गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो मनको प्रेम पनि थामिदेउन !


अमृत कुमार के सी
आकाशको संसार बादल भए   भुमिको संसार माटो
हुन्छ मायाको संसार मुटु भए प्रेमको संसार प्रेमिका हुन्छ,,,
दुर्गा भाकुन गांउ हो कुन ठाँउ हो तिम्रो जन्म भूमि
हांसी हांसी बसेकी छौ तिमी खेली खेली रमी
हांसो पनि लोभ लाग्दो सिकाईदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
नबोलेनी बोलौ बोलौ लाक्छ तिम्लाई देख्दा
लेखौ लेखौ लाक्छ चिठी किताब पल्टाई हेर्दा
मुस्कान मात्र भए पनि छाडिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
बोलबोल किन लाज भनि देउन नाँउ
उपहार पठाउला भनी देउन गाँउ
मेरो पनि मनको कुरा बुझिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।
हात माथि हात राख जीवन भरी जिउला
जीन्दागीको नाली-बेली सबै बताई दिउला
मेरो मनको प्रेम पनि थामिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया!!!!!!!!!!!!
अमृत कुमार के सी
पिपलधारा ०८ गुल्मी नेपाल
 
हाल भारत को भिवाड़ी
राजिस्थान कार्यरत
मोब +009779352514810


No response to “मेरो मनको प्रेम पनि थामिदेउन !”