गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

जिते पनि तिम्रोलागि हारिदिने छु

 
जिते पनि तिम्रोलागि हारिदिने छु
मनका इच्छा तिम्रैलागि मारिदिने छु

नियतिले बनाएछ माझी मलाई
म डुबे नि तिमीलाई तारिदिने छु

कतै कैल्यै दुख्यो भने सम्झे मलाई
सपनीमा आई चोट मुसारिदिने छु
Rishi panti

मेरो काँँधमा चढी लक्ष भेट्न चाहेमा
आफैंलाई घोडाजस्तै नारिदिने छु

यदि तिम्रो सम्झनाले सताएछ भने
आँखाबाट दुई थोपा झारिदिने छु । 
 
 
                  2
 
जिन्दगीमा धेरैचोटि ढाँट्नुपर्छ हजुर
*******************************************
जिन्दगीमा धेरैचोटि ढाँट्नुपर्छ हजुर
पैसासँग नैतिकता साट्नुपर्छ हजुर ।
जान्नुपर्छ फनफनी कुरा घुमाउँन
मोटाउँन फाइँफुट्टी छाँट्नुपर्छ हजुर ।
कुनै बृक्ष अग्लिएर माथि जान खोजे
पुड्को हुन्छौं फेदैबाट काट्नुपर्छ हजुर ।
हुन्छ भने स्वार्थसिद्ध आँखा चिम्लिएर
गधालाई बाउ भन्न आँट्नुपर्छ हजुर ।
दबाउँनु सानालाई झुक्नु शक्तिसामु
उस्तै परे जता पनि चाट्नुपर्छ हजुर ।


Rishi panti
Motipur -5 Kapilvastu
Hal -Dubai

No response to “जिते पनि तिम्रोलागि हारिदिने छु”