गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो गमलाको फुल !

उषाले दैलो उघारीन् लालिले रङ्ग पोतीन्

पवनले पखेटा फिजायो मन्दिरमा घण्टा गुन्जीए

म बिउँझिए नानीझार भएर ।

म उभिए पाले झै ठिङ्ग

मेरो गमलाको फुल अगाडी

उ फिस्स् हास्यो

हाँसोमा मोहकता हराए झै लाग्यो ।

जिस्काए झै लाग्यो

म आँखा मिच्दै तन्किएं

उ मुन्टो बटारेर बाङगीयो

मुहारमा कान्ती हाराए झै लाग्यो ।

हरेक बिहान मेरो आगमन लाई
स्वागत गर्ने मेरो गमलाको फुल

आज कसै संग रात बिताए झै लाग्यो ।

सधैं प्यास मेट्न उत्सुक

मेरो गमलाको फुल
आज कसैलाई रस चुसाए झै लाग्यो ।

मेरो गमलाको फुलले जस्तै कतै

तपाईंको गमलाको फुलले पनि

आफ्नो कौमारीत्व त बेचेको छैन !!


धन्यवाद


मदन के.सी. 

धुर्कोट रजस्थल-२
धुर धारापानी
गुल्मी नेपाल



No response to “मेरो गमलाको फुल !”