गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिम्रो विहेको कुरा छिन्दा

 तुलसी राम के सी

तिम्रो विहेको कुरा छिन्दा
मेरो सासको डोरा छिनोस् ।
तिमीलाई सप्तरङ्गी साडी ओडाउदा
मलाई सेतो कात्रो ओडाउनु ।
तिम्रो अघि पछि जन्ति हिड्दा
मेरो अघिपछि मलामी हिड्नु ।
तिम्रो निम्ति पञ्चे वाजा वज्दा
मेरो निम्ति एकहोरो सङ्‍ख बजोस ।
तिमीलाई बेहुलाको घरमा पुर्‍याउदा
तिमीलाई सिङ्गारीएको मण्डपमा राख्दा
मलाई दाउरामा सुताउनु ।
तिम्रो सिउदोमा सिन्दुर पर्दा
मेरो चितामा आगो परोस ।
तिम्रो नया जिवन सुरु हुँदा
मेरो पुरानो जिवन समाप्त होस्

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com  

No response to “तिम्रो विहेको कुरा छिन्दा”