गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मन

तुलसी राम के सी
मन सागर हो फेरी किन प्यासी छ यो मन
मन दियो हो सधैं किन अन्ध्यारो छ यो मन
जब शितका थोपाहरु टल्पलाउन थाल्छन
म अञ्जुली थापेर पानी सँगाल्न खोज्छु
जब अगेनामा आगो हुर्हुर्ती बल्न थाल्छ
म हत्केलाले ब्यर्थै रोशनी छोप्न खोज्छु
तर, खहरे बनेर पानीका छिताहरु
बर्षातको भेल संगै बगिदिन्छन
उज्यालो देख्ने रंगीन सपनाहरु
दियालोको टुक्रा संगै जलिदिन्छन
त्यसैले, आंशुले नै मेटाईदिन्छु तिर्खा अब
मरुभुमिमा नहरको सपना न देखाउ
औंशीको रात नै प्यारो छ मलाई
झलमल्ल पूर्णिमाको जूनले न सजाउ  !!!


लेखक - 
तुलसी राम के सी
इस्मा रजस्थल ३  गुल्मी नेपाल
हाल इंडिया भारत राजिस्थान
Email : tulsiramkc@gmail.com