हाम्रो समय शताब्दीकै सबैभन्दा निर्वस्त्र भएर
हामी सामू पसारो परेको छ ।
ढकमक्क फुलेका आरुका फूलहरूमा
समय पुनःपरिभाषित हुन खोजिरहेको छ
यत्तिखेर सबैभन्दा रोमहर्षक भएर फूलेका आरूका फूलहरूमा
समयले रुपान्तरित हुन खोजिरहेको छ ।
हुनता समय यत्ति नै बेला
सबैभन्दा उकुसमुकुस भएर निस्सासिएको छ
निकासा थुनिएको समाहा भएर समय हामीबीच इन्तु न चिन्तुमा छ ।
आम मान्छे सोध्छन् के पीडान्तको क्षण आउँछ कि आउँदैन ?
प्रश्न सूचक हेराईको घेरामा पारेर यक्ष प्रश्न गर्छन्
हामीहरूले भोगिरहेको सासनाको अन्त्यहीन लस्कर हाम्रो आँगनबाट हट्छ कि हट्दैन ?
म आरूका फूलहरूले ढकमक्क हाँगामा बसेर
घाइते परेवाले घाउ कन्याएको हेर्ने आँखा चिम्म गरेर बसेको छु
निस्सीम आकाशमा कावा खाने परेवाहरूको प्वाँख काटिएको हेर्न नसकेर
अत्ताल्लिदैँ सम्हाल्ने हातहरूको खोजीमा छु ।
मलाई मेरो माटो/समय चक्लाबन्दीमा पारेको हेर्न
विवस पारिएकाहरू प्रति आक्रोस पोख्न कविता लेखिरहेको छु ।
प्रिय भावक
तपाईँ मेरो यो कविता सुनेर
भावुक बन्न सक्नु हुन्छ भने
म कविता लेख्न छोड्ने छैन
होइन भने ...............।
hanx
Madan k.c.
Dhurkot Rajasthal-2
dhura dharapani
Gulmi Nepal
No response to “समय आरुका फूलहरूमा”
एक टिप्पणी भेजें