो चिता बल्यो ,बल्नु के नै छर बा“की ?


दिनहरु उज्यालै छन् आ“खाहरु औंशि देख्छन्

शरिर् गल्यो कपिल गल्यो ,गल्नु के नै
छर बा“की ?


गजलगृह,बुटवल–१४,रुपन्देही

call no .9847123088

No response to “गजल जिज्ञासु” कपिल ज्ञवाली“”